logo

तीनदिन बीरगंज चलचित्रमय हुने, महोत्सवको तयारी असकियो, राष्ट्रपतिले उद्घाटन गर्ने, गोबीन्दा पनि आउँदै

      11/3/2019 गते 00 00 मा प्रकाशित     1220   पटक पढिएको

वीरगञ्ज, १७ कार्तिक
नेपाली सीने क्षेत्रले आधा शताब्धीको यात्रा गरेको छ । पचास वर्ष पार गरेको अवसरमा यस पटक स्वर्णिम चलचित्र महोत्सव मनाउने तयारी भएको छ ।

महोत्सव राजधानीमा नभई मुलुकको आर्थिक राजधानीको उपमा पाएको बीरगंजमा गरिने भएको छ । नेपाली चलचित्रको खासै ब्यापार नहुने बीरगंजमा नेपाली चलचित्रको स्वर्णिम महोत्सवको आयोजनालाई निकै आशाको नजरले हेर्न थालिएको छ ।

‘तराई पहाड हिमालको उत्सव’ भन्ने नाराका साथ गर्न लागिएको महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने आयोजक नेपाल चलचित्र निर्माता संघले जनाएको छ ।

 

महोत्सव मार्फत नेपाली सिने जगतले “कोर्स करेक्सन” को प्रतिवद्धतछा समेत जनाएको छ । महोत्वसवको तयारीक सन्र्दभमा जानकारी दिन आइतवार बीरगंजको होटेल अन्नपूर्णमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सव तयारी समितिका संयाजक बिमल पौडेलले यस्तो जानकारी दिनु भएको हो ।


नेपाली चलचित्रमा  तराई मधेशको कथा र भाव पनि छैन अनी मुहार पनि नभएपछि चलचित्र नहेरिने कुरा पनि स्वभाविक हो निर्माता पौडेलले भन्नु भयो अव यो गल्तीमा सुधार गरिने छ  कथा भाव र कलाकार तराई मधेशका पनि हुन्छन । आफनो कथा र आफनो ब्यथा प्रति मान्छेको मनले छुन्छ अनी बल्ल फिल्म हेरिनेछन ।


आगामी कार्तिक २१, २२ र २३ गते आयोजना हुने महोत्सवको उदघाटन राष्ट्रपति बिद्यादेबी भण्डारीले गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । महोत्सवको आवश्यक तयारी पुरा भएको महोत्सव आयाजक स्थानीय संयोजक निर्माता तथा कलाकार नन्दु श्रीवास्तवले जानकारी दिनु भयो ।


महोत्सवमा भारतका चर्चित अभिनेता गोबिन्दा आहुजाको पनि सहभागिता रहने बताइएको छ । पत्रकार सम्मेलनमा नेपाली चलचित्रलाई समयानुकुल र मौलिक एवं देश काल प्रविधि र परिस्थिति अनुकुल बनाउनेमा महोत्सव फलदायी हुने आयोजकको अपेक्षा छ । 


महोत्सवमा हुने छलफल र त्यसबाट आउने निष्कर्षले नेपाली चलचित्र क्षेत्रको दिशा र दशा परिर्वतन गर्ने आयोजकले दावी गरेका छन । 


‘वीरगञ्ज ३ दिन चलचित्रमय हुन्छ, यसले वीरगञ्जको पर्यटन प्रवद्र्धन र आर्थिक गतिविधिको उन्नयन हुन्छ ।’ उनले भने ‘राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा चर्चा कमाउनेछ ।’ महोत्सवमा १ करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । संघ सरकार प्रदेश सरकार बीरगंज महानगरपालिका उधोग वाािण्ज्य संघ सहित अन्य ब्यपारिक घरानाहरुको सहयोगमा श्रोत परिचालन गरिएको आयोजकले बताएका छन ।  


पत्रकार सम्मेलनमा वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख विजय कुमार सरावगीले चलचित्र महोत्सवको सफलताले यस क्षेत्रको भाषा, कला, संस्कृति एवं कलकारहरुलाई देश विदेशमा परिचित गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयोे ।
 ‘आउने दिनमा चलचित्र उद्योगसँग जोडिन चाहने मानिसहरुका लागि महोत्सव अवसर बन्न सक्छ, कनेक्टिभीटिको काम गर्छ, उनीहरुलाई रोजी रोटीको बाटो बन्न सक्छ ।’ उनले भने ‘काठमाण्डु पछि कार्यक्रम गर्न सक्षम क्षेत्र वीरगञ्ज मानिन्छ, यहाँ महोत्सव सफल हुँदा यसले सकारात्मक सन्देश प्रवाह हुन्छ ।’ 


वीरगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्याक्ष सुबोध गुप्ताले महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्धनमा समेत टेवा पु¥याउने बताए । 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.