logo

उपचार दिने संस्था जता हे¥यो उतै उ आफै रोगी छः डा रौनीयार

      12/3/2019 गते 00 00 मा प्रकाशित     1074   पटक पढिएको

बीरगंज १७ मंसीर । 
नेपालको सम्बिधानको मालीक हक अन्र्तगत धारा ३५ मा  प्रत्यकध नकगरिकालाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ  र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवा बाट बन्चित नगरिने उल्लेख छ ।

 

तर ब्यवहारमा  राज्यले यो सेवा प्रवाह गर्न सकेको देखिदैन । पर्साको धोवीनी गाउँपालिकामा रहेको प्रथामिक स्वास्थ्य केन्द्र त्यसको एउटा उदाहरण बनेको छ ।

सरकारले प्रथामिक स्वास्थ्य केन्द्मा ७४ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने  भने पनि धोवीनी प्रथामिक स्वास्थ्य केन्द्रमा  ५४ प्रकारका औषधी मात्र उपलब्ध रहेको केन्द्र प्रमुख डा.नवनित रौनीयारले बताउनु भयो ।

औषधीको अभावमा सेवा प्रवाहमा समस्या आएको उहाँले बताउनु भयो । ग्रामीण जनजीवन चर गरिवी र पछौटेपन छ हातमा पेसा हुदैन आवश्यक दवाई किन्न सक्ने आर्थिक अधार छैन त्यस्ता नागरिकलाई औषधी दिन नपाउदा मन अमिलो हुने गरेको डा रौनीयारकोे अनुभव छ । 


स्वास्थ्य केन्द्रमा एक्सरे मेशीन छ तर चल्दैन । १ वर्ष जति भयो केन्द्रमा मेशीन जडान भएको तर संचालनमा आएको छैन । एक्सरे मेशीन चलाउन सक्ने रेडियोग्राफीको दरवन्दी छैन । मेशीनलाई आवश्यक पर्ने रशायन पनि छैन डा रौनीयारले भन्नु भयो यति मात्र हो र बिधुत आपूर्ती पनि छैन ।

 

बिजुली आपूर्तीकालागि जडान गरिएको ट्रान्सफर्मर बिग्रिएको १ वर्ष जती भयो बनेको छैन । स्वास्थ्य केन्द्रमा बिधुतको आपूर्ती भने अर्को ट्रान्सफर्मबाट गरिएको डा .रौनीयारले बताउनु भयो । केन्द्र जनशक्ति तर्फ ३ जना स्नातक उपाधी चिकित्सक २ जना अहेव र एक जना ल्याव असिसटेन्ट मात्र रहेका छन ।

 

स्टाफ नर्स एक जना पनि छैन । पहिला जस्तो सेवा प्रवाह भएको थियो समायोजना पछि त्यो पनि दिन नसकिएको डा. रौनीयारको भनाई छ । स्रोत छैन मैले दिन सक्ने सेवा सुविधा समेत दिन सकेको छैन उहाँले भन्नु भयो म आफै काम नपाएर कुन्जो जस्तो भएको छु । 


डा .रौनीयार स्वास्थ्य केन्द्रमा आएको २ महिना जती आयो यो वीचमा सेवा प्रवाह राम्रो बनाउन र स्रोत जुटाउन उहाँले गाउँपालिकाको मुख्यालय पर्साका  सरकारी अड्डा बिभाग सम्म चक्कर लाउनु भयो । बिभागले जसो तसो तीन लाख रुपैयाको सामान दिएको छ अन्यत्र बाट कुनै सहयोग हात लागेको छैन ।


स्वास्थ्य केन्द्रमा जडान भएको बिजुलीको महशुल २ लाख  १४ हजार रुपैया र थियो जसले गर्दा टङान्सर्फमर मर्मत हुन सकेको थिएन । ततकालीन गाविसको  नाममा जडान भएको ट्रान्सर्फमरको मर्मतमा लाग्ने खर्च समेत स्थानीय तहले ब्यहोर्नु पर्ने कानूनी अवस्था रहेको छ । जसले गर्दा ट्रान्सफर्म बनाउन कसैले ध्यान दिएको थिएन । डा.रौनीयारको प्रयासले गाउँपालिकाले महशुल त तिरेको छ तर ट्रान्सर्फमर बन्छ कि बन्दैन हेर्न बाँकी छ । भिखमपुर स्वास्थ्य केन्द्रमा अहिले नकारात्मकता उच्च तहमा छ त्यसलाई जिरो ल्याएर सकारात्मक बनाउन निकै चुनौती देखेको छु डा रौनीयारले भन्नु भयो “ उपचार दिने संस्था जता हे¥यो उतै उ आफै रोगी छ ” ।


 एक महिना अगाडि ट्रयाक्टर बाट लडेर स्थानीय इलियास अन्सारीको हातमा समस्या आयो । हातको एक्सरे गराउनु प¥यो भनेर स्वास्थ्य केन्द्रमा लगेको एक्सरे मेशीन नै चल्ने अवस्था थिएन । स्थानीय सन्तोष पटेलले भन्नु भयो । इलियास पटेलको ट्रयाक्टरका चालक हुन ।

 

खेतमा काम गर्दै गर्दा ट्रयाक्टरवाट ओर्लिदा लडेर उनको हातमा समस्या आएको थियो । सवास्थ्य केन्द्र भगवान भरमा चलेको छ पटेलले भन्नु भयो “कर्मचारीले गर्न खोजे पनि स्थानीय तहको नेतृत्वले खासै सहयोग गरेको छैन । स्वासथ्य केन्द्रमा बर्थिङ सेन्टर पनि छ तर दुई महिना अगाडि कर्मचारी समायोजनमा परेर स्टाफ नर्स र अन्य महिला कर्मचारीको सरुवा भएपछि अहिले बर्थिङ  सेन्टर संचालनमा छैन । जसले सेवाग्राही महिलाहरुलाई पोखरिया या बीरगंज जानु पर्ने बाध्यता आएको छ । 


अस्पतालमा बिजुलीको आपूर्ती छैन । बिजुली नभएका कारण कतिपय परिक्षणहरु हुन सकेको छैन । मात्रा अनुसारको औषधीको छैन प्रसुती सेवा अवरुद्ध भएको छ । 
    धोबिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जय यादवले दरबन्दी अनुसार कर्मचारी नआउँदासम्म गाउँपालिकाले करारमा कर्मचारी राखेर सेवा सञ्चालन गराउन सक्ने तर यस विषयमा गापा कार्यालय उदासीन देखिएको आरोप लगाउनु भयो।

 

उहाँले बारम्बार ताकेता गर्दै आएको तर सुनवाइ नगरिएको प्रतिक्रिया दिनु भयो  । धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश साहले गापाको कार्यपालिकाबाट पहल गरेर एक्स–रे मेशिन सञ्चालनमा ल्याउने बताउनु भयो । अन्य समस्याहरु पनि क्रमिक रुपमा हल गर्दै जाने बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.