logo

लोकसेवाको बिज्ञापन बिरुद्ध बीरगंजमा प्रर्दशन

      7/18/2019 गते 00 00 मा प्रकाशित     971   पटक पढिएको


वीरगञ्ज, २ श्रावण  ।

लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन समानुपातिक समावेशी नभएको भन्दैै वीरगञ्जमा युवाहरुको एक समुहले आज  प्रदर्शन गरेको छ । वीरगञ्जस्थित घण्टाघर चोकमा भएको प्रदर्शनमा लोकसेवा आयोगले सार्वजनीक गरेको विज्ञापनको विरुद्धमा चर्को नाराबाजी  भएको थियो ।

नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नं २ का उपाध्यक्ष कमल पिठाकाटे मगर, विधार्थी नेताहरु बद्री तिवारी, निखील वर्णवाल, बालमिकी यादव, थारु अगुवा प्रकाश थारु, युवा समाजिक अभियन्ता कमल चौगाई, ओमप्रकाश सर्राफ ,दलित अगुवा मनोज राम, मुस्लिम युवा नेता शेख मुन्ना, विधार्थी नेतृ राधा चौधरी, ज्योति साह लगायतका वक्ताहरुले प्रदर्शन पछि आयोजीत कोणसभालाई सम्बोधन गरेका थिए ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले लोकसेवाको विज्ञापन शोसित उत्पीडीत समुदायलाई राज्यको मुलधारबाट वञ्चीत गर्ने सुनुयोजित षड्यन्त्र रहेकोले अविलम्ब सच्याउन माग गरेका थिए ।

विज्ञापन नसच्याए वीरगञ्जबाट अर्को जनआन्दोलनको बिगुल फुँक्ने उद्घोष गरे ।आन्दोलन समितीले शुक्रबार बेलुका ५ बजे घण्टाघरमा संघीय मामिला मन्त्री लालबाबु पण्डित तथा लोकसेवा आयोग प्रमुख उमेश मैनालीको पुतला दहन गर्ने कार्यक्रम रहेको  ओमप्रकाश सर्राफले बताएका छन् । कार्यक्रमको सहजीकरण हेमन्त तामांगले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.