logo

सीमा विवादका समस्या समाधान गर्न राष्ट्र नै एकजुट हुनुपर्दछःप्रम ओली

      11/9/2019 गते 00 00 मा प्रकाशित     990   पटक पढिएको

काठमाडौं, २३ कात्तिक । प्रधानमन्त्री केपीशर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा सहित कालापानी क्षेत्र नेपालको भूभाग  हो भन्ने बिषयमा अभूतपूर्व राष्ट्रिय एकता कामय भएको बताउनुभएको छ ।


प्रधानमन्त्रीओलीले आज कालापानी क्षेत्रको सिमाविवादको  बिषयमा आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा सो कुरा बताउनुभएको हो । बैठकमा सहभागी दलका शिर्ष नेता, पूर्व प्रधानमन्त्री ,पूर्व परराष्ट मन्त्रीहरुले कालापानी क्षेत्रको समस्या समाधानकालागि सरकारले कुटनीति पहलबाट समाधान गर्नेमा आफूहरुको ऐक्यवद्धता रहने जनाउनुभएको छ ।


“सरकार  यही राष्ट्रिय भावनालाई दृढता र स्पष्टताकासाथ कुटनीतिक  रुपमा सिमाका समस्या समाधानगर्न  अग्रसर रहेको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ सिमा विवादका समस्या समाधान गर्न   राष्ट्र नै एकजुट हुनुपर्दछ ।”


प्रधानमन्त्रीओलीले  भन्नुभयो “भारतको व्यवहारमा परिवर्तन आएको छ ।हिजो सिमानामा बाटो र बाँधबन्थे आजखोल्ने क्रम छ । त्यसैले समस्या समाधानहुनेमा म आशावादी छु । ”


“हामी समग्र दक्षिण एशियामा समृद्धि,विकास र रुपान्तरण देख्न चाहन्छौं । त्यसैले यस क्षेत्रका
मुलुकहरुले  यस्ता विवादहरुमा अल्झिनु हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो  “त्यसैले नेपालले पर्याप्त तथ्य र प्रमाणहरु सहित कालापानी क्षेत्र  नेपालको हो भनिसकेपछि विवादलाई समाधान हाम्रालागि मात्र हैन भारतकालागि पनि आवश्यक छ ।”


प्रधानमन्त्री ओलीले २१ औं शताब्दीमा हिजोका शैलीलागु नहुने बताउनुभएको छ । “हिजोका भाषा र शैली स्विकार्य छैनन् र आज सहनु पर्ने आवश्यकता पनि छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ अब समग्र पक्षको छलफल गरिन्छ । यस बिषयमा सरकार संवदेनशिल छ । ”


प्रधानमन्त्री ओलीले हालको सिमाविवादको बिषयमा कसैलाई उत्ताउला अभिव्यक्ति नदिन निर्देशन दिनुभएको छ । “उत्ताउला अभिव्यक्तिले  वातावरण बिगार्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “भारतलाई हामी मैत्रीपूर्ण ढंगले तथ्य,तथ्यांक राखेर सम्झाउने र आफ्नो भूभागफिर्ता लिन्छौं ।”
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.