logo

बीरगंज फराकिलो पार्ने अभियानले गती लियो भत्काउनु पर्ने संरचनामा चिन्ह लाग्न थाल्यो 

      7/7/2019 गते 00 00 मा प्रकाशित     2129   पटक पढिएको

वीरगन्ज २२ असार । वीरगञ्ज महानगरपालिकाको मुख्य सडकको केन्द्रबाट दाँया बाँया २५/ २५ मिटर फराकिलो पार्ने काम सुरु भएको छ । सडक विभागले वीरगञ्जको मुख्य सडक २५/२५ मिटर दायाँ बायाँ फराकिलो पार्ने काम सुरु गरेको हो ।

विभागले सडक अतिक्रमण गरि बनाइएका घर टहराहरु हटाउन जारी गरेको १५ दिने सूचनाको म्याद शनिबार सकिएपछि सडक फराकिलो पार्ने प्रक्रिया अघि बढाएको हो ।  विभागले आइतबारबाट वीरगञ्जको मुख्य सडकको दायाँ बायाँ २५/२५ मिटरसम्मको सडकमा नापी नक्सा गरि चिन्ह लगाउने काम सुरु गरेको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।

यता सिमरा ,जितपुर र परवानीपुर पछि वीरगञ्जको चीनीकारखाना नजिका घर भत्काउने काम सुरु भईरहेको र भतकाउदै वीरगन्जको बजार सम्म जाने डिभिजन सडक कार्यालय हेटौंडाका सूचना अधिकारी जयराम अधिकारीले बताए ।


बीरगंज महानगरवासीको सडक फराकिलो भएको हेर्ने चाहना अव पुरा हुने भएको छ । बीरगंजलाई आधुनीक शहरको रुपमा हेर्न चाहनेहरुले त्रिभूवन राजपथ सडकको वीच सेन्टरबाट दाया बाया २५ /२५ मिटर चौडा गर्ने नापेर चिन्ह लागाउने कामले बीरगंजको स्वरुपमा परिर्वतनको सपान देख्नेहरु खुशी भएका छन ।


त्रिभूवनव राजमार्ग बि।स। २०१३ मा भारत सरकारको सहयोगमा तयार भएको हो । राजा त्रिभूवनको सम्झनामा राजमार्गको नाम त्रिभूवन राजपथ राखिएको हो । त्यतीबेला मुलुकमा सडक सम्बन्धी ऐन थिएन ।

२०३१ सालमा बनेको सार्वजनीक सडक ऐनले सडकको परिभाषा गर्दै त्यसले चर्चने जग्गाको सडकको दाया बायाको क्षेत्रफलको बारेमा पनि काूननी ब्यवस्था गरेको छ । ऐन अनुसार त्रिभून राजपथको बीच सेन्टरबाट दाँया वाँया २५ २५ मिटर सडकको हकभोग वाला जमिन हो ।

पछिल्लो समय ब्यक्तिले त्यसलाइए अतिक्रमण गरेर संरचनाहरु निर्माण गरेका छन । बिभागले त्यही संरचना भत्काएर सडक फराकिलो बनाउने प्रयोजनकोलागि चिन्ह लगाउन थालेको हो 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.