logo

जिल्ला प्रहरी परिसरमा निशुल्क उपचार कक्ष प्रभू हस्पिटलको नमुना काम

      12/1/2019 गते 00 00 मा प्रकाशित     1306   पटक पढिएको

बीरगंज १६ मंसीर । संचालमा आएको छोटो समयमै प्रभू हस्पिटलले सामाजिक क्षेत्रमा आफनो महत्वपूर्ण उपस्थिति जनाउदै आएको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा प्रथामिक उपचार कक्ष संचालनमा ल्याएर हस्पिटलले उदाहरणीय काम गरेको छ । प्रथामिक उपचार कक्षमा आवश्यक भौतीक समाग्री र एक जना स्वास्थयकर्मी हस्पिटलले उपलब्ध गराएको हस्पिटलका अध्यक्ष डा.मनोज गुप्ताले जानकारी दिनु भयो ।

 

जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरु ,त्याहा जाने सेवाग्राही र त्याहा कार्यरत प्रहरी कर्मचारीहरुलाई सामान्य जाँचकालागि अस्पताल धाई रहनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

 

प्रहरी कार्यालयमा प्रथामिक उपचार कक्ष र स्वास्थ्यकर्मीको उपलब्धता सृजनात्मक काम भएको नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामछिानेले बताउनु भयो । प्रथामिक उपचार कक्षको आज बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले शुभारमभ गर्नु भएको थियो । 


बीरगंज महहानगरपालिका पनि यो कक्ष संचालनको अर्का साझेदार हो । उसले पनि एक जना स्वास्थ्यकर्मी उपलब्ध गराउने भएको छ । उपचार कक्षमा सामान्य घाउहरुको ड्रेसीङ,रक्तचाप लगायतको जाँच सामान्य रुघाखोकीको निशुल्क औषधी उपलब्ध हुने डा.गुप्ताले जानकारी दिनु भयो ।  


कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, नेपाल पत्रकार महासंघका प्रदेश २ का  उपाध्यक्ष के.सी.लामिछाने सामाजिक अभियान्ता जसपाल सिंह नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रेस संगठन नेपालका संयोजक निरज पिठाकोठे, समाजीक कार्यकर्ता दिलिप कार्की, पत्रकार संजिव मिश्र लगायतको सहभागिता रहेको थियो ।


अस्पतालले यस्ता समाजिक कामलाई निरन्तरता दिने कुरा अस्पतालकी प्रशासकीय अधिकृत लक्ष्मी खरेलले बताउनु भयो ।  

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.