logo

सासुको हत्या प्रयास गर्ने बुहारी र सहयोगी पक्राउ

      7/7/2019 गते 00 00 मा प्रकाशित     909   पटक पढिएको

वीरगन्ज २२ असार । 

आफ्नै सासूलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गर्ने एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको कालिकामाईं गाउँपालिका २ भेडिहारीकी ३० वर्षीया इन्दुदेवी महरालाई प्रहरीले पक्राउ गरेको हो ।


ईन्दुले  सासु  ५५ बर्षीय राजपति देवी रामलाई शुक्रबार राती २ बजे धारिलो हतियार प्रयोग गरी गम्भीर घाईते बनाएकी थिईन । घाइते राजपतीले दिएको बयानको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाले इन्दुका सहयोगी धोवीनी गाउँपालिकाका वडा नं ५ धोवीनीका २० वर्षिय सुनर पासवानलाई पनि आइतवार पक्राउ गरेको छ ।

 राजपतीका श्रीमान भोजरामले जाहेरी दिएपछि इन्दुलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा इन्दुले आफ्नो अवैध सम्बन्ध लुकाउन सासुको हत्या प्रयास गरेको खुलेको प्रहरीले बताएको छ । घाइते राजपतीलाई वीरगञ्ज न्युरो अस्पतालमा भर्ना गरिएको  छ ।


प्रहरी नियनत्रणमा रहेका पासवान पटक पटक भोज रामको घरमा आउने जाने र  बुहारी ईन्दु देवी राम सित लामै कुराकानी गर्ने बिषयले घरमा  पटक पटक झैझगडा हुने गरेको थियो । शुक्रवार राती ८ बजे पासवान इन्दुको घरमा प्रवेश गरेको भोजरामको भनाई छ ।  यस बिषयमा प्रहरीले अनुसंधान जारी राखेको र कार्यवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.