logo

सांस्कृतिक धरोहरको रुपमा ठोरीको पहिचान स्थापित गरिने अध्यक्ष श्रेष्ठको दृढता

      7/11/2019 गते 00 00 मा प्रकाशित     940   पटक पढिएको

वीरगन्ज २६ असार । ठोरी गाउँपालिकाले ठोरी गाउँपालिकाको दलित समुदायलाई नेपालकै साँस्कृतिक पहिचान बोकेको नौमती बाजा सहित पेशा सुधारका सामाग्रीहरु  वितरण गरेको छ ।

 ठोरी गाउँपालिकाको कार्यक्रम अन्तरगत ठोरी भित्र रहेका दलित समुदायका प्रतिनिधिहरु लाई संयुक्त रुपमाएक थान नौमती बाजा, दलित समुदायका हतियार निर्माण गर्ने परिवारका प्रतिनिधिहरुलाई २५ वडा ग्यालेण्डर मेसिन ९हतियारमा धार लागाउने विद्युतीय मेशिन० तथा सिलाई कटाईका काम गर्ने ५० जनालाई कपडा काट्ने कैंची वितरण गरिएको हो ।

ठोरी गाउँपालिकाका प्रमुख पदमलाल श्रेष्ठ तथा वडा नं . ४ का वडाध्यक्ष बही बहादुर पाख्रिनले आज उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन। प्रमुख पी एल श्रेष्ठले दलित समुदायले परम्परागत रुपमा गर्दै आईरहेको पेशाहरु लाई आधुनिकीकरण गर्नकालागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।  उनले ठोरी गाउँपालिकालाई नौमती बाजा सहितको साँस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने दृढता ब्यक्त गरे ।

 

ठोरी गाउँपालिकामा दलित समुदाय ठुलो छ, यसलाई अव साँस्कृतिक पहिचान भएको, आत्मनिर्भर र ठोरी गाउँपालिकाकै गहनाको रुपमा चिनाउनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा आफ्नो विचार राख्दै वडाध्यक्ष बही बहादुर पाख्रिनले दलित समुदायको संस्कृति दलितको मात्र नभई नेपालकै पहिचान भएकोले यसको जगेर्ना गर्न सबै समुदाय लागि पर्नुपर्ने धारणा ब्यक्त गरे । कार्यक्रममा बोल्दै वडा न. ४ की महिला सदस्य कान्छीमाया पाख्रिनले गाउँपालिकाको यो कार्य दलित समुदायलाई आधुनिक रुपमा आत्मनिर्भर बनाउन अघि सारिएको बताइन ।


दलित विकास केन्द्र ठोरीका अध्यक्ष गगन सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रम मा दलित विकास केन्द्र ठोरीका सचिव वीर बहादुर गन्धर्वले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक अरुण वि.कले गरेका थिए । उक्त कार्यक्रममा नौमती बाजा मध्येकै नर्सिङ्गा बजाई उपस्थित अतिथिहरुको स्वागत समेत गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.