logo

पटेर्वा र छिपहरमाईको बजेट पारित शिक्षा स्वास्थ्य र पूर्वाधार बिकास प्रथामिकतामा

      7/10/2019 गते 00 00 मा प्रकाशित     1442   पटक पढिएको

वीरगंज, २४ असार ।
पटेर्वा सुगौली गाउँपालिकाले आर्थिक वर्ष ०७६ र ०७७ कालागि नीति तथा कार्यक्रम र बजेट समेत पारित गरेको छ । सोमवार सम्पन्न भएको गाउँसभाले नीति तथा कार्यक्रम र बिनियोजन बिधयक माथिको दफावार छलफल भएपछि बजेट तथा नीति कार्यक्रम पारित गरेको हो ।

 

गाउँपालिकामा सम्पनन सभाले आगामी वर्षकालागि भौतीक पूर्वाधार बिकास शिक्षा स्वास्थ्य र कृषिलाई बिशेष जोड दिएको छ । गाउँसभाले ३४ करोड १६लाख ७० हजार ५ सय रुपैया बजेट पारित गरेको गाउँपालिका प्रमुख हरिनारायण चौधरीले जानकारी दिए ।

 

हरिनारायण चौधरीको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष ममता महतो वडाध्यक्षहरु फरमान अन्सारी ,बिजय गैरे र गाउसभाका सदस्य प्रमुख कार्यकारी अधिकृत सरोज चौधरी सहित कर्मचारीहरुको सहभागिता रहेको थियो ।पर्साको छिपहरमाई गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सोमबार सार्बजानिक गरेको छ ।


गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले आर्थिक बर्ष ०७६र०७७ को लागी गाउँपालिकाले ३१ करोड ५ लाख ५५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।


नेपाल सरकारबाट सर्शत अनुदान अन्तर्गत रु ११ करोड, सुरक्षा अनुदान ४ करोड, स्वास्थ्य, शिक्षा, कृषि पर्यटन, महिला ,बालबालिका स्वर्ण बिमा लाई निरन्तरता दिएको छ । प्रदेश सरकार ५० लाख, प्रदेश सरकार बिषेश अनुदान २० लाख, समपुरक अनुदान ३० लाख, स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट आउने अनुमानित बजेट जम्मा ३१ करोड ५ लाख ५५ हजारको बजेट प्रस्तुत गरिएको थियो ।


आगामी आर्थिक बर्षको बजेटमा छिपहरमाई गाउँपालिकामा जन्मिएका बालिकाहरुलाई पौने दुई लाखको बालिका स्वर्ण बिमा गरिएको छ । प्रस्तुत गरिएको बजेटको बिषेश प्राथमिकता शिक्षा र स्वास्थ्यमा दिईएको गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बताए ।


गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको अध्यक्षतामा भएको गाउँ सभा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, जिल्ला समन्वय समिति पर्साका सदस्य सुवास साह, वडा अध्यक्ष राजबली यादव, महेन्द्र साह कलवार, बिनोद साह , बालक गदी, मौजिलाल साह र कार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.