logo

बीरगंजको सडक बिस्तार युवाहरुको एक मात्र सरोकार, बिकास बिरोधीको कुरा नसुन्न मंत्रीलाई आग्रह

      9/29/2019 गते 00 00 मा प्रकाशित     1485   पटक पढिएको

वीरगंज १२ असोज । त्रिभूवन राजपथको बीरगंज भन्सार देखी गण्डग सम्मको सडक बिस्तारको माँग गर्दै बीरगंजका युवाहरुले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएका छन  । 


वीरगंज विकास युवा संघर्ष समितिका नाममा संगठीत भएका युवाहरुले  आज पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत ज्ञापन पत्र बुझाएका हुन।

 

मुख्य सडकको अतिक्रमण हटाएर सडक फराकिलो पार्ने बिषय बीरगंजको बिकासको बिषय भएकोले सडक बिस्तार रोक्ने षडयन्त्रलाई सफल हुन नदिन ज्ञापन पत्र बुझाएको युवा नेता महमुद अन्सारीले बताए ।

उनले ज्ञापन पत्रलाई कमजोर नठान्न चेतावनी दिदै ज्ञापन बुझाउने हातहरुले आवश्यक पर्दा जस्तो सुकै अस्त्र उठाउन सक्ने बताए । 

 


त्रिभून राजपथ राष्ट्रीय राजमार्ग हो । राजमार्ग हुनकालागि आवशयक मापदण्ड पुरा गरेकोले सरकारले कानूनी आधारमा राजपत्रमा उल्लेख गरेर सडक बिस्तार गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयको बिरुद्ध राजनीतिक दल उधोगी ब्यवसायीहरुले मंत्रीलाई भेटेर दवाव दिएको सार्वजनीक भएपछि युवाहरु स्वस्र्फूत रुपमा संगठीत भएका छन । 


उनीहरुले बिरोध प्रर्दश हुदै आज ज्ञापन पत्र बुझाएका छन  । मुख्य सडक नतोड्ने वीरगंजबाट गएको विभिन्न राजनितिक दलका नेताहरु सहितको जम्बो टोलीको कुरा नसुन्न पनि ज्ञापन पत्र मार्फत आग्रह गरिएको आन्सारीले वताए ।

डेलिगेशन गएको टोली वीरगंजको बिकास बिरोधी भएको वीरगंजका युवाहरुले ठहर गर्दै सो बिरुद्ध वीरगंज विकास युवा संघर्ष समिति नै गठन गरी चरणवद्ध आन्दोलनको कार्यक्रम सुरु गरेका छन ।

 

वीरगंज विकास संघर्ष समितिका युवाहरुले वीरगंज बचाउ संघर्ष समिति केही व्यक्तिको स्वार्थको लागि गठन भएको र केही नेताहरु समेत वीरगंज विकासको बाधक देखिएकोले तिनिहरुको भण्डाफोर गर्दै बिरगंजको सडक फराकिलो नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउन पुगेको टोलीमा संघर्ष समितिका रामबाबु मन्डल, अकलेश साह, संदिप बिक्रम साह, महमुद अंसारी, मोहम्मद जौवाद, दिपक पटेल, सम्सुल अंसारी, सागीर अंसारी, रंजीत चौरसिया, राकेश पटेल लगायतकाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.