logo

बीरगंजमा भब्य रुपमा सम्बिधान दिवस मनाइयो ,सपा र राजपा बिरुद्धको आलोचना सामाजिक संजालमा भाइरल

      9/19/2019 गते 00 00 मा प्रकाशित     1213   पटक पढिएको

बीरगंज ३ असोज ।
संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बिधान दिवसका अवसरमा बीरगंजमा भब्य कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्साको आयोजनामा गरिएको कार्यक्रममा बीरगंजमा नागरिकको उल्लेख सहभागिता रहेको थियो ।

 

 २०७२ जारी भएको असोज ३ गते नेपालको सम्बिधान जारी भएको थियो । त्यही दिनलाई सम्बिधान दिवसको रुपमा मनाउन थालिएको हो । नेपालका बिभिन्न क्षेत्रका नागरिकको अपेक्षा र चाहनालाई सम्बिधानले समेटेको छ ।

 

संघीय गणतन्त्र,धर्म निरपेक्षता,समावेशीता ,बहुलवाद समाजवाद उन्मुख शासन ब्यवस्था जस्ता बिषयहरु सम्बिधानले संस्थागत गर्ने प्रयास गरेको छ ।

यस अर्थमा सम्बिधान सबै नेपालीले स्वामित्व लिने दस्तावेज भएको भन्दै कार्यक्रममा सहभागिहरुले सम्बिधान प्रति आस्था र निष्ठा राख्नु पर्ने  धारणा ब्यक्त गरेका छन । 


बीरगंजको घण्टाघरबाट निस्केको ¥यालीले बीरगंजको बिभिन्न भागको परिक्रमा गरि घण्टाघर नजिक रहेको बि.पि.उद्यानमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेकपा तथा नेपाली कांग्रेसका नेताहरु, जनप्रतिनिधहरु नागरिक समाजका बिभिन्न सरोकार समुहका प्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट सम्बिधान दिवसको अवसरमा शुभकामना ब्यक्त गरेका थिए । 


जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो । 
सत्ता साझोदार समाजवादी पार्टी र राजपाले भने कार्यक्रममा आफनो सहभागिता जनाएनन ।

 

समाजवादी पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु पनि कार्यक्रममा सहभागि बनेन । राजपाले भने दिउसो बिरोध जुलुस निकाल्ने तयारी गरेको छ । 


यसैवीच मधेशीजनअधिकार फोरम मधेशका अध्यक्ष भाग्यनाथ गुप्ताको नेतृत्वको एउटा समुहले नेपालको सम्बिधान २०७२ जलाएको थियो । कालो झण्डा सहित बीरगंजको घण्टाघरमा उनको नेतृत्वमा रहेको समुहले सांकेतीक रुपमा सम्बिधान जलाएको हो । सम्बिधान जलाई सकेपछि भने प्रहरीले कालो झण्डा नियन्त्रणमा लिएको थियो ।


सम्बिधान जारी भएकै दिन बीरगंजमा प्रहरीको गोली लागि शत्रुघ्न पटेलको ज्यान गएको थियो । सम्बिधानको बिरोध पनि नगर्ने उत्सव पनि नमनाउने तहमा पुगेको समाजवादी पार्टीले पनि उनको सम्झना गरेको छैन ।

 

 प्रदेश सरकारको सत्ता साझेदार राजपाले सम्बिधानको बिरोधमा कालो दिवस मनाउने भन्दै बिरोध जुलुस निकाल्ने तयारी गर्दै छ तर पटेलको सम्झनामा कुनै कार्यक्रम भने सार्वजनीक गरेको छैन ।


त्यही सम्बिधान अन्र्तगत चुनाव लडने। जीत्ने,शपथ खाने र सरकारमा समेत सहभागि हुने तर सम्बिधान दिवस नमनाउने मधेश केन्द्रीत दलको निर्णय प्रति भने मधेशमै निकै आलोचना भइरहेको छ । सामाजिक संजालमा दलहरुको यस्तो रबैयाका बिरुद्ध अलोचनात्मक टिप्पणी भाइरल भएको छ । 
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.