logo

बिपद ब्यवस्थापन सम्बन्धी प्रदेश सरकार योजना बनाउदै

      9/19/2019 गते 00 00 मा प्रकाशित     998   पटक पढिएको


बीरगंज २ असोज ।
    प्रदेश २ को आठ जिल्लामा सम्भावित विपद्को पहिचान, विश्लेषण, असर तथा न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा आज पर्सामा छलफल भएको छ । छलफलमा बिपद ब्यवस्थापनका सन्दर्भमा ठोस तयारीको लागि प्रदेश सरकारले कसरी काम गर्ने भन्ने बिषयमा परिचर्चा भएको थियो । 

 

 प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको उपस्थितिमा  जिल्ला विपद् व्यवस्थापन समिति पर्साका पदाधिकारीहरूसँग छलफल गरिएको हो ।


    जिल्ला प्रशासन कर्याालय, पर्साको सभाहलमा आयोजित छलफल कार्यक्रममा प्रदेश सरकारले आगामी १० वर्षको लागि प्रदेश २ को आठ जिल्लाको लागि बनाइरहेको विपद् व्यवस्थापनसम्बन्धी कार्ययोजनाको लागि कुन कुन कुरालाई ध्यानमा राखी योजना बनाउने भन्ने विषयमा सुझाव सङ्कलन पनि गरिएको थियो । 


प्रदेश सरकारका संचार मंत्री समेत रहेका यादवले बिगतमा बारा पर्सामा आएको बाढी र टोर्नाडोका समयमा स्थानीय प्रशासनले दिन रात खटेर उच्च स्तरको काम गरेको भन्दै प्रशंसा गरेका थिए । उनले  अब आउने दिनमा विपद्को पूर्व तयारीको सवालमा प्रदेश सरकार गम्भीर रहेको बताए ।  ५ जिल्लामा छलफल गरिसकेको र बाँकी तीन जिल्लाको विपद् समितिसँग छलफल गरी प्रदेश सरकारले वास्तविक योजना बनाउने बताए । 


    कानूनमन्त्री यादवसँग मन्त्रालयका कर्मचारी तथा जिल्ला विपद् व्यवस्थापन समिति, पर्साका संयोजक पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले आप्mनो भनाइ प्रस्तुत गरेका थिए । छलफल कर्याक्रममा पर्साका १४ वटा स्थनीय तहका प्रमुख, उपप्रमुख वा प्रतिनिधिहरूको पनि सहभागिता थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.