logo

मध्य नेपालको तेश्रो वार्षिकोत्सव, पत्रकारिता पढनेलाई छात्रवृतिःप्रमुख सरावगी

      8/25/2019 गते 00 00 मा प्रकाशित     1125   पटक पढिएको

बीरगंज ८ भदौ ।
बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले पत्रकारिता अध्ययन गर्ने छात्रालाई छात्रवृति उपलब्ध गराउने घोषणा गरेका छन ।

 

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको तश्रो वािर्षकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख सरावगीले महानगरले पत्रकारहरुकोलागि फेलोसिपको समेत ब्यवस्था गरेको जानकारी गराए । उनले भने परिषदबाट पास गरेर राखेका छौ तर कोही पत्रकार आएका छैनन ।

 

उनले महिलाहरुको संचालन र ब्यवस्थापनमा मध्य नेपाल सन्देश साप्ताहिक रंगीन रुपमा प्रकाशन भएकोमा बधाई ज्ञापन गरे । यो काम पुरुष पत्रकारले गरेको भए पुरुषार्थ भनिन्थ्यो होला उनले भने तर महत्वपूर्ण कामलाई पुरुषार्थ गरिएको भन्ने प्रचलन हो भने महिला पत्रकारहरुले पनि “पुरुषार्थ” गरेको उनले टिप्पणी गरे ।

 

उनले संचारकर्म आलोचनात्मक हुने कुरालाई स्वाभाविक भने पनि पूर्वाग्रहपूर्ण प्रस्तुतीबाट जोगिनु पर्ने बिचार ब्यक्त गरे । उनले आफनो बारेमा हुने बिरोधका बिषयमा आफू जानकार रहेको चर्चा गरे ।  बिरोध गर्नेहरुलाई, तिनले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरुले महानगरमा के गरिरहेका छन ? झाल पिटेर बसेका छन ? उनीहरुकै सन्दर्भमा खोजपडताल गर्दा बेस हुने सुझाव दिए ।

 

उनले भने महानगरमा म बिकास गर्न आएको हु बिकासकालागि सबैको सहयोग चाहिन्छ म सहयोग गर्न सबैलाई अपिल गर्छु । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी लामिछानेले मध्य नेपाल सन्देशले बीरगंजलाई समेत गौरव गर्ने अवस्था सृजना गरेको भन्दै प्रगतीको कामना गरे ।

उनले ब्यवसायीक, भौतीक तथा सामाजिक चुनौतीहरुको सामना गर्दै पत्रकार महिलाहरुले मौलीक प्रस्तुती सहित रंगीन पत्रिका प्रकाशन गरेर अन्यलाई चुनौती दिएको बताए । छोरीलाई सानै देखी घरधन्दा चुला चौका आदि इत्यादीको काम सिकाइने हाम्रो परम्परा रहेको चर्चा गर्दै उपाध्यक्ष लामिछानेले भने “अनुत्पादक र बढी चुनौतीको सामना गर्नु पर्नेमा पेशामा महिलाहरुको सहभागिता त्यो संस्कारका बिरुद्ध भद्र अवज्ञा नै हो । 


कार्यक्रममा बरिष्ठ पत्रकार जगदीश शर्माले  पहिला मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खड्का केही सिक्न आफूकोमा आएको स्मरण गर्दै अव आफू उनीकोमा सिक्न जानु पर्ने अवस्था आएको टिप्पणी गरे ।

 

अर्का बरिष्ठ पत्रकार चन्द्रकिशोरले मध्य नेपाल सन्देश साप्ताहिकले प्रस्तुत गर्ने मौलीक कन्टेन्टका कारण पत्रकिा पठनीय रहेको बताए । उनले मध्यनेपाल सन्देश साप्ताहिकको अगाडिको यात्रा कठिन भएपनि यो बीरगंजको ओजलाई उजिल्याउन सफल हुने बिश्वास ब्यक्त गरे ।

 

कार्यक्रममा आफना सन्तानलाई उनीहरुको इच्छा अनुसार नै संचारकर्ममा संलग्न हुन दिने आधार बनाउने सृष्टिकर्ता मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खड्काको आमा रित खड्का र पत्रकार माधुरी महतोको आमा भाग्यवती देवी महतोलाई पत्रकार सन्ध्या पौडेललाई नगद सहित सम्मान गरिएको थियो । 


मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ता,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,बरिष्ठ पत्रकार सुर्दशनराज पाण्डे ,समाजसेवी पशुपती बिक्रम शाह श्रीमती मधु राणा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । पत्रकार लक्ष्मी खरेलले संचालन गरेको कार्यक्रममा पत्रकार माधुरी महतोले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सुटकेश भित्र २६ वर्षिया महिलाको शव, रौतहट प्रहरी अनुसन्धान गर्दै

,रौतहट । गौर नगरपालिका वडा नं २ की २६ वर्षिया रुबी कुमारी साहको शव सुटकेश भित्र फेला परेको छ ।

मानव सेवामा रक्तदान उत्कृष्ट मानवीय सेवा होः प्रदेश साँसद पटेल

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ को डोकैला चोकमा बहुदरमाई युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन्।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.