logo

बाढीले पर्सामा काहाँ काहाँ समस्या पार्यो

      7/12/2019 गते 00 00 मा प्रकाशित     1472   पटक पढिएको

बीरगंज २८ असार ।
पर्सा जिल्लामा बाढीका कारण धेरै ठाउहरु डुवानमा परेका छन । बीमनपा ३० सुख्खा बन्दरगाह परवानीपुर खण्डको लालपर्सा र प्रसुतीपुर जाने बाटोमा सार्वोत्तम  स्टिल उधोग अगाडि सडक भन्दा माथि ३ फिट पानी बढेका कारण सडक अवरुद्ध भएको छ ।

 

त्यस्तै कालिकामाई गाउँपालिकाको वडा नं १ रविदास टोल डुुवानको जोखिममा रहेको छ । उद्धारका निम्ति प्रहरी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टराईले बताए ।पटेर्वा सुगौलीको वडा नं ५ को मोर टोल डुवानमा परेको छ त्याहा पनि उद्धारकालागि प्रहरी परिचालन गरिएको जनाइएको छ । 


बीरगंज महानगरको वडां २७ उदयपुरघुर्मीमा रहेको नहर र तिलावे नदीको पनीको वहाव बढेका कारण ६ वटा घरमा पानी पसेको छ । अन्य घर पनि डुवानको जोखिममा रहेकोले बाटो काटेर पानी पन्छाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

 

बीरगंज महानगरको वडा नं ३० लालपर्सा र प्रसुतीपुरमा भोडाह नदिमा आएको बाढी सडक भन्दा ५ फिट माथि पानीको बहाव रहेको ५ घर डुवानमा परेका छन ।डुवानको जोखिम रहेको त्यस गाउँमा १ हजार २ सय घरपरिवार रहेको छ ।

परवानीपुरको नयाँबस्तीका २० घरमा डुवानमा परेका छन । जगरनाथपुर गाउँपालिकाको कादमीया टोलमा २५ घरमा पानी पसेको छ  । ६ वटा घरमा बस्न नमिल्ने अवस्था रहेको छ । उनीहरु गाउँकै जनक मुखियाको घरमा आश्रय लिएर बसेका छन ।सबैठवा प्रहरी चौकी डुवानका कारण पकाहा मैनपुरको वडा नं ५ को वडा कार्यालयमा सरेको छ ।बुढगाई प्रहरी चौकी छिपहरमाई गापाको ३ मा बन्दै गरेको घरमा सरेको छ ।

 

 पकाहा मैनपुरको १ र ५ का १५ घरमा ,कालिका माईको वडा नं १ र २का १५ घरमा पानीपसेको २ वटा घर भत्किएको र खेस्राहमा रहेको प्रहरी चौकी खेस्राहको प्रावि स्कूलमा सरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 


राहत र उद्धारकालागि सबै प्रहरी चौकीहरुलाई स्थानीय जनप्रतिनिधिसंग समन्वय गरेर खट्न स्थानीय प्रशासनले निर्देश गरेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताएका छन । 


बीरगंजको राधेमाई र छपकैयाका केही घरमा पानी पसेको छ । श्रीसिया नदीमा आएको बाढी नदीको सतहभन्दा माथि बग्न थालेपछि घरमा पानी पसेको हो । 
हिजो पर्साको ,पर्सागढी नगरपालिका वडा नं १ का ११ वर्षिय निखिल पटेलको बाढी डुवेर मृत्यु भएको थियो ।  हिजो बिहान साढे ११ बजेको समयमा पर्सागढीको वडा नं १ मा पर्ने सिङ्गीयाही खोलामा आएको बाढीबाट दाउरा छान्न खोज्दा उनी डुवेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अन्नतराम शर्माले जानकारी दिए । पटेलको उपचारकोलागि बीरगंजको गण्डक हस्पीटलमा लगेपछि चिकित्सकले मृत घोषित गरेका थिए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.