logo

दोषी जनप्रतिनिधिलाई कारवाही नभए आन्दोलन कडाःअध्यक्ष गिरी

      7/24/2019 गते 00 00 मा प्रकाशित     787   पटक पढिएको

वीरगंज  ८ साउन ।

राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण गर्ने जनप्रतिनिधिलाई कारवाही नगर्दा सम्म कर्मचारीले आन्दोलन जारी राख्ने जनाउ दिएका छन । कर्मचारी माथि हातपात गर्ने जनप्रतिनिधि बिरुद्ध अनुसन्धान गर्न स्थानीय प्रशासनले आनाकानी गरेकोले नागरिक प्रशासन अराजकता अगाडि कमजोर देखिन थालेको टिप्पणी हुन थालेको छ ।

 

निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीले घटनाको सन्दर्भमा स्थान्ीय प्रहरीले छानवीन गर्ने  र कारवाहीको बचन दिएको बताए । उनले भने प्रहरीले दिएको बचनका आधारमा हामी प्रतिक्षारत छौ त्यो सीमा कटेपछि आन्दोलनको बिकल्प मात्र रहन्छ । 

जनप्रतिनिधिले आफनो पदीय मर्यादा बिर्सिएर अराजकतापूर्ण काम गर्दा सिंगो जनप्रनितिधिहरुमाथि सवाल उठन थालेको छ । बिगार्ने एउटा हुने तर त्यसको मार सबैले खेप्नु पर्ने अवस्था सृजना भएको छ । 


जनप्रतिनिधिले भने अनुसार नगर्दा सखुवा प्रसौनीमा जे घटना भएको छ त्यसले स्थानीय सरकारको मर्म र मर्यादा माथि नै सवाल उठेको छ । जनप्रतिनिधिले भनेको नमान्दा धाक धम्की र आक्रमण सहनु पर्ने । भनेको मान्दा अख्तियारले डाम्ने डरबाट कर्मचारी गुज्रिनु परेको छ । 

 

संगठनका अध्यक्ष गिरीले अवस्था यस्तै रहे दवावमा रहेर कर्मचारीहरुले काम गर्न नसक्ने ठोकुवा गरे । जिरा भवानी गाँउपालिका प्रमुख प्रशासकिृ अधिकृत समेत रहेका गिरीले कर्मचारीलाई अनुचित दवाव नदिन तथा नियमले तोकेको अनुसार काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

 

उनले  पटेर्वा सुगौली गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज चौधरी माथि समेत ज्यान मार्ने धम्की आएकोले दोषिलाई कारवाही गर्न माँग गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.