logo

पप्पुले खायो अर्को झापु नारायणी पुलु निर्माण ठेक्का रद्द  अब कालो सूचीमा रमन कन्स्ट्रक्सन

      7/6/2019 गते 00 00 मा प्रकाशित     1296   पटक पढिएको

बीरगंज २१ असार । 
नारायणी पुल बनाउन नसकेको भन्दै “रमन-पष्पु-जेभी” कन्स्ट्रक्सन कम्पनीसँग गरिएको सम्झौंता सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय टेकुले तोडेको छ । निर्देशनालयले गत ०७६ असार १६ गते सार्वजनिक सूचना जारी गर्दै सम्झौता बमोजिम काम नगरेको भन्दै ठेक्का रद्द गरेको हो ।

 

निर्देशनालयले उक्त ठेक्का सार्वजनिक खरिद नियमावली ऐन २०६३ को दफा ७ अनुसार अन्त्य गरेको जनाएको छ ।

रमन कन्स्ट्रक्सनले  सवैभन्दा कम लागतमा पुलको निर्माण गर्ने भन्दै टेण्डर आवेदन भरेपछि उक्त कम्पनीलाई सरकारले छनौंट गरेको थियो ।  पुल निर्माणको काम गर्न ०६९ असार २५ गते सम्झौता गरिएको थियो ।

 

निर्देशनालयले तत्काल काम सुरु गर्न पटक(पटक सूचना जारी गर्दै अन्तिम पटक गत असार १२ गते सार्वजनिक सूचना जारी गर्यो । तर कम्पनीका सञ्चालकले उक्त सूचनालाई समेत वेवास्ता गरे । त्यसपछि बाध्य भएर सरकारले सम्झौता तोडेको थियो । जबकि उक्त पुलको निर्माण सम्पन्न २०७५ सालमै सकिसक्नुपर्ने थियो ।

ठेक्का हत्याएपछि विभिन्न बहाना देखाएर काम नगर्ने ठेकेदार बलराम महतोले पेश्की बापत १० प्रतिशत रकम भने बुझेका थिए । उनले लिएको १० प्रतिशत रकम अझसम्म फिर्ता गरेका छैनन् ।

 

 रमन कन्स्ट्रक्सनले यसरी नै काम लिने, पेश्की बुझ्ने तर काम नगरी राज्यको ढुकुटी दोहन गर्दै आइरहेको आरोप लाग्दै आएको छ । पष्पुलाई भने यसअघि नै सरकारले कालो सूचीमा राखेर कारबाही गरिसकेको छ । 


 सरकारले रमन कन्स्ट्रक्सनलाई कालो सूचीमा राख्ने तयारी गरिरहेको छ । सार्वजनिक खरिद नियमावलीको ७ औं संसोधन अनुसार अब निर्देशनालले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्र पठाउने वित्तिकै उक्त कम्पनी स्वतः कालो सूचीमा पर्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.