logo

पोखरिया नगरपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न अनियमितताको बिषयमा जनताका कडा सवाल

      7/16/2019 गते 00 00 मा प्रकाशित     1031   पटक पढिएको

वीरगंज, ३१ असार ।  पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा परिचित पोखरिया नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

पोखरिया नगरपालिकाको आयोजना तथा सहयोगी नेपालको संयोजनमा नगरपालिकास्थित श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले विकास निर्माणको कार्यमा भएको ढिलाई र अनियमितता बारे चाँसोका साथ् प्रश्न उठाएका थिए ।

 

स्थानीय जनताले विकास निर्माणको कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउन माग गर्नका  साथ् शिक्षा, स्वास्थ्या र रोजगार सम्बन्धित विषयलाई नगरपालिकाले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।

स्थानीय शिक्षक मोहम्मद गन्नी अन्सारीले शिक्षा क्षेत्रमा नगरपालिकाको लगानी बढाउनु पर्ने माग गरे । उनले विश्वस्तरमा नगरपालिकाका युवाहरुलाई प्रतिष्पर्धा गर्न तैयार पार्न प्राविधक विद्यालय स्थापना गर्नु पर्ने सुझाव दिएका थिए ।

 

त्यसैगरी विक्रम साह कानुले विकास निर्माणको कार्य हुने ठाउँमा नगरपालिकाले अनुगमन र निरक्षण गर्न ढिलासुस्ती गरेको बताउदै सडक, नाला र अन्य भौतिक निर्माण हुने स्थानहरुमा नगरपालिकाका जनप्रतिनिधिहरुले प्राविधिक टोलिका साथ् अनुगमन गर्नु पर्ने आवश्यक रहेको बताए ।

 

स्थानीयहरुको प्रश्नको जवाव फर्काउदै नगर प्रमुख दिपनारायण रौनियारले पोखरिया नगरपालिकाले उल्लेखनिय विकास गरेको बताएका थिए । उनले नगरपालिकाले हाल बजार क्षेत्र भन्दा पनि ग्रामिण क्षेत्रको विकासका लागि काम गरिरहेको बताए । नगर प्रमुख रौनियारले विकास निर्माणको कार्यमा अनियमितता गरेका ठेकेदार कम्पनिहरुलाई नगरपालिकाले कालो सुंचीमा समेत रहेको जानकारी गराए । रौनियारले आगामी कार्यपालिकाको बैठकबाट महानगरले सबै भन्दा धेरै लगानी शिक्षा, स्वास्थ्य र रोजगारमा गर्ने बताए ।

नगर उप प्रमुख सलमा खातुनले कार्यालय व्यवस्थापनको समस्या र कर्मचारीको अभावका कारण नगरपालिकाले खोजे जस्तो कार्य सम्पादन गर्न नसकेको बताईन । उनले नगरपालिकामा कहीं पनि गलत गतिबिधि भएको खण्डमा कार्यालय आएर आफुलाई जानकारी गराउन आग्रह गरिन । खातुनले नगरपालिकाले युवाहरुका लागि लक्षित कार्यक्रमहरु घोषणा गर्नका साथ् महिलाहरुको बहुआयमिक विकासका लागि समेत विशेष योजना ल्याउन लागेको जानकारी गराईन ।

संयोजक संस्थाले एक सर्वेक्षणको आधारमा तैयार पारेको नागरिक प्रतिवेदन र बहिरगमन अभिमत संस्थाका अध्यक्ष तबरेज अहमदले प्रस्तु गरेका थिए ।

वडा नं। ४ का वडा अध्यक्ष लक्षमण प्रसाद साह कानुको सभापतित्वामा सम्पन्न कार्यक्रममा वडा नं। ३ का वडा अध्यक्ष अजय कुमार गुप्ता, वडा नं. ७ का वडा अध्यक्ष नन्दला प्रसाद, वडा नं. ८ का वडा अध्यक्ष किशोरी साह तेली, कार्यपालिका सदस्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डे, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी .लामिछाने, श्री जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालय प्रधानाध्यापक व्यास प्रसाद चौहान, पुर्व प्रअ गौरीशंकर प्रसाद चौहानलगयातले मत्यव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण रितेश त्रिपाठीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बाढीपीडितलाई ठोरी गाउँपालिकाको ११ लाख सहयोग

वीरगञ्ज । ठोरी गाउँपालिकाले भाद्र १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित बाढीपीडितका लागि ११ लाख सहयोग गर्ने निर्णय गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.