logo

महुवनमा आजबाट मौन अवधी शुरु हुने ,त्रिपक्षीय प्रतिस्पर्धा,उम्मेदवारहरुको आ आफनै दावी

      11/27/2019 गते 00 00 मा प्रकाशित     837   पटक पढिएको

वीरगंज ११ मंसीर। सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ५ महुवनमा हुने उपनिर्वाचनको आज बाट मौन अवधी शुरु हुने भएको छ । चुनावी मैदान पाँच जना उम्मेदवार भएपनि त्रीपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

 

वडाध्यक्षकालागि नेपाली कांग्रेस ,नेकपा र समाजवादी पार्टीका उम्मेदवारवीच प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीहरुको आकलन रहेको छ । नेपाली कांग्रेसको तर्फबाट अशेश्वर यादव,नेकपाको तर्फबाट उदयशंकर रौनीयार र समाजवादी पार्टीका तर्फबाट तत्कालीन वार्डअध्यक्ष बृजमोहन यादवका पुत्र रुपलाल यादव चुनावी मैदानमा रहेका छन ।

 

तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित वडाध्यक्ष बृजमोहन यादवको हृदयघातबाट निधन भए पछि उनको ठाउँमा उपनिर्वाचन हुँदै छ । सपाले बृजमोहनका ठूलो छोरा रुपलाललाई उम्मेदवार बनाएको छ ।

गाउँपालिकामा समाजवादी पार्टीले जितेको छ । सत्ता र स्रोतमा उसको पहुच भएकोले सपाको उम्मेदवार बलियो ठान्ने तर्कहरु छन । तर गाउँपालिकाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार भएका निरराज गिरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।

 

असेश्वर यादव रुाजनीति बिरासतमै पाएका उम्मेदवार हुन । निर गिरीको प्रभावका कारण चुनावी रेसमा यादव अगाडि छन भन्नेहरुको संख्या पनि धेरै नै छ । असेश्वर यादव राजनीतिक ब्यक्ति भएपनि उनीमा स्थिरता भने छैन ।

 

पार्टी फेर्दै हिडने उनको बानी रहेको छ ।  असेश्वर यादव र रुपलाल यादव एउटै बलुवा टोलको भएको र त्याहाको भोट वाँडिने भएकोले महुवन बाट एकल उम्मेदवार रहेका नेकपाका उदयशंकर रौनीयार द्विपक्षीय संघर्षको वीचबाट फूत्त निस्कन सक्ने उम्मेदवारको रुपमा हेरिएका छन । 

चुनाव हुन लागेको वडा अन्तर्गत महुवन, बलुवा र सोलखपुर पर्दछ । सपा र नेकाले बलुवाको उम्मेदवार बनाएको छ भने नेकपाले महुवनको उम्मेदवार बनाएको छ । 


राप्रपाले महुवन कै सदरी महरालाई उम्मेदवार बनाएको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारी दिएका महुवन कै गोपाल साह कानुलाई नेपाल समाजबादी पार्टीका नेता राजकुमार यादवको साथ रहेको छ ।

 

आजै राती १२ बजे देखि मौन अवधी समेत सुरु हुने भएकाले उम्मेदवारहरु चुनाव प्रचार प्रसारलाई अन्तिम रुप दिन पनि लागेका छन् । मुख्य प्रतिस्पर्धी दल सपा, नेका र नेकपाका शिर्ष नेताहरु पनि आ आफ्नो दलका उम्मेदवारका लागि भोट मागी रहेका छन् ।

पर्साको एक मात्र महुवनमा हुन लागेको उपनिर्वाचनका सबै उम्मेदारहरुले आफू नै चुनाव जित्ने दाबी  गरेका छन् । मतदातहरुले पार्टी होईन ब्यक्तिलाई देखेर मतदान गर्ने बताईरहेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.