logo

ठेकेदार र ब्यापारीलाई टिकट दिने प्रवृति नियन्त्रण गर्न दलहरुलाई आग्रह,अन्यथा लोकतन्त्रनै बिकृत र कमजोर हुने चेतावनी

      9/16/2019 गते 00 00 मा प्रकाशित     930   पटक पढिएको

बीरगंज ३० भदौ ।
नेपालको निर्वाचनमा देखिएका बिकृतिका बिषयमा गम्भिर बहस हुन आवश्यक रहेकोमा सरोकारवालाहरुले जोड दिएका छन । नेपाल शान्ति प्रतिष्ठानले बीरगंजमा आयोजना गरेको कार्यशालामा सरोकारवालाहरुले यस्तो बताएका हुन  ।

 

उनीहरुले पैसाका बलमा टिकट प्राप्त गर्ने र पैसाकै बलमा जीत हासिल गर्नेहरु जनताका वास्तवीक प्रतिनिधि नभएको भन्दै निर्वाचनमा भित्रिएको पैसा संस्कृतिको तिब्र आलोचना गरेका छन । वक्ताहरुले ब्यापारी,ठेकेदार र अन्य पेशामा रहेका पैसावालाहरुले टिकट पाउने उनीहरुलाई टिकट बेच्ने प्रवृतिलाई दलहरुले रोक्नु पर्नेमा जोड दिए ।

 

उनीहरुले बिचारधारात्मक राजनीतिमा आएको स्खलन र बढदै गएको अनैतीकताका कारण राजनीतिमा निष्ठा इमान त्याग र सर्मपण जस्ता बिषय गौण हुन पुगेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।

 

वार्ड अध्यक्षको चुनाव जीत्न लाखौ खर्च भएको मेयर र सासदमा करोडौ खर्च गरेर जीत प्राप्त गरेको पृष्ढभूमीमा आयोजना गरिएको छलफलले निर्वाचनमा देखिएका बिकृत र बिसंगत पाटोलाई नियन्त्रण गर्न नसक्दा लोकतन्त्र नै संकटमा पर्ने भन्दै राजनीतिक दलहरुलाई जिम्मेवजार बन्न सुझाव दिइएको थियो । 


नेपालले अवलम्बन गरेको मिश्रीत निर्वाचन प्रणाली समेत बिकृतिको कारण रहेको भन्दै पूर्ण समानुपातिक वा प्रत्यक्ष निर्वाचन प्रणालीलाई अवलम्बन गर्न वक्ताहरुले सुझाव दिएका थिए । 


कार्यक्रममा निर्वाचनमा देखिएको बिसंगत पाटो र त्यसले ल्याएको परिणामा र त्यसबाट गरिएको अभ्यास निराशाजनक रहेको तर्क वक्ताहरुले गरेका थिए । कार्यक्रममा आधार पत्र प्रस्तुत गर्दै पत्रकार चन्द्रकिशोरले निर्वाचनमा जीतेर आएका जनप्रतिनिधिमा स्रोत र साधानहरु आफनै हुन भन्ने बुझाई देखिएको ब्यक्त गरे जसले द्वण्द्वलाई मलजल गरिरहेको बताए ।

 

समावेशी र समानुपातिकताले द्वण्द्वलाई ब्यवस्थापन गर्ला र प्रगतीको बाटोमा समाज अगाडि जाला भनेको नयाँ द्वण्द्वहरुको सृजना पो हुन पुग्यो उनले भने यसलाई बेलैमा सच्याउन पर्छ । 


कार्यक्रममा निर्वाचन आयोगका पूर्व आयुक्त डा. बीरेन्द्र शर्माले पनि निर्वाचन प्रणालीमा समस्या रहेको बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अवलम्बन गरेर त्यसलाई निर्वाचन क्षेत्र प्रति जिम्मेवार हुने प्रणालीको बिकास गर्न जरुरी रहेको सुझाव दिए ।


कार्यक्रममा नकपाका अध्यक्ष प्रभू हजरा ,नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी ,समाजवादी पार्टीका अध्यक्ष राम नरेश यादव , नेपाल पत्रकार महासंघका पूर्व उपसभापति जगदीश शर्मा,प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछाने अधिवक्ता कमल मोहन पोख्रेल महिला नेतृहरु सलमा खातुन,ममता महतो मोनिका सिंह र रम्भा मिश्र मुन्नी श्रीवास्तव जिल्ला निर्वाचन कार्यालय प्रमुख रंजिता झा डा. बिश्वम्भर शर्मा डा.कृपासिन्धु चौधरी ,जय नारायण चौधरी लगायतले आफनो बिचार राखेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.