logo

मध्य नेपालको तेश्रो वार्षिकोत्सव, पत्रकारिता पढनेलाई छात्रवृतिःप्रमुख सरावगी

      8/25/2019 गते 00 00 मा प्रकाशित     1360   पटक पढिएको

बीरगंज ८ भदौ ।
बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले पत्रकारिता अध्ययन गर्ने छात्रालाई छात्रवृति उपलब्ध गराउने घोषणा गरेका छन ।

 

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको तश्रो वािर्षकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख सरावगीले महानगरले पत्रकारहरुकोलागि फेलोसिपको समेत ब्यवस्था गरेको जानकारी गराए । उनले भने परिषदबाट पास गरेर राखेका छौ तर कोही पत्रकार आएका छैनन ।

 

उनले महिलाहरुको संचालन र ब्यवस्थापनमा मध्य नेपाल सन्देश साप्ताहिक रंगीन रुपमा प्रकाशन भएकोमा बधाई ज्ञापन गरे । यो काम पुरुष पत्रकारले गरेको भए पुरुषार्थ भनिन्थ्यो होला उनले भने तर महत्वपूर्ण कामलाई पुरुषार्थ गरिएको भन्ने प्रचलन हो भने महिला पत्रकारहरुले पनि “पुरुषार्थ” गरेको उनले टिप्पणी गरे ।

 

उनले संचारकर्म आलोचनात्मक हुने कुरालाई स्वाभाविक भने पनि पूर्वाग्रहपूर्ण प्रस्तुतीबाट जोगिनु पर्ने बिचार ब्यक्त गरे । उनले आफनो बारेमा हुने बिरोधका बिषयमा आफू जानकार रहेको चर्चा गरे ।  बिरोध गर्नेहरुलाई, तिनले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिहरुले महानगरमा के गरिरहेका छन ? झाल पिटेर बसेका छन ? उनीहरुकै सन्दर्भमा खोजपडताल गर्दा बेस हुने सुझाव दिए ।

 

उनले भने महानगरमा म बिकास गर्न आएको हु बिकासकालागि सबैको सहयोग चाहिन्छ म सहयोग गर्न सबैलाई अपिल गर्छु । नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी लामिछानेले मध्य नेपाल सन्देशले बीरगंजलाई समेत गौरव गर्ने अवस्था सृजना गरेको भन्दै प्रगतीको कामना गरे ।

उनले ब्यवसायीक, भौतीक तथा सामाजिक चुनौतीहरुको सामना गर्दै पत्रकार महिलाहरुले मौलीक प्रस्तुती सहित रंगीन पत्रिका प्रकाशन गरेर अन्यलाई चुनौती दिएको बताए । छोरीलाई सानै देखी घरधन्दा चुला चौका आदि इत्यादीको काम सिकाइने हाम्रो परम्परा रहेको चर्चा गर्दै उपाध्यक्ष लामिछानेले भने “अनुत्पादक र बढी चुनौतीको सामना गर्नु पर्नेमा पेशामा महिलाहरुको सहभागिता त्यो संस्कारका बिरुद्ध भद्र अवज्ञा नै हो । 


कार्यक्रममा बरिष्ठ पत्रकार जगदीश शर्माले  पहिला मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खड्का केही सिक्न आफूकोमा आएको स्मरण गर्दै अव आफू उनीकोमा सिक्न जानु पर्ने अवस्था आएको टिप्पणी गरे ।

 

अर्का बरिष्ठ पत्रकार चन्द्रकिशोरले मध्य नेपाल सन्देश साप्ताहिकले प्रस्तुत गर्ने मौलीक कन्टेन्टका कारण पत्रकिा पठनीय रहेको बताए । उनले मध्यनेपाल सन्देश साप्ताहिकको अगाडिको यात्रा कठिन भएपनि यो बीरगंजको ओजलाई उजिल्याउन सफल हुने बिश्वास ब्यक्त गरे ।

 

कार्यक्रममा आफना सन्तानलाई उनीहरुको इच्छा अनुसार नै संचारकर्ममा संलग्न हुन दिने आधार बनाउने सृष्टिकर्ता मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खड्काको आमा रित खड्का र पत्रकार माधुरी महतोको आमा भाग्यवती देवी महतोलाई पत्रकार सन्ध्या पौडेललाई नगद सहित सम्मान गरिएको थियो । 


मध्य नेपाल सन्देश साप्ताहिकका सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ता,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,बरिष्ठ पत्रकार सुर्दशनराज पाण्डे ,समाजसेवी पशुपती बिक्रम शाह श्रीमती मधु राणा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । पत्रकार लक्ष्मी खरेलले संचालन गरेको कार्यक्रममा पत्रकार माधुरी महतोले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन ।
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.