logo

प्रधानंमंत्रीलाई नेकपा पर्साको ज्ञापन प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण गठन गर्न माँग

      7/30/2019 गते 00 00 मा प्रकाशित     1107   पटक पढिएको

बीरगंज १४ साउन । नेकपा पर्साले तराई मधेस क्षेत्रमा आउने प्राकृतिक विपदबाट बच्न पूर्वतयारीका लागि काम गर्न अधिकार सम्पन्न “प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण” गठन गर्न माग गरेको छ ।


 पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्राईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माँग गरेको हो ।नेपाल कम्युनिस्ट पार्टी पर्साले बाढी तथा डुवान प्रभावितलाई तत्काल राहत वितरण गर्न पनि माग गरेको छ ।


पार्टीका जिल्ला अध्यक्ष प्रभु हजराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको नेता कार्यकर्ताहरुको टोलीले ज्ञापन पत्र बुझाउदै राहत तथा उद्धारमा सरकारलाई समयमै चासो दिन आग्ह गरेको छ । 

ज्ञापन पत्रमा पछिल्लो बाढीका कारण डुवानमा परेका परिवारलाई तत्काल सक्दो राहत उपलब्ध गराउन माग गर्नुको साथै १५ वटा बुँदामार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

 

अबिरल वर्षापछि आएको भीषण बाढीबाट पर्सा जिल्लामा भएको धनजनको क्षतिप्रति गम्भीर नेकपा पर्साको गम्भीर ध्यानाकर्षण भएको बताउँदै ज्ञापनपत्रमा तत्काल संघीय सरकारको ध्यान जाओस भन्ने माग गरिएको छ ।

 

‘विपदबाट तीनजनाको दुःखद मृत्यु हुनुको साथै वीरगञ्ज महानगरपालिकाको झण्डै आधा भूभाग, पोखरिया, छिपहरमाई, कालिकामाई, पकाहामैनपुर, जगरनाथपुर, ठोरी, जिराभवानी लगायतका पालिका डुबानमा पर्दा करोडौंको भौतिक संरचनाहरु ध्वस्त भएको र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । मानवीय कार्यमा कुनै पक्षपात र भेदभाव नगरी राहत वितरण हुनुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।


ज्ञापन पत्रमा प्रदेश दुई सरकार र विभिन्न तहबाट त्यस्ता खाले भेदभावपूर्ण ब्यबहार प्रदर्शन भएको बताउँदै त्यसलाई रोक्न आग्रह समेत गरेको छ ।

पर्साका बिभिन्न स्थानमा भएको क्षतीको यथार्थ तथ्याङक संकलन गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचार हुनुपर्ने,  पक्षपातरहित राहत वितरण गर्नुपर्ने, चुरे संरक्षणका लागि वैज्ञानिक तरिका अपनाउन, सीमावर्ती क्षेत्रमा निर्माण भएको बाँधका बारे दीर्घकालीन समाधान खोज्न, किसानलाई ऋण मिनाहा, मल खाद्यमा राहत, वीरगञ्ज महानगरमा निर्माण भएको ढकको संरचनामा उठेको प्राबिधिक सवालको छानवीन गर्न र नदी नियन्त्रणको उचित कदम चाल्न ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बिपदका कारण कुनै नागरिक भोकै खुला आकास मुनी बस्न नपरोस भनी जिल्लामा आवश्यक सतर्कता अपनाइएको बताए । उनले ज्ञापन पत्र सम्बन्धीत निकायमा पु¥याउने प्रतिवद्धता समेत जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.