logo

पार्टी स्कूल बिभागको प्रमुखमा मेरो स्वभाविक दावी होःनेता भूषाल

      7/28/2019 गते 00 00 मा प्रकाशित     960   पटक पढिएको

बीरगंज १२ साउन । 

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुषालले पार्टी स्कुल विभागको नेतृत्वमा आफनो स्वभाविक दावेदारी रहेको बताएका छन ।  

आइतबार वीरगन्जमा प्रेस संगठन पर्साले गरेको पत्रकार सम्मेलनमा भुषालले पार्टीको एकताको क्रममा बिभाग पूर्व माओवादीको भागमा पर्दा आफनो दावेदारी नहुने प्रष्ट पारे । उनले भने पूर्व एमालेले पाउने भयो भने मेरो स्वभाविक दावेदारी छ यो नवौ राष्ट्रीय महाधिवेशन पछि नै पाउनु पर्ने जिम्मेवारी हो ।

 

उनले पार्टीका अध्यक्षद्वयबीच सहमति नभएकै कारण स्कुल विभागको नेतृत्व टुङ्गिन नसकेको बताए।संचारकर्मीको एक जिज्ञासाको जवाफ दिदै नेता भूषालले पार्टी स्कूल बिभाग अध्यक्षद्वयकै मातहतमा राख्ने सहमती भयो भने यो एक प्रकारको समाधान त हो तर कमजोर समाधान हुने उनले बताए ।  यस्तो समाधानले बिभागलाई कामकाजी बनाउने भन्दा पनि सुसुप्त बनाउने काम मात्र गर्छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सामूहिक नेतृत्वमा नगएकै कारण पार्टी एकता प्रकृयामा १५ महिना लागेको भुषालले बताए। ‘अध्यक्ष ओली एकल नेतृत्वमा चलेका कारण पार्टी एकता प्रकृयामा यति धेरै लामो समय लागेको हो, जुन समय लाग्यो यो अनपेक्षित छु, उनले भने। नेता भूषालले पछिल्लो समयमा पार्टी अध्यक्ष ओली सामुहिक प्रक्रियाबाट अगाढि बढ्न खोजेको देखिएको बताए । 

नेता भूषालले पार्टी भित्र केन्द्रीय सदस्यहरु सासदहरुलाई थाहा नदिइ बिधयकहरु पेश भएका कारण त्यसको प्ररिक्षा हुन नसकेको बताउदै बिधयक ल्याउने प्रक्रियामा पनि सुधारको खाँचो रहेको बताए । सरकारले एकपछि अर्को गरी प्रक्रिया नपुर्‍याई विधेयक ल्याएका कारण विरोध खेप्नुपरेको उनले बताए।

संविधानप्रति मधेसमा असन्तुष्टि रहेकोतर्फ संकेत गर्दै भुषालले असन्तुष्टि सम्बोधनका लागि नेकपा प्रयत्नरत रहेको जिकिर गरे। संसारमा कुनै पनि देशको संविधान सय प्रतिशत सहमतिमा बनाइएको हुँदैन तर राजनीतिक दलले त्यसलाई सय प्रतिशत बनाउन प्रयत्न गरिहरहनु पर्छु भुषालले भने, हाम्रो संविधानप्रति पनि असन्तुष्टि छ। सम्बोधन गर्न नेकपा प्रयत्नशील छ।

कृषिमा आश्रित जनताको आधारभूत अवस्थामा परिर्वतन ल्याएर राष्ट्रिय पूँजी निर्माणमा गर्न सके समाजवादमा पुग्न सकिने उनको भनाई छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.