logo

पीडित कस्टडीमा अपहरण आरोपी प्रहरी कन्टयाक्टमा

      8/3/2019 गते 00 00 मा प्रकाशित     830   पटक पढिएको


वीरगन्ज १८ साउन । पर्सा प्रहरीले पीडितलाई थुनामा र पीडकलाई सम्पर्कमा राखेको भन्दै आलोचना शुरु भएको छ ।

अपहरणकारीको चंगुलबाट उम्केर आउन सफल भएका भनिएका पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर ४ मधवल टोलका २३ वर्षिय उपनेश चौरसियालाई प्रहरीले रिहासतमा राखेको छ ।

 

चौरसियाको अपहरणमा संलग्न भएको आरोप लागेका सोही ठाउ निवासी उत्तम भनिने निराजन तिवारी भने प्रहरीको सम्र्पकमा रहेको प्रहरीले बताएको  छ । 

 १४ गते अपहरणमा परेका  उपनेश चौरसिया श्रावण १६ गते अपहरणकारीको नियन्त्रणमा उम्कीन सफल भएका थिए ।

भारतको बेतियाबाट नेपालको भिषूवा आएका चौरसियालाई आफन्तजनले सोझै जिल्ला प्रहरी कार्यालयमा पु¥याएका थिए ।

 

जिल्ला प्रहरी पुगेका चौरसियालाई आवश्यक उपचार र परामर्श दिनु पर्नेमा प्रहरीले शान्ति सुरक्षा अन्र्तगत मुद्धा दर्ता गरेको भन्दै चौरसियाका आफन्तजनले प्रहरीले मानव अधिकार बिरोधी काम गरेको आरोप लगाएका छन ।

उनीहरुले शनिवार बीरगंजमा पत्रकार सम्मेलन गरि पर्सा प्रहरीले अब्यवसायीक र पूर्वाग्रही रुपमा काम गरेको आरोप लगाए ।

 

चौरसियाका पिता जंग बहादुर चोरसियाले प्रहरीले पीडितलाई थुनामा राख्ने मुद्धा चलाउने मुख्य आरोपीलाई उन्मुक्ति दिनुले प्रहरी पूर्णतया पूर्वाग्रह प्रेरीत भएको पुष्टि हुने दावी गरेका छन ।  उनले भने न्यायकालागि मैले छोरा प्रहरीकोमा लगे तर उसले मुद्धा चलाईदियो ।

नेपाल पत्रकार महासंघ पर्सामा आयोजना गरेको पत्रकार सम्मेलनमा जंग बहादुर चौरसियाले पर्साका एसपी सोमेन्द्र सिंह राठौरले उल्टै आफूहरुलाई  धम्काउदै अपहरणको मुद्धा दर्ता नगर्ने भन्दै पठाएको बताए ।

पर्साको बिन्दवासनी गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अनुप चौरसियाले  पनि प्रहरी उपरीक्षक राठौरले आफुहरुलाई धमकाएको बताए ।

आफु एउटा समाजसेवी र स्थानिय जनप्रतिनिधिको हैसियतले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरलाई बिस्तृत रुपमा बताएपनि उल्टै धम्काएर पठाएको बताए ।

प्रहरी उपरीक्षक राठौरले नेपाली नागरिक भएपनि यो घटना भारतको हो, अपहरण मुद्धा दर्ता गराउन खोज्यो भने पुनः भारतमै पठाउने  भन्दै धम्क्याएको  वडा अध्यक्ष अनुप चौरसियाले बताए ।

बिन्दवासनी गाउपालिका वडा नम्बर ४ कै दुई जनाको अपहरणमा संलगन्ता रहेको पिडितले प्रहरीलाई बताएपनि उल्टै अपहरणकारीलाई संरक्षण दिएको पिडित पक्षको भनाई रहेको रहेको छ । प्रहरीले अपहरण घटनामा संलग्न भएका भनिएका उत्तम तिवारी र अन्य एक जनालाई पनि अनुसन्धानको दायरामा नल्याउदा सम्म प्रहरीलाई लागेको आरोपलाई बल पुग्ने देखिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.