logo

जनप्रतिनिधिलाई नागरिक सवाल,तपाईले घोषणा गरेको प्लास्टिक मुक्त्त वीरगंज सफल भयो ?

      11/14/2019 गते 00 00 मा प्रकाशित     975   पटक पढिएको

बीरगंज २९ मंसीर  । बीरगंज महानगरपालिकाले बीरगंजलाई प्लाष्टिक मुक्त घोषणा गरेको जनवरी १ मा एक वर्ष हुन्छ  । तर बीरगंज प्लाष्टिक मुक्त भएन । 

महानगरको निर्लज्जताको कारण बीरगंज प्लाष्टिक मुक्त नभएको भन्दै केही समाजिक अगुवाहरुले प्लाष्टिक मुक्त बीरगंजको अभियान शुरु गरेका छन । अभियान अन्र्तगत आज बीरंजका मेयर बिजय कुमार सरावगी सहितका जनप्रतिनिधिहरुलाई एसएमस पठाएर अभियानकर्मीहरुले बीरगंज प्लाष्टिक मुक्त भयो भनेर सवाल गरेका छन ? 

बीरगंज महानगरले साउन १ गते देखि बीरगंजको सरसफाईको काम नीजि क्षेत्रलाई दिएको छ । नीजि क्षेत्रले काम गर्दा जथाभावी फोहर गर्नेलाई दण्ड जरिवाना समेत गर्न सक्ने गरि महानगरले अख्तियारी दिएको छ । नीजि क्षेत्रले सरसफाईको काम शुरु गरेपछि बीरगंजमा अनुभूती गर्न मिल्ने गरि सफाईको काम पनि भएको छ । 

तर सफाइृको लागि चुनौती बनेको प्लाष्टिक मुक्त बीरगंज बनाउन महानगर उदासिन देखिएको छ । यही उदासिनता प्रति ध्यानाकर्षण गराउन हाम्रो वीरगंज राम्रो वीरगंज अभियानले आज वीरगंज महानगरपालिकाका जनप्रतिनिधिलाई एसएमएस पठाएको हो ।

अभियानले तपाईले घोषणा गरेको प्लास्टिक मुक्त्त वीरगंज सफल भयो ? भको छैन भने तपाईको केही भुमिका छ कि ? घोषणा मात्र उद्देश्य थियो र ? लेखेको एसएमएस वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, उप मेयर शान्ति कार्की सहित महानगरका सबै वडा अध्यक्षहरुलाई पठाएको हो ।

वीरगंजको घण्टाघरमा जम्मा भएका अभियान्ताहरुले एक साथ आ आफ्नो मोबाईलबाट सबै जनप्रतिनिधिहरुलाई एसएमएस पठाएका हुन् ।

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी लामिक्नेछाने  अधिवक्ता कमल मोहन पोखरेल, अभियान्ता राकेश यादव, शिवनाथ यादव, निरज पिठाकोठे मगर, कविता खड्का, राजन श्रीवास्तव, सुरेश विडारी, सन्ध्या पौडेल महिमा चौधरी, शम्भु कुमार सुमन, रिषु श्रीवास्तव, सन्धया खड्का लगायतकाले प्लास्टिक मुक्त वीरगंज घोषणा सफल बनाउन दबाव दिन जनप्रतिनिधिहरुलाई एसएमएस पठाएका हुन् ।

यस अघि अभियानले वीरगंजको माईस्थान चोकमा प्लस्टिकको झोला प्रयोग नगर्न आग्रह गर्दै प्रदर्शन समेत गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.