logo

महागढीमाईमा पञ्चवली दिएसँगै पशु बली शुरु 

      12/3/2019 गते 00 00 मा प्रकाशित     1349   पटक पढिएको

बीरगंज १७ मंसीर । 
बाराको प्रसिद्ध गढीमाई मेलामा बली सुरु भएको छ । मन्दिरका मूल पुजारी शिव चौधरीले तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, हाँस, सुंगुर र राँगाको पञ्चवली दिएसँगै सर्वसाधारणका लागि बली सुरू भएको हो । यो पूजा मंगलवार मध्यरातीमा सम्पन्न भएपछि बिहान बाट बली शुरु भएको हो ।

पञ्चबलीपछि मान्छेको शरीरको ४ अंगबाट रगत चढाइ ब्रम्हस्थानमा स्वत दीप प्रज्वलित भएसँगै सर्वसाधारणका लागि बली सुरू हुन्छ । राति करिब १ बजे मूल पुजारी चौधरीको घरमा सामान्य पुजा गरी ब्रम्हस्थानमा पञ्चवलीसहितको पुजा भएको थियो । पुजाकै क्रममा ब्रह्मस्थानमा आफै दीप प्रज्वलन हुन्छ । दीप प्रज्वलन पश्चात पञ्चबली दिने गरिन्छ ।

 

गढीमाई मन्दिरले आफ्नो मनोकांक्षा पूरा भएको भन्दै भक्तजनहरुले भाकल स्वरुप  बलीका लागि ल्याइएका करिब १० हजार राँगा काटिने छ । भारत तथा नेपालका विभिन्न क्षेत्रबाट राँगा ल्याउने क्रम अझै जारी रहेको छ । मंगलबार बेलुकासम्म करिब १५ हजारको हाराहारीमा राँगा काटिने अनुमान रहेको समितिले जनाएको छ ।


गढीमाई मन्दिर बाराको महागढीमाई नगरपालिका अन्तर्गत बरियारपुर गाउँमा पर्छ । तराईमधेस क्षेत्रको विश्व प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच–पाँच वर्षमा मंसिर शुक्ल सप्तमीदेखि आरम्भ हुन्छ ।


बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर छ ।

मन्दिरबाट पूर्व–दक्षिणतिर पीपलबोटसँगै ब्रम्हबाबाको स्थान छ । ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाई लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईका पूजारी थारू जातिका छन् ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.