logo

जिल्ला प्रहरी परिसरमा निशुल्क उपचार कक्ष प्रभू हस्पिटलको नमुना काम

      12/1/2019 गते 00 00 मा प्रकाशित     1101   पटक पढिएको

बीरगंज १६ मंसीर । संचालमा आएको छोटो समयमै प्रभू हस्पिटलले सामाजिक क्षेत्रमा आफनो महत्वपूर्ण उपस्थिति जनाउदै आएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा प्रथामिक उपचार कक्ष संचालनमा ल्याएर हस्पिटलले उदाहरणीय काम गरेको छ । प्रथामिक उपचार कक्षमा आवश्यक भौतीक समाग्री र एक जना स्वास्थयकर्मी हस्पिटलले उपलब्ध गराएको हस्पिटलका अध्यक्ष डा.मनोज गुप्ताले जानकारी दिनु भयो ।

 

जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरु ,त्याहा जाने सेवाग्राही र त्याहा कार्यरत प्रहरी कर्मचारीहरुलाई सामान्य जाँचकालागि अस्पताल धाई रहनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

 

प्रहरी कार्यालयमा प्रथामिक उपचार कक्ष र स्वास्थ्यकर्मीको उपलब्धता सृजनात्मक काम भएको नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामछिानेले बताउनु भयो । प्रथामिक उपचार कक्षको आज बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले शुभारमभ गर्नु भएको थियो । 


बीरगंज महहानगरपालिका पनि यो कक्ष संचालनको अर्का साझेदार हो । उसले पनि एक जना स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ । उपचार कक्षमा सामान्य घाउहरुको ड्रेसीङ,रक्तचाप लगायतको जाँच सामान्य रुघाखोकीको निशुल्क औषधी उपलब्ध हुने डा.गुप्ताले जानकारी दिनु भयो ।  


कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, नेपाल पत्रकार महासंघका प्रदेश २ का  उपाध्यक्ष के.सी.लामिछाने सामाजिक अभियान्ता जसपाल सिंह नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन नेपालका संयोजक निरज पिठाकोठे, समाजीक कार्यकर्ता दिलिप कार्की, पत्रकार संजिव मिश्र लगायतको सहभागिता रहेको थियो ।


अस्पतालले यस्ता समाजिक कामलाई निरन्तरता दिने कुरा अस्पतालकी प्रशासकीय अधिकृत लक्ष्मी खरेलले बताउनु भयो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.