logo

सांस्कृतिक धरोहरको रुपमा ठोरीको पहिचान स्थापित गरिने अध्यक्ष श्रेष्ठको दृढता

      7/11/2019 गते 00 00 मा प्रकाशित     858   पटक पढिएको

वीरगन्ज २६ असार । ठोरी गाउँपालिकाले ठोरी गाउँपालिकाको दलित समुदायलाई नेपालकै साँस्कृतिक पहिचान बोकेको नौमती बाजा सहित पेशा सुधारका सामाग्रीहरु  वितरण गरेको छ ।

 ठोरी गाउँपालिकाको कार्यक्रम अन्तरगत ठोरी भित्र रहेका दलित समुदायका प्रतिनिधिहरु लाई संयुक्त रुपमाएक थान नौमती बाजा, दलित समुदायका हतियार निर्माण गर्ने परिवारका प्रतिनिधिहरुलाई २५ वडा ग्यालेण्डर मेसिन ९हतियारमा धार लागाउने विद्युतीय मेशिन० तथा सिलाई कटाईका काम गर्ने ५० जनालाई कपडा काट्ने कैंची वितरण गरिएको हो ।

ठोरी गाउँपालिकाका प्रमुख पदमलाल श्रेष्ठ तथा वडा नं . ४ का वडाध्यक्ष बही बहादुर पाख्रिनले आज उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन। प्रमुख पी एल श्रेष्ठले दलित समुदायले परम्परागत रुपमा गर्दै आईरहेको पेशाहरु लाई आधुनिकीकरण गर्नकालागि गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए ।  उनले ठोरी गाउँपालिकालाई नौमती बाजा सहितको साँस्कृतिक क्षेत्रको रुपमा विकास गर्ने दृढता ब्यक्त गरे ।

 

ठोरी गाउँपालिकामा दलित समुदाय ठुलो छ, यसलाई अव साँस्कृतिक पहिचान भएको, आत्मनिर्भर र ठोरी गाउँपालिकाकै गहनाको रुपमा चिनाउनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा आफ्नो विचार राख्दै वडाध्यक्ष बही बहादुर पाख्रिनले दलित समुदायको संस्कृति दलितको मात्र नभई नेपालकै पहिचान भएकोले यसको जगेर्ना गर्न सबै समुदाय लागि पर्नुपर्ने धारणा ब्यक्त गरे । कार्यक्रममा बोल्दै वडा न. ४ की महिला सदस्य कान्छीमाया पाख्रिनले गाउँपालिकाको यो कार्य दलित समुदायलाई आधुनिक रुपमा आत्मनिर्भर बनाउन अघि सारिएको बताइन ।


दलित विकास केन्द्र ठोरीका अध्यक्ष गगन सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रम मा दलित विकास केन्द्र ठोरीका सचिव वीर बहादुर गन्धर्वले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक अरुण वि.कले गरेका थिए । उक्त कार्यक्रममा नौमती बाजा मध्येकै नर्सिङ्गा बजाई उपस्थित अतिथिहरुको स्वागत समेत गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.