logo

रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री राउत

      7/10/2019 गते 00 00 मा प्रकाशित     694   पटक पढिएको

जनकपुरधाम  २५ आषाढ। मुख्यमन्त्री लालबाबु राउतले रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । 


वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले आज जनकपुरमा आयोजना गरेको रामायण सर्किटको पूर्वाधार विकास विषयक कार्यक्रमलाई सम्बोधन गर्दै  मुख्यमन्त्री राउतले यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा सावित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे। 


रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई दुई देश विचको सम्बन्धका साथै त्रेता युगिन सभ्यता  झझल्को समेत दिने भएकोले दुबै देशका केन्द्रिय सरकारलाई अग्रसर हुन आग्रह समेत गरे । नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई परापूर्वकाल देखी चल्दै आएको जनजनको सम्बन्ध रहेको चर्चा गर्दै उनले यसलाई राजनीति सिमांकनले छेक्ने काम कहि कतै बाट हुनु नपर्नेमा जोड दिए । 


करौडौ हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिननसकेको गुनासो गर्दै  उनले प्रदेश सरकारले आफनो बुताले भ्याए सम्म जानकी मन्दिरलाई विश्वमा चिनाउने कार्यलाई अघि बढाएको बताए । 


कार्यक्रममा विशिष्ठ अतिथि उद्योग पर्यटन बन तथा वातावरण मन्त्री राम नरेश रायले जनकपुर क्षेत्रको विकासका साथै धनुषा धामको विकासमा भारत सरकारलाई सहयोग गर्न आग्रह गरे । 


कार्यक्रममा भारत सरकारको पूर्व मन्त्री डा. संजय पासवानले मिथिला क्षेत्रको विकासमा रामायण सर्किटको भूमिका महत्वपूर्ण रहेको चर्चा गरे। 


कार्यक्रममा रामायण सर्किटका अध्यक्ष डा रामवतार शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, साधवी हेमलता सहितका वक्ताहरुले नेपाल भारतका साथै मिथिला र अवधका सम्बन्धबारे विस्तृत व्याख्या गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.