logo

वर्षाले जलसतह सर्तकता तह पार गर्दै सबैलाई सर्तक र होसियारी आपनाउन अपिल पर्सामा मोटरवोट तयारी अवस्थामा

      7/11/2019 गते 00 00 मा प्रकाशित     1058   पटक पढिएको

बीरगंज २७ असार ।
बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाका नदी खोलामा जलतसतहले सतर्कता तह पार गरेको उल्लेख गर्दै होसियारी अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार भारी वर्षाका कारण प्रदेश १,२, ३ का चुरे र पहाडको क्षेत्रबाट बग्ने सबैजसो  नदीहरूमा जलसतह सतर्कता तह आसपास छ।

थप वर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत जलप्रवाह उच्च हुने देखाएकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

महाशाखाका अनुसार वाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा जलतसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा छ। तसर्थ रौतहहट, सर्लाही जिल्लाका तटिय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।

 

महाशाखाले भनेको छ– हाल कपिलवस्तु, रूपन्देही,चितवन, बारा, पर्सा, मकवानपुर, सिन्धुली, सिराहा, रौतहट र आसपास अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ। यही आसपासका क्षेत्रमा घना बादल छ । कमला, वाग्ग्मती, यसका शाखा नदीहरू र अन्य साना नदीमा जलसतह बढ्दो छ,  केहीमा खतरा तह पार हुने सम्भावना भएकाले सतर्क रहनुहोला।

 

यसैगरी बाढी पूर्वानुमान महाशाखाले हाल तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तर पार गरेकाले तिनाउको तल्लो तटिय क्षेत्रमा पनि शुक्रबार बिहानसम्म सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

अहिले देशभरजसो वर्षा जारी छ। काठमाडौं उपत्यकामा पनि बिहीबार रातिदेखि पानी परिरहेको छ। यता पर्सामा वर्षायाममा हुने डुबानबाट सर्वसाधरणको उद्धारका लागि १५ लाख रुपियाँको लागतमा तीनवटा बोट खरिद गरिएको छ ।


     दैवीप्रकोप उद्धार समितिको पहल  र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयबाट मोटरजडित प्लास्टिक बोट खरीद गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बिहीवार जानकारी दिए ।  


    बाढी–पानीको प्रकोपमा परेका नागरिकको उद्धारका लागि वीरगंज महानगरपालिकाबाट दश लाख रुपियाँ, नगरपालिकाहरूबाट ५र५ लाख र गाउँपालिकाहरूबाट ३र३ लाख रुपियाँको   सहयोगमा १५ लाखमा बोट खरीद गरेको र बाँकी रकम जिल्ला विपद् व्यवस्थापन समिति पर्साको खातामा सुरक्षित रहेको प्रजिअ भट्टराईले  बताएका छन् ।


    भारतबाट खरीद गरिल्याइएको उक्त उद्धार बोटमध्ये तीन सेट नेपाली सेनालाई र दुईवटा सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको छ । बोटले ९६० किलोग्रमसम्म भार ढुवानी गर्न सक्ने प्रविधिकको भनाइ छ । प्राविधिकका अनुसार ३० मिनट भित्रै गुङ्गा उद्धारका लागि तयार गर्न सकिने र यसलाई ढुवानी गरी उद्धार स्थलमा पु¥याउन पनि सहज  छ । 


    पर्साका लागि खरीद गरिएको बोट आवश्यक परे छिमेकी जिल्लामा समेत पठाउन सकिने स्थानीय प्रशासनले जनाएको छ । बोटबारे जिल्ला प्रशासन कार्यालय परिसरमा कार्यक्रम आयोजना जानकारी गराइएको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.