logo

बहुप्रतिक्षीत मोतीहारी अमलेखगंज पाइपलाईनको परिक्षण सफल अव पाइपबाटै तेल आउने

      7/19/2019 गते 00 00 मा प्रकाशित     1401   पटक पढिएको

बीरगंज ३ साउन ।

बहुप्रतिक्षि मोतीहारी अमलेखगन्ज पाइपलाईन परियोजनाको निर्माण कार्य सम्पन्न भई त्यसको सफल परिक्षण भएको छ । अमलेखगन्ज स्थित भण्डारण टंयाकीमा शुक्रवार बिहान पौने ७ बजे पाइप मार्फत डिजेल भित्र्याएर सफल परिक्षण गरिएको हो ।

 

अव पाइपलाईनको औपचारिक उद्धघाटन भएपछि मात्र पाइपलाईन मार्फत डिजलको नियमित आफूर्ती हुन्छ ।  सम्झौताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाईन निर्माण थाल्यो ।

 

निर्माण सुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो । पाइपलाईन निर्माणको नेपाल र भारतका प्रधानंमत्रीले संयुक्त रुपमा शिलान्यास गरेका थिए । १५ महिना अघि निर्माण कार्य शुरु भएको परियोजना ८ महिना अगावै सफल परिक्षण भएको हो । यसको लागत ३ अर्व २५ करोड भारतीय रुपैया रहेको छ । आज बिहान पाइपलाईन बाट तेल आएको अमलेखगंज डिपोको प्रमुख प्रदीप यादवले बताए ।

 

कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । पाइपलाइनमा २१ लाख लिटर तेल मौज्दात रहन सक्छ । पाइपलाइनबाट  प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिन्छ ।

 

पाइपलाईनको रक्सौलबाट २ किलोमिटरको दुरीमा एक र नेपाल तर्फ गण्डक र जीतपुरमा २ वटा रिर्टनीङ्ग भल्व राखिएको छ । जसले गर्दा तेललाई उतै फर्किन दिदैन । बुधवार दिउसो १२ बजे पटनाबाट  पम्पीङग भएको तेल शिुक्रवार बिहान मात्र आइपुगेको हो । अव कुनै पनि बेला स्वीच थिच्दा अमलेखगंजमा तेल झर्ने अवस्था बनेको  परियोजनाका प्राविधिक परामर्शदाता शरद पौडेलले बताए ।


नेपालको मोतीहारी अमलेखगंज पाइपलाइन बिच्छाइएर संचालनमा आएपछि निगमकोे शत प्रतिशत तेल ढुवानी खर्च बच्छ, वर्षैदेखी चलिरहेको मिसावट र चुहावट नियन्त्रण हुम्छ । यसले वतावरणको पारेको प्रदुषणलाई समेत नियन्त्रण गर्छ । नेपालको लागी लजिस्टिक र पारवहनको हिसाबले पार्ईपलाईन बिस्तार गर्नु निकै पहिल्यै आवश्यक थियो ।  यसले नेपाल आयल निगमको वर्षिक अर्व भन्दा भन्दा बढी ढुवानी खर्च बचत हुन्छ । आयल निगमका अमलेखगन्ज कार्यालय प्रमुख प्रदीप यादवका अनुसार सालाखाला २ अर्व ढुवानी खर्च बचत हुन्छ ।

 

नेपाल सरकारको संस्थान भएकोले त्यसको प्रतिफल नागरिकले पनि पाउने यादवको भनाई छ । बतावरण संरक्षण, मानवीय क्षती न्यूनीकरण, आर्थिक बचत, चोरी निकासीको नियन्त्रण हुने भएकोले त्यसको फाइदा नागरिकले पाउने उनले बताए ।


नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । एक दशकसम्म सुरु हुन नसकेको परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो । त्यसबेला तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच सम्झौता भएको थियो ।

 

तर २०७४ पुसमा मात्र भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण थाल्यो । १८ महिनापछि असारमा पाइपलाइन निर्माण सम्पन्न भएको छ । नेपालमा पाइपलाईन बाटै पेट्रोलियम पदार्थको ढुवानी हुने यो पहिलो परियोजना हो । नाकाबन्दी ताका पेट्रोलीयम पर्दाथ आपूर्तीको सकस खेपेका नेपालीकालागि मोतीहारी अमलेखगंज पाइपलाईनको निर्माण बहुप्रतिक्षीत योजनाको रुपमा रहेको  थियो जो अव पुरा भएको छ । तर अहिले नै पेट्रोल र मटितेल भने यो पाइपलाइन बाट अनउने छैन । डिजेलको लागि सबै परिक्षण सम्पन्न भएको छ ।


परियोजनालाई समय अगावै सम्पन्न गर्न नेपाल भारतका सरोकारवाला कार्यालयका कर्मचारीहरुको भूमिका महत्वपूर्ण रह्यो । नेपाल तर्फ अहिलक समस्याहरु थियो त्यो समसयालाई पनि हल गरेर आज नेपाल भारतकै बिज्ञहरु पाइपलाईनको परिक्षणमा सहभागि हुदा निकै खुशी भए  । भारतीय आयल निगम मोतीहारीको निर्माण बिभागका प्रमुख  अनुकुमार मिनजीले भने हाम्रो परिश्रमको फल देखिएको काममा हामीले सफलता पायो म सबैलाई शुभकामना भन्छु ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.