logo

दोषी जनप्रतिनिधिलाई कारवाही नभए आन्दोलन कडाःअध्यक्ष गिरी

      7/24/2019 गते 00 00 मा प्रकाशित     946   पटक पढिएको

वीरगंज  ८ साउन ।

राष्ट्रसेवक कर्मचारीमाथि आक्रमण गर्ने जनप्रतिनिधिलाई कारवाही नगर्दा सम्म कर्मचारीले आन्दोलन जारी राख्ने जनाउ दिएका छन । कर्मचारी माथि हातपात गर्ने जनप्रतिनिधि बिरुद्ध अनुसन्धान गर्न स्थानीय प्रशासनले आनाकानी गरेकोले नागरिक प्रशासन अराजकता अगाडि कमजोर देखिन थालेको टिप्पणी हुन थालेको छ ।

 

निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित गिरीले घटनाको सन्दर्भमा स्थान्ीय प्रहरीले छानवीन गर्ने  र कारवाहीको बचन दिएको बताए । उनले भने प्रहरीले दिएको बचनका आधारमा हामी प्रतिक्षारत छौ त्यो सीमा कटेपछि आन्दोलनको बिकल्प मात्र रहन्छ । 

जनप्रतिनिधिले आफनो पदीय मर्यादा बिर्सिएर अराजकतापूर्ण काम गर्दा सिंगो जनप्रनितिधिहरुमाथि सवाल उठन थालेको छ । बिगार्ने एउटा हुने तर त्यसको मार सबैले खेप्नु पर्ने अवस्था सृजना भएको छ । 


जनप्रतिनिधिले भने अनुसार नगर्दा सखुवा प्रसौनीमा जे घटना भएको छ त्यसले स्थानीय सरकारको मर्म र मर्यादा माथि नै सवाल उठेको छ । जनप्रतिनिधिले भनेको नमान्दा धाक धम्की र आक्रमण सहनु पर्ने । भनेको मान्दा अख्तियारले डाम्ने डरबाट कर्मचारी गुज्रिनु परेको छ । 

 

संगठनका अध्यक्ष गिरीले अवस्था यस्तै रहे दवावमा रहेर कर्मचारीहरुले काम गर्न नसक्ने ठोकुवा गरे । जिरा भवानी गाँउपालिका प्रमुख प्रशासकिृ अधिकृत समेत रहेका गिरीले कर्मचारीलाई अनुचित दवाव नदिन तथा नियमले तोकेको अनुसार काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

 

उनले  पटेर्वा सुगौली गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सरोज चौधरी माथि समेत ज्यान मार्ने धम्की आएकोले दोषिलाई कारवाही गर्न माँग गरे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.