logo

एशियन डिष्ट्रलरीका मजदुरहरु हड्तालमा,मदिराको बिक्रीमा कमी आएपछि मजदुर कटौती गर्नु बाध्याता भएको उधोगको भनाई

      7/16/2019 गते 00 00 मा प्रकाशित     859   पटक पढिएको

 वीरगन्ज ३१ असार । वीरगन्जको रामगढवामा रहेको एसिययन डिष्टिलरी उद्योगमा कार्यरत कर्मचारी र मजदुर हड्तालमा उत्रिएका छन ।  उद्योग व्यवस्थापनले कार्यरत मजदुर र कर्मचारीको संख्या कटौती गरेको भन्दै त्यसैको विरोधमा कर्मचारी मजदुरहरु हड्तालमा उत्रिएका हुन ।

 

उधोगले ६ कर्मचारी र १ सय ९७ जना मजदुरलाई उधोग बाटह हटाएको सूचना  सार्वजनीक गरेपछि हड्तालको बतावरण बनेको हो । उधोगले उत्पादन गरेको मदिराको बिक्रीमा कमी आएपछि कर्मचारी मजुदुरको कटौती गर्नु अवस्था आएको जनाएको छ । यस बिषयमा कर्मचारी मजदुरसंग दुई पटक वर्ता भएपनि सहमती बन्न नसकेको उधोगको भनाई रहेको छ । 

 

 । मङगलबार बिहानदेखि उद्योगको मूलगेटमा तालाबन्दी गर्दै मजदुर हडतालमा उत्रिएका हुन । उद्योगले श्रमऐनअनुसारको उचित क्षतिपूर्ति र उपदान सुविधा दिएर मात्रै कर्मचारीलाई विदा गर्ने भने पनि मजदुरले ठूलो रकमको माग राखेपछि उद्योग व्यवस्थापन र कर्मचारी मजदुरबीचको विवाद बढेको हो ।

 

उद्योगबाट हटाइएका कर्मचारी र मजदुरलाई उद्योगले जति वर्ष काम गरेका छन् त्यति महिनाको तलबभत्ता जोडेर उपदान दिने बताएको छ । तर आन्दोलनरत कर्मचारी मजदुले भने उपदानमा १० लाख रुपैयाँ हरेक मजदुर र कर्मचारीलाई दिनुपर्ने अडान राखेका छन  ।

 

उद्योगका महाप्रबन्धक उदयराज विष्टले उद्योगबाट उत्पादित मदिरा बिक्री नभएको र आर्थिक व्ययभार बढ्दै गएपछि उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरलाई उचित क्षतिपूर्ति दिएर विदा गर्ने निर्णय गरेको बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.