logo

रक्सी उत्पादन गर्ने भट्टीमा एकै परिवारका चार सहित पाँच जनाको ज्यान गयो

      10/2/2019 गते 00 00 मा प्रकाशित     1115   पटक पढिएको

बीरगंज १६ असोज ।
बाराको फेटा गाउँपालिका वडा नम्बर ४ बतरामा एकै परिवारका ५ जनाको ज्यान गएको छ । अबैध घरेलु मदिरा उत्पादन गर्ने ट्यांकीमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु भएको हो ।

 

मर्ने एकै परिवारका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन रहेका  छन् । घटनामा एकजना भारतीय आफन्त कामदारको पनि ज्यान गएको जनाइएको छ । भारतीय नागरिक भने लालमुनीका बुबा हुन्   ।

प्रहरी उपरिक्षक खनालका अनुसार बुुधबार बेलुकी  ८ बजेतिर उनिहरु  एउटै खाल्डोमा डुबेको अवस्थामा भेटिएका हुन् ।  पाँचै जनाको घटनास्थलमै मृत्यु भएको छ  ‘मृतकहरूको शरीरमा चोटपटक  नदेखिएको खनालले जानकारी दिनुभयो ।

उनिहरु मदिरा उत्पादन गर्न घरभित्रै बनाइएका २ वटा खाल्डामध्ये पानी रहेको खाल्डामा उनीहरू डुबेका हुन् । एउटा खाल्डो (ट्यांकी) मदिरा बनाउने गुडले भरिएको छ ।  लामो समयदेखि घरमै मदिरा भट्टी सञ्चालन गर्दै आएको जोगा परिवारको भट्टी  १५ दिनअघि प्रहरीले भत्काई कच्चा पदार्थ  समेत नष्ट गरेको  भएपनि उनले  फेरि मदिरा बनाउन भट्टी  सञ्चालन गदै  आएका थिए । ।

बुधबार बेलुकी करिब ८ बजे भएको घटनामा मर्नेहरू अक्सिजनको कमीले गर्दा निसासिएर मरेको हुनसक्ने प्रारम्भिक प्रहरीको प्रारम्भिक अनुमान छ । 

४–५ फिट गहिरो जमिनमा मदिरा उत्पादन गर्नका लागि बनाइएको ठाउमा उनीहरु मृत अवस्थामा फेला परेको  बाराका प्रहरी उपरीक्षक विकास राज खनालले बताए ।उनले घटनाको सन्दर्भमा थप अनुसन्धान भइरहेको बताए ।

अहिले शवलाई पोष्टमार्टमका लागि बाराको कलैया अस्पतालमा लगिएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.