logo

बहुप्रतिक्षीत मोतीहारी अमलेखगंज पाइपलाईनको परिक्षण सफल अव पाइपबाटै तेल आउने

      7/19/2019 गते 00 00 मा प्रकाशित     1563   पटक पढिएको

बीरगंज ३ साउन ।

बहुप्रतिक्षि मोतीहारी अमलेखगन्ज पाइपलाईन परियोजनाको निर्माण कार्य सम्पन्न भई त्यसको सफल परिक्षण भएको छ । अमलेखगन्ज स्थित भण्डारण टंयाकीमा शुक्रवार बिहान पौने ७ बजे पाइप मार्फत डिजेल भित्र्याएर सफल परिक्षण गरिएको हो ।

 

अव पाइपलाईनको औपचारिक उद्धघाटन भएपछि मात्र पाइपलाईन मार्फत डिजलको नियमित आफूर्ती हुन्छ ।  सम्झौताको दुई वर्षपछि २०७४ पुसबाट भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाईन निर्माण थाल्यो ।

 

निर्माण सुरु भएको अठार महिनापछि गत असारमा पाइपलाइन निर्माणको कार्य सकिएको हो । पाइपलाईन निर्माणको नेपाल र भारतका प्रधानंमत्रीले संयुक्त रुपमा शिलान्यास गरेका थिए । १५ महिना अघि निर्माण कार्य शुरु भएको परियोजना ८ महिना अगावै सफल परिक्षण भएको हो । यसको लागत ३ अर्व २५ करोड भारतीय रुपैया रहेको छ । आज बिहान पाइपलाईन बाट तेल आएको अमलेखगंज डिपोको प्रमुख प्रदीप यादवले बताए ।

 

कुल ६९.२ किलोमिटर लामो पाइपलाईनमा नेपालतर्फ ३७.२५ र भारततर्फ ३२.६५ किलोमिटर पर्छ । पाइपलाइनमा २१ लाख लिटर तेल मौज्दात रहन सक्छ । पाइपलाइनबाट  प्रतिघन्टा २ लाख लिटर डिजेल आयात गर्न सकिन्छ ।

 

पाइपलाईनको रक्सौलबाट २ किलोमिटरको दुरीमा एक र नेपाल तर्फ गण्डक र जीतपुरमा २ वटा रिर्टनीङ्ग भल्व राखिएको छ । जसले गर्दा तेललाई उतै फर्किन दिदैन । बुधवार दिउसो १२ बजे पटनाबाट  पम्पीङग भएको तेल शिुक्रवार बिहान मात्र आइपुगेको हो । अव कुनै पनि बेला स्वीच थिच्दा अमलेखगंजमा तेल झर्ने अवस्था बनेको  परियोजनाका प्राविधिक परामर्शदाता शरद पौडेलले बताए ।


नेपालको मोतीहारी अमलेखगंज पाइपलाइन बिच्छाइएर संचालनमा आएपछि निगमकोे शत प्रतिशत तेल ढुवानी खर्च बच्छ, वर्षैदेखी चलिरहेको मिसावट र चुहावट नियन्त्रण हुम्छ । यसले वतावरणको पारेको प्रदुषणलाई समेत नियन्त्रण गर्छ । नेपालको लागी लजिस्टिक र पारवहनको हिसाबले पार्ईपलाईन बिस्तार गर्नु निकै पहिल्यै आवश्यक थियो ।  यसले नेपाल आयल निगमको वर्षिक अर्व भन्दा भन्दा बढी ढुवानी खर्च बचत हुन्छ । आयल निगमका अमलेखगन्ज कार्यालय प्रमुख प्रदीप यादवका अनुसार सालाखाला २ अर्व ढुवानी खर्च बचत हुन्छ ।

 

नेपाल सरकारको संस्थान भएकोले त्यसको प्रतिफल नागरिकले पनि पाउने यादवको भनाई छ । बतावरण संरक्षण, मानवीय क्षती न्यूनीकरण, आर्थिक बचत, चोरी निकासीको नियन्त्रण हुने भएकोले त्यसको फाइदा नागरिकले पाउने उनले बताए ।


नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । एक दशकसम्म सुरु हुन नसकेको परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो । त्यसबेला तत्कालीन आपूर्तिमन्त्री सुनील थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच सम्झौता भएको थियो ।

 

तर २०७४ पुसमा मात्र भारतीय आयल निगमले मोतिहारी डिपोबाट पाइपलाइन निर्माण थाल्यो । १८ महिनापछि असारमा पाइपलाइन निर्माण सम्पन्न भएको छ । नेपालमा पाइपलाईन बाटै पेट्रोलियम पदार्थको ढुवानी हुने यो पहिलो परियोजना हो । नाकाबन्दी ताका पेट्रोलीयम पर्दाथ आपूर्तीको सकस खेपेका नेपालीकालागि मोतीहारी अमलेखगंज पाइपलाईनको निर्माण बहुप्रतिक्षीत योजनाको रुपमा रहेको  थियो जो अव पुरा भएको छ । तर अहिले नै पेट्रोल र मटितेल भने यो पाइपलाइन बाट अनउने छैन । डिजेलको लागि सबै परिक्षण सम्पन्न भएको छ ।


परियोजनालाई समय अगावै सम्पन्न गर्न नेपाल भारतका सरोकारवाला कार्यालयका कर्मचारीहरुको भूमिका महत्वपूर्ण रह्यो । नेपाल तर्फ अहिलक समस्याहरु थियो त्यो समसयालाई पनि हल गरेर आज नेपाल भारतकै बिज्ञहरु पाइपलाईनको परिक्षणमा सहभागि हुदा निकै खुशी भए  । भारतीय आयल निगम मोतीहारीको निर्माण बिभागका प्रमुख  अनुकुमार मिनजीले भने हाम्रो परिश्रमको फल देखिएको काममा हामीले सफलता पायो म सबैलाई शुभकामना भन्छु ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.