logo

सडक बिस्तारको बिषय गम्भिर बन्दै सामाजिक संजालमा नेताहरुप्रति तिब्र आक्रोश पोखिदै

      9/26/2019 गते 00 00 मा प्रकाशित     1117   पटक पढिएको

ईसीमाना टिप्पणी ।
त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५/२५ मिटर सडक फराकिलो पार्ने बिषयले बीरगंजमा गम्भिर बहस शुरु भएको छ ।

 

सडक फराकिलो पार्नु पर्छ भन्नेहरु र पार्न हुदैन भन्नेहरुका कित्ता पनि त्यसैगरि परिर्वतन भइरहेका छन । छापामा सार्वजनीक भएको एक तस्विरका अनुसार नेकपाका स्थानीय नेताहरु सडक बिस्तारको पक्षमा नरहेको सन्देश प्रवाह भएको छ । तर डेलीगेशन गएको तस्विरमा देखिएपनि नेताहरुको अभिब्यक्ति कस्तो थियो भन्ने कुरा यकिन रुपमा सार्वजनीक भएको भने छैन ।

 

बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाको नेतृत्वमा प्रति घर दश हजार रुपैया उठाइएको समाचार सार्वजनकी भएसंगै स्थानीय नेताहरु काठमाण्डौ डेलीगेशन गएकोले पनि सडक बिस्तारको बिषयले कस्तो मोड लिने हो भन्ने जिज्ञासा बढेको छ ।

 

सडक चौडागरेर आधुनीक बीरगंज निर्माणकालागि योगदान दिन आजको पुस्ताले राजनीतिक नेतृत्वलाई अपिल गरिरहेको छ । तर राजनीतिक नेतृत्व आजको पुस्ताको अपिलको वेवास्ता गर्दै त्रिभूवन राजमार्गको राइट अफ वे भित्र निर्माण भएका ब्यक्तिगत संरचनाहरुको संरक्षणमा लागेको देखिन्छ ।


भारतको सहयोगमा सन १९५६ मा निर्माण भएको त्रिभूवन राजपथ नेपाल सरकारले निर्धारण गरेको राजमार्ग मापदण्डमा पहिलो नम्बरमा पर्छ । त्रिभूवन राजपथ सडक ऐन २०३१ अनुसार मुख्य राजमार्गको मापदण्ड भित्र पर्छ । सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकेको हुन्छ । ऐनले तोकेको क्षेत्राधिकार अन्र्तगत नै अहिले २५/२५ मिटर फाराकिलो पार्न खोजिएको हो । २०३४ मै तत्कालीन सरकारले मुआव्जा दिएको सरकारी तथ्यले देखाउछ ।

 

मुआब्जा कसले लियो लिएन भन्ने बिषयका आधारमा राजमार्ग बिस्तारको कामलाई रोक्न नहुने आजको पुस्ताको धारणा छ । नेताहरु र सडक दाया बाया घर भएकाहरुले बनाएको तथाकथित बीरगंज बचाऔ अभियानका मान्छेहरु सडक फराकिलो पार्न नहुने भन्दै सरकोकारवाला मंत्रीको कार्यालयमा डेलीगेशन गउपछि सामाजिक संजालमा समेत त्यसको बिपक्षमा कडा प्रतिक्रियाहरु आइरहेका छन । सामाजिक संजालमा त दशै आयो नेताहरुले नयाँ लुगा र मिठो खाना पाउने भए भन्ने सम्मका टिप्पणीहरु देखिन्छन । 


डेलीगेशन गएका नेताहरुप्रति आक्रोश ब्यक्त गर्दै सामाजिक संजालमा निकै कडा र आक्रमक टिप्पणीहरु आएका छन । 
सामाजिक संजालमा बीरगंजको सडक बिस्तार रोक्न खोजेको भन्दै तस्विरमा देखिएका नेताहरुलाई बहिष्कार गर्नु पर्ने सम्मको अपिल गरिएको छ । त्यही नेकपाका सासद पुष्पा कर्णले बीरगंजलाई सुन्दर ब्यवस्थित बनाउन पर्छ भन्दै सामाजिक संजालमै युवाहरुको बिचारलाई प्रोत्साहित गर्दैछिन ।


त्रिभूवन राजपथको दाया वायाँ सडक बिस्तारका बिषयमा पर्सेली केही नेताहरुले देखाएको ब्यवहारका कारण बीरगंज महानगर भित्रकै वडा नं २१ का नागरिकलाई निकै पीडा महशुस भइरहेको छ । सडकको लालपूर्जा हाम्रो हातमै छ । बिकास होस भन्ने मनसायले बिस्तार अभियानलाई सहयोग गरेर घर भत्काउन दिएका हौ वडा नं २१ परवानीपुरका नागमणी उपाध्यायले भने बीरगंज फराकिलो नहुने हो भने सडक भत्काएर धार रोप्छौ असमान न्यायलाई सहेर बस्दैनौ ।

 

एउटै महानगरका अलग अलग वार्डमा फरक खालको ब्यवहार हुन्छ भने त्यो कसैकालागि सैह्य हुने कुरा होइन ।पर्सेली राजनीतिकर्मी चुकेको यही नेर नै हो । परवानीपुर सडक खण्डमा उधोगहरुको क्षेत्र भत्किदा प्रतिक्रिया बिहिन भएका उधोगी  र उधोग वाणिज्यसंघ बीरगंजको बिस्तारको बाधक किन बन्दैछ भन्ने कुरा पेचिलो बन्दै गएको  छ ।


बीरगंज ऐतिहासिक शहर र सडकका बिकल्प भएकोले बीरगंज भत्काउन नहुने तर्क पनि गर्न थालिएको छ । ऐतिहासिक हुनुको मापदण्ड के हो ? ऐतिहासिक भन्नेहरुले यसबारेमा केही बताएका भने छैनन ।

 

तर त्यतीको आधारमा सडक बिस्तार रोक्न नहुने आजको पुस्ताको माँग छ । दिनहु घण्टारदेखी माइस्थान सम्म पटक पटक जाममा पर्नेहरुले सडकमै यस्तो जाम हुदा पनि बिस्तार गर्न नहुने भन्दै नेताहरुप्रति आक्रोश ब्यक्त गर्दै आएका छन । यस्तो परिवेशमा केही नेताहरुको छवी बिकास बिरोधी बन्ने पक्का छ । त्यही नेतृत्वलाई भोलीका दिनमा जनताले कसरी पत्याउछन बिचारणीय भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.