logo

स्वास्थ्य र शिक्षाको बिकास बिना मुलुकले समृद्धि हासिल गर्न सक्दैनःउपप्रम यादव

      8/27/2019 गते 00 00 मा प्रकाशित     1000   पटक पढिएको


बीरगंज १० भदौं । वीरगन्जको नगवा नवर्निमित बस पार्कको आज एक समारोहका बीच उपप्रधान तथा स्वास्थ्य जनसंख्यामंत्री उपेन्द्र यादवले उद्घाटन गरे ।

१९ करोड ८ लाखको मुल लागतमा ५ विघा भन्दा बढी क्षेत्र फलमा निर्माण भएको अत्याधुनिक सुविधा सम्पन्न बस पार्कको उपप्रधानमंत्री यादवले  शिलालेख अनावरण गरी उद्घटान गरेका हुन ।    


वीरगन्ज महानगरपालिकाले आयोजना गरेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमंत्री यादवले स्वास्थ्य र शिक्षाको विकास विना मुलुक समृद्ध हुन नसक्ने  धारणा व्यक्त गरे ।

उनले शारिरिक तथा मान्सिक रुपमा स्वास्थ्य र शिक्षीत व्यक्तिलेनै समाज तथा राष्ट्रको विकास गर्न  सकिने विश्वव्यापी मान्यतालाई दृष्टिगत गर्दै आम नेपाली जनातालाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारले प्रतेक गाँउमा प्रथामिक स्वास्थ्य चौकी, वडामा स्वाथ्य चौकी, शहरमा अस्पताल र महानगरपालिकाहरुमा विशिष्ट सेवा सहितको केन्द्रिय अस्पताल निर्माणमा गर्न लागेको जानकारी दिए । 


उनले  संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै  समृद्धी हासिल गर्ने योजना सहित सरकार अघि बेढेको बताए  । 


कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं.२का मुख्यमंत्री लालबाबु राउत गद्दीले मुलुकमा विद्ययमान चौतर्फी भ्रष्टाचारलाई अन्त्य गर्दै सुशासन कायम गर्नु आजको आवस्यत्ता रहेको धारणा व्यक्त गरे ।

 

उनले      वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रालाई सम्बोधन गर्दै शहरी विकास मन्त्रि इस्तीयाक राइनले  प्रदेश नं.२को पुर्वधारण विकास प्रति संघ सरकार गम्भिर रहेको बताए  ।

उनले  चालु आर्थिक वर्षमा वीरगन्ज महानगरपालिका भित्र पुर्वधार विकासका लागि दश अर्ब भन्दा बढी लगानी गरिने जानकारी गराउनु गराए ।


कार्यक्रममा नगर प्रमुख बिजय कुमार सरावगीले वीरगन्ज महानगरको विकासको लागी प्रदेशसभा र संघीय सभाको सबै सांसदहरुलाई सहयोग गर्न अनुरोध गरे ।उनले  वीरगन्जको बिकासको लागी योजनाबद्धरुपमा अगाडि बढन सबै नेताहरुलाई अनुरोधस समेत गरे ।

 

कार्यक्रममा सांसद प्रदिप यादव,विमल श्रीवास्तव र निलम्बीत सासद हरिनारायण रौनियार लगायतका नेताहरुले मधेसको मुदा र पर्साको चौतर्फि बिकासको लागी मन्त्रिहरुलाई अनुरोध गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.