logo

घोषणामा सीमित प्लाष्टिक मुक्त बीरगंज ब्यवहारमा उतार्न अभियान शुरु

      11/10/2019 गते 00 00 मा प्रकाशित     1244   पटक पढिएको

बीरगंज २४ कार्तिक  । बीरगंज महानगरपालिकाले बीरगंजलाई प्लाष्टिक मुक्त घोषणा गरेको एघार महिना १० दिन भएको छ । तर बीरगंज प्लाष्टिक मुक्त भएन । अभियान चलाएर घोषणा भएको भए त्यसले एउटा अर्थ राख्थ्यो ।तर पूर्व तयारीको अभावमा घोषणाकालागि घोषणा गर्दा यस्तो अवस्था आयो ।

 

महानगरको निर्लज्जताको कारण बीरगंज प्लाष्टिक मुक्त नभएको भन्दै केही समाजिक अगुवाहरुले प्लाष्टिक मुक्त बीरगंजको अभियान शुरु गरेका छन । अभियानले महानगरलाई नै घचघच्याउने अभियानकर्ताहरुको भनाई छ ।

 

 प्लाष्टिकको प्रयोगलाई कम गर्दै लैजानकालागि नागरिकको मानसिकतामै परिर्वतन आउनु पर्ने भएकोले नागरिक दायित्वको समेत खोजी गर्न अभियान चलाईएको शिवनाथ यादवले बताउनु भयो ।

 

प्लाष्टिकको प्रयोग कम गर्नु भनेको मान्छेको आनी बानीमा परिर्वतन गर्नु हो । यो काम सजिलो त होइन तर गर्न नसकिने पनि होइन अर्का अभियान्ता राजन श्रीवास्तवको भनाई छ ।  

 

आफनो समाजको हित र प्रगतीकालागि समाजका ब्यक्तिहरुले पहलकदमी लिन जरुरी  छ । त्यसको एउटा रुप प्लाष्टिक मुक्त अभियान रहेको निरज पिठाकोटेले बताउनु भयो ।   

बीरगंज महानगरले साउन १ गते देखि बीरगंजको सरसफाईको काम नीजि क्षेत्रलाई दिएको छ । नीजि क्षेत्रले काम गर्दा जथाभावी फोहर गर्नेलाई दण्ड जरिवाना समेत गर्न सक्ने गरि महानगरले अख्तियारी दिएको छ ।

 

जथाभावी फोहर गर्नेलाई पाँच हजार देखि एक लाख रुपैया सम्म जरिवाना गर्ने प्रावधान रहेको छ । दण्ड जरिवाना संग संगै नागरिक समाजले समेत सफा शहरका बिषयमा काम गर्दा त्यसको प्रभाव राम्रो हुने भएकोले बीरगंज महानगरले बिभिन्न सरोकारवाला संघ संस्थासंग मिलेर बीरगंज शहरलाई प्लाष्टिक मुक्त बनाउने अभियान चलाउनु पर्ने अभियानकर्ताहरुको माँग छ । 

 


अभियानकै क्रममा राम्रो बीरगंज हाम्रो बीरगंज अभियानले आइतवार साँझ ४ बजे माइस्थानमा प्लाष्टिक मुक्त शहर बनाउन आग्रह गर्दै मानव साङ्लो प्रर्दशन गर्ने तयारी गरेको अर्का अभियान्ता राकेश यादवले जानकारी दिनु भयो 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.