logo

ठाकुरराम क्याम्पसका तीनजना प्राध्यापकहरु थुनिए 

      11/27/2019 गते 00 00 मा प्रकाशित     2916   पटक पढिएको

वीरगन्ज, ११ मंसिर । मुलुककै जेठो क्याम्पस ठाकुरराम क्याम्पसमा बुधबार विद्यार्थीहरुले सहायक क्याम्पसका प्रमुख सहित तीनजालाई बैठक कक्षमा थुनेका छन् ।

 

क्याम्पसमा अवैधानिक प्रकृयाबाट कर्मचारी तथा अांशीक प्राध्यापक भर्ना गरेको विरोधमा अनेरास्ववियुले सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ता, रोशन लामिछाने र प्रशासन प्रमुख राजकुमार श्रीवास्तवलाई बैठक कक्षमा थुनेका हुन् ।

 

शिक्षाको मन्दिरमा गुणस्तरीय जनशक्ति नियुक्त गर्नुपर्नेमा आफ्नो नातेदारका लागि भर्ना खुला गरेर आफ्नालाई प्राथमिकता दिएको र  माग भन्दा पनी बढी कर्मचारी समेत नियुक्त गरेको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् । क्याम्पसमा समाजशास्त्र संकायमा शिक्षकहरु हुदाहुदै पनि आफन्तलाई जागिर खुवाउनका लागि क्याम्पसले मनपरि ढंगबाट भर्ना खोलेर नियुक्त गरेको विद्यार्थीहरुको आरोप छ ।

 

क्याम्पसले अनियमित तरिकाले जनशक्ति भर्ना गरेको भन्दै क्याम्पस प्रमुख सहित प्रशासन शाखाहरूमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको भएपनि प्रक्रिया नै पूरा नगरी क्याम्पस प्रशासनका केही व्यक्तिले आफ्ना नातेदार र निकटका व्यक्तिलाई नियुक्ति गरेको विद्यार्थीहरुले बताएका छन् ।

 

शिक्षा जस्तो सम्वेदशील क्षेत्रमा समेत नातावाद र कृपावाद गर्नु जायज नभएको भन्दै शिक्षा संग खेलवाड गर्ने कर्मचारी र प्रशासनलाई कुनै हालतमा आफ्नो मनोमानी गर्न नदिने अनेरास्ववियुका नेता संदीप विक्रम साहले बताउनु भयो । गलत ढंगबाट भएको सम्पूर्ण नियुक्ति खारेज नभए सम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ  ।

 

आफ्नो ब्यक्तिगत स्वार्थका लागि  क्याम्पसलाइ बन्धक बनाएर आफ्ना निकटका व्यक्तिहरुलाई भर्ना गर्ने अखडा बनाएको भन्दै आंशिक् प्राध्यापक संघ र बिभागीय शिक्षकहरुलेले पनि विरोध जनाएका छन ।  व्यापक विरोधका बावजुद पनि क्याम्पस प्रशासनले जबरजस्ती ढंगबाट जनशक्ति भर्ना गरेको उनीहरुको दावी छ ।


यो पनि पढनुहोस

http://esimana.com/detail/2336/ठकररमम-शकषक-नयकतक-बजञपन-खरज-गरन-मग

http://esimana.com/detail/2328/ठकररम-कयमपसम-तलबनदक-बरदध-पन-तलबनद

 

अनेरास्ववियुसँगै राजपा निकटको राष्ट्रिय विद्यार्थी संघ र समाजवादी पार्टी निकटको समाजवादी विद्यार्थी युनियनले पनि क्याम्पसमा तालाबन्दी गरेर सहायक क्याम्पस प्रमुख सहित तीनजनालाई बैठक कक्षमा थुनेका छन ।

 

आन्दोलनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा क्याम्पस प्रमुख डाक्टर प्रमोद कुश्वाहाको पुत्ला पनि जलाएका थिए । विद्यार्थीहरुले जलाएको पुत्ला खोस्ने क्रममा प्रहरी र विद्यार्थीहरुबीच केहीबेर तनाव भएको थियो ।

 

जलाएको पुत्ला खोसाखोस गर्ने क्रममा केही विद्यार्थीहरुलाई आगोले पोलेर घाईते भएका छन् । राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मधुसुदन चौसियाका अनुसार सागीर अली,शशी सर्।ाफ,सुमित चौरसिया,आर्यन नीतिश पटेल सामान्य घाइते भएका छन ।

 

विद्यार्थीहरुले भने प्रहरीले लाठी चार्ज गरेको आरोप लगाएका छन् । घटनास्थलमा रहेका वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले भने विद्यार्थीहरुमाथि कुनै किसिमको बल प्रयोग नगरिएको बताउनु भयो ।  

निमित्ति क्याम्पस प्रमुख प्रमोद गुप्ताले भने कर्मचारी तथा आशीक प्राध्यापकहरुको भर्ना बिद्यार्थीहरुको चासो भित्र नपर्ने बताउनु भयो । बिद्यार्थीहरुले भने क्याम्पसका सबै शाखामा तालाबन्दी गरेका छन । कुनै पनि शाखा खुला नभएपनि शिक्षक तथा कर्मचारीहरुको नियुक्ति प्रक्रिया पुरा भएकोमा प्राध्यापक तथा बिद्यार्थीहरुसमेत आश्चर्यमा परेका छन ।

 

प्राध्यापक तथा कर्मचारीहरुको फाइल सबै तलाबन्दीका कारण भित्र छ तर अन्र्तवार्ता भयो नाम निस्क्यो नाम निस्केको सूचनामा न चलानी छ न त दर्ता नम्बरनै यस्तो पाराले नै नियत देखिएको बिद्यार्थीहरुको टिप्पणी छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.