logo

धार्मिक पर्यटकीय गन्तब्यको रुपमा अगाडि बढदै जिराभवानी, २८ करोडको बजेट पारित

      7/15/2019 गते 00 00 मा प्रकाशित     1227   पटक पढिएको

बीरगंज ३० असार ।
जिराभवानी गाउँपालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष ०७६/०७७ कालागि २८ करोड ९८ लाख ८४ हजार रुपैयाको बजेट पारित गरेको छ ।

बित्तिय समानीकरण तर्फ ९ करोड १६ लाख ,सर्शत अनुदान तर्फ ७ करोड ८७ लाख ,राजस्व वाँडफाँड तर्फ ६१ लाख र सामाजिक सुरक्षा कार्यक्रम अन्र्तगत ४ करोड ,प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अन्र्तगत बित्तिय समानीकरण ६९ लाख ३९ हजार,सर्शत ५० लाख आन्तरिक आय तर्फ ४१ लाख ८४ हजार बहुक्षेत्रीय पोषण १४ लाख ६१ हजार र युनिसेफ बाट १० लाख गरि २८ करोड ९८ लाख ८४ हजार रुपैयाको प्रस्तावित आम्दानी गाउँसभाले पारित गरेको प्रमुख कार्यकारी अधिकृत अमित गिरीले जानकारी दिए ।


जिरा भवानी गाउँपालिकाका प्रमुख राप्रित महतोले प्रस्तुत गरेको प्रस्तावित बजेटमा पूजीगत तर्फ १२ करोड र चालु तर्फ १६ करोड रुपैया बिनिययोजन गरिएको छ । बजेटले गाउपालिका तथा वडा स्तरीय योजनालाई प्रथामिकता दिएको छ ।

 

कृषि बिकास तथा पशु सेवा, शिक्षा,स्वास्थ्य ,क्षमता बिकास तथा जनचेतना कार्यक्रम खेलकुद ,बृक्षारोपण  सडक बत्ती आदिमा बजेट बिनियोजन गरेको छ । गाउँपालिका प्रमुख महतोले बजेट निर्माण त एउटा चरण हो यसको कार्यान्वयन प्रमुख बिषय भएको बताउदै कार्यान्वयनमा सहयोग पु¥याउन सबैसंग अपिल गरेका छन । 


जिराभवानी गाउँपालिकालाई एक बिसित सुन्दर समुन्नत सुस्कृत धार्मिक र पर्यटकीय गाउँपालिकाको रुपमा बिकास गर्ने सोच र परिकल्पनालाई साकार पार्ने दिशामा बजेट बिनियोजन गरिएको बताउदै प्रमुख महतोले नागरिकले दिएको जिम्मेवारी पुरा गर्न सबै जनप्रतिनिधिलाई एक भएर अघि बढन अपिल गरे ।
जिराभवानी गाउंपालिकाको गत आवको भन्दा यस आवको बजेटको आकार ठुलो रहेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.