logo

 नेपाल र भारतका प्रमले क्रर्सबोर्डर परियोजनाको गरे उद्धघाटन,अव पाइपलाइनबाटै डिजल आउने ,चालक र ब्यवसायी खुशी

      9/10/2019 गते 00 00 मा प्रकाशित     981   पटक पढिएको

अमलेखञ्ज २४ भदौ । 
नवनिर्मित मोतिहारी अमलेखञ्ज पेट्रेलियम पाईपलाईनबाट आजदेखि नियमित रुपमा ईन्धन आउन शुरु भएको छ ।  नेपाल र भारत दुबै देशका प्रधानमन्त्रीले मंगालबार औपचारिक रूपमा उद्घाटन गरेसँगै ईन्धन आपूर्ती नियमित भएको हो  ।

 

भारतको पटनाबाट मोतिहारी हुँदै नेपालको अमलेखगञ्जसम्म कुल २५९.७ किलोमिटर मध्ये नवनिर्मित मोतिहारीदेखी अमलेखगञ्जसम्मको ६९.७ किलोमिटर पाईपबाट पहिलो चरणमा ३१ लाख लिटर डिजल पठाएर गत श्रावण तिन गते सफल परिक्षण भएको थियो ।

पाइपलाईनको संचलनसंगै डिजल,पेट्रोल र मटितेलमा २ रुपैया मूल्य घटाएर उपभोक्तालाई राहत दिएको छ । उपभोक्ताकोलागि यो खुशीको कुरा हो ।

 

पाइपलाईन बाट डिजल आउने कुराले डिजल आयातमा संलग्न टंयाकरका चालक र सहचालकहरु निकै खुशी देखिएका छन । उनीहरु अन्य पेट्रोलियम पदर्था ढुवानीकालागि भारत जान नपर्ने अवस्था निर्माण होस भन्ने चाहन्छन । डिजल मात्रै होइन अरु पनि लिन भारत जान नपरे हुथ्यो उनले भने उता जानु पर्दाका दुःख सम्झेर ल्याउदा त  आँनै सिरिङ हुन्छ । 


नेपाल र भारतका प्रधानमंत्रीले हाईटेक प्रबिधिमार्फत आ–आफ्नै देशबाट स्विच थिचेर पाइपलाइनको उद्धघाटन गर्दा अमलेखगंजमा ब्यवसायी चालक मजदुरको राम्रो उपस्थिति थियो । अमलेखगंजबाट भारतको बरौनी सम्म करिव साढे ५ सय किलोमिटरको दुरी तय गरेर पेट्रोलियम पदार्थ ल्याउनु पथ्र्यो ।

 

यद्धपी अहिले पाइपलाईनबाट डिजल मात्र आउछ । चालकहरुले आफनो ज्यान जोखिममा पारेर पेट्रोलियम पदर्थाको ढुवानी गर्दै आएका छन । बिगतमा भारतीय भूमीमा एक जना सह चालकको ज्यान गएको छ । एक जना चालक गम्भिर घाइते बनाइए । तीन वटा टंयाकर लुटिए ।

 

चालकलाई भारतीय भूमीमा अपराधीक समुहले “गोली खाने की गोटी” भनेर आफनो नियन्त्रणमा लिन्थे र पेट्रोलयिम पदार्थ लुटथे । गोटी भनेको चाही लागाू औषध हो जसको सेवनले चाकहरु लठ्ठ हुन्थे । यो खाले अवस्था पार गरेर आएका नेपाली चालकहरु नेपाली भूमिमै डिजल ढुवानी गर्न पाउने अवस्थाबाट निकै उत्साहित छन । टंयाक चालक संघका अध्यक्ष बिजय लामा चालकहरुको सुरक्षा जोखिम कम भयो भन्छन ।

 

हिजो भारतीय भूमीमा अपमानीत हुनु पर्ने असुरक्षा भोग्नु पर्ने अतिरिक्त रकम तिर्नु पर्ने अवस्थावाट नेपाली चालक मुक्त हुनु खुशीको कुरा भएको उनको टिप्पणी छ ।  

पाइपलाइनबाट नियमित रुपमा दैनिक २० घण्टा सञ्चालन हुँदा दैनिक ३० हजार किलोलिटर तेल भित्र्याउन सकिने निगमले जनाएको छ । पाईपलाईनबाट हालका लागि डिजल मात्रै आयात गरिने र पेट्रोल आयात गर्न थप एक बर्ष लाग्न सक्ने आयल निगमले जनाएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक  १ अर्व रूपैयाँ भन्दा बढी बचत हुने निगमको अनुमान छ । अमलेखगंज बरौनी र रक्सौलका लागि करिव ५ सय टंयाकरहरु संचालनमा छन ।

 

अव डिजल ढुवानीकोलागि आयल निगमको अमलेखगंज डिपोले सम्झौता  गरेका टंयाकरहरु अमलेखगंजबाट डिजल बोकेर नेपालका बिभिन्न स्थानमा जाने गरि संचालन हुनेछन । पाइपलाईनको संचालन पछि ब्यवसायीहरुले पनि सीमा पारमा बहन गर्दै आएको अतिरिक्त रकम रोकिने भएको छ । यसले ब्यवायीलाई पनि खुशी बनाएको छ । टंयाकर ब्यवसायी बिराज काकींले ब्यवसायहीलाई पनि समस्या पथ्र्यो पेट्रोलिम पदार्थको ढुवानी झण्झटीलो नै थियो अव केही मात्रमा त्यो कम हुने बताए ।  
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्धारित समय भन्दा आठ महिना अगाडि निर्माण कार्य सम्पनन भएको यो परियोजना नेपाली जनताकालागि बहुप्रतिक्षीत थियो ।

 

०७२ को नाकाबन्दीताका पेट्रलोलियम पदार्थको आपूर्तीलाई टारगेट गरिएको थियो । त्यस कारण पनि पाइपलाई नेपाली जनताको चासोको परियोजना थियो । जुन समय अगावै सम्पन्न भएर संचालनमा आउदा सबैमा खुशी संचार भएको छ । नेपाली उपभोक्तालाई पेट्रोलियम पदार्थ आपूर्ती गर्दै आएका आयल निगमका डिलहरु पनि निकै खुशी छन । उनीहरुले पनि लोडिङका नाममा बुझाउनु पर्ने अतिरिक्त रकम अव बुझाउनु पर्ने छैन । सीमापार टंयाकर पठाउदा आइपर्ने झण्झट र असुरक्षाबाट उनीहरु पनि मुक्त भएका छन ।

 

बीरगंजको पशुपती आयलका संचालक कैयुम हुसेनले लोडिङका नाममा हुने खर्च घटने र पेट्रोलियम पदार्थको डेनसीटी घटदा ब्यहोर्नु पर्ने घाटा समेत कम हुन सक्ने बिश्वास ब्यक्त गरे  पाइपलाईनको संचालनबाट एकै पटक मुलुकका सबै क्षेत्रका नागरिकमा  खुशीकोे वतावरण बनेको छ । दक्षीण एशियाकै पहिलो क्रसबोर्डर पाइपलाईनको रुपमा दर्ज भएको छ ।

 

एउटा राम्रो परियोजनाको सफल प्रयोगले सबैतिर राहत र आशाको संचार गराउन सक्दो रहेछ । यो खुशीका कारण पाइपलाईन परियोजना प्रति आम नेपालीको स्वामित्व स्थापित भएको छ । राज्यले यस्तै केही राम्रो काम गर्न सक्दा मात्रै पनि नेपालीको अनुहारमा चमक  देख्न सकिन्छ  ।


परियोजनाको नेपाल र भातरका प्रधानमंत्रीले प्रविधि मार्फत उद्धघाटन गर्दै खुशी ब्यक्त गरेका छन । निर्धारित समय भन्दा आठ महिना अगाडि निर्माण कार्य सम्पनन भएर संचालनमा आएको यो परियोजना नेपाली नागरिककालागि आशाको दियो समेत बनेको छ । गर्दा हुन सक्ने रहेछ भन्ने कुरा यो परियोजनाले स्थापित गरेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.