logo

महानगरप्रमुख बिरुद्ध प्रर्दशन गर्नेलाई २९५ नम्बर दफा लगाउन समाजवादीको माँग

      8/29/2019 गते 00 00 मा प्रकाशित     1505   पटक पढिएको

बीरगंज १२ भदौ ।
बीरगंज महानगरपालिकाले राष्ट्रिय जनता पार्टी नगर समिति वीरगंजको नामबाट मिति २०७६ भाद्र ११ गते वीरगंजमा  भएको विरोध प्रर्दशनको ब्यानरमा वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको तस्वीरलाई लामखुट्टेको शरीरमा जोडेर सार्वजनिक रुपमा नगरप्रमुखको व्यक्तिगत मानमर्दन र चरित्र हत्या गर्न खोजेको विषय प्रति वीरगंज महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।  


लोकतन्त्रमा विधिसम्मत विरोध गर्न सकिन्छ । तर प्रचलित कानून विपरित नगर प्रमुखको तस्वीरको स्वरुप बिगारी सार्वजनिक गर्नु गैरकानूनी, अराजनितीक र गैरसंवैधानिक प्रवृत्तिको द्योतक हो भन्ने हाम्रो ठहर छ महानगरका प्रवक्ता सन्तोष तिवारीले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । 


कुनै पनि राजनीतिक दल वा समुहका नाउँबाट आम नागरीकमा भ्रम पैदा गर्ने र नगरप्रमुखको चरित्र हत्या गर्ने जस्ता अवान्छित कृयाकलापको तुरुन्त छानविन गरी दोषी माथि कारवाही गर्न महानगरपालिका सम्बन्धीत सबैमा जोडदार माग गर्दछ बिज्ञप्तिमा लेखिएको छ। 


साथै, कुनै पनि राजनीतिक दलका नाउँबाट कार्यक्रम गर्दा लोकतन्त्रको मर्म  दलीय आचरण र संसदीय परम्परालाई पालन गर्न समेत महानगरपालिका आग्रह गर्दछ । साथै आम नगरवासीलाई नगरप्रमुख विजय कुमार सरावगी माथि लगाईएको भ्रामक कुप्रचारको पछाडी नलाग्न अपिल गर्दछ । 


त्यसैगरि समाजवादी पार्टी नेपाल पर्साका कार्यवाहक अध्यक्ष रामनरेश यादवले पनि एक बिज्ञप्ति जारी गर्दै राजपाको नगर कार्यसमितिले निकालेको जुलुस प्रति ध्यानाकर्षण भएको जनाएका छन । यादवले फौजदारी आचार सहिंताको बर्खिलाप हुने गरि प्रर्दशन गरिएको भन्दै फोजदारी अराध सहिताको दफा २९५ अनुसार दोषीलाई कारवाही गर्न समेत माग गरिएको छ ।

यसैवीच राजपाका एक जना जिल्ला अध्यक्ष जगदीश पटेलले पनि एक बिज्ञप्ति जारी गरि हिजो पार्टीको झण्डा प्रयोग भएर निकालिएको ¥याली पार्टीको आधिकारीक नभएको स्पष्ट पारेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.