logo

लाखौको चलखेलको आंशकमा महानगरद्वारा ठेक्का खारेज,अदालत जाने ठेकेदारको तयारी

      7/4/2019 गते 00 00 मा प्रकाशित     1233   पटक पढिएको

बीरगंज १९ असार ।
बीरगंज महानगरपालिकाको बोर्ड बैठकले आर्थिक वर्ष ०७६ /०७७ कालागि बिभिन्न शिर्षकमा राजस्व संकलनकालागि आव्हान गरेको ठेक्का खारेज गरेको छ । महानगरको वोर्ड बैडकले ठेक्का खारेज गर्ने निर्णय गरेको हो । ०७६ जेठ ११ गते बीरगंज महानगरले बोलपत्र आव्हान गरेको थियो ।

 

असार १० गते बोलपत्र खोलिएको थियो । बिज्ञापन कर मा ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन भने अन्य शिर्षकमा एकल टेण्डर परेको थियो । सवारी ब्यवस्थापन करमा न्यूनतम कवोल अंक ४ करोड ५० लाख थियो भने ४ करोड ५१ लख रुपैया भर्ने मोना कन्सट्रक्सनले ठेक्का पाएको थियो । उसको प्रतिस्पर्धामा अरु कसैले टेण्डर भरेकै थिएन । त्यसैगरि कवाडी करमा पनि मोनाले नै एकल टेण्डर भरेको थियो १ करोड ५० लाखमा ।

 

यो संगै अन्य हाट बजार पिठिया कर,सवारी पार्किङ कर र पशु हाट बजार कर संकलन सम्बन्धमा एउटा÷एउटा मात्र टेण्डर भरिएको थियो । सवारी ब्यवपस्थान कर सम्बन्धी ८ ओटा फर्म बिक्री भएपनि भर्ने बेलामा एउटामा मात्र टेण्डर आएको थियो । स्थानीय भाषामा अन्य ७ वटाले मोना कन्सट्रक्सन बाट “चकिया ”खाएर टेण्डर नभरेको चर्चा गरिएको छ । यसरी एकल टेण्डर परेको र यसका बिषयमा आर्थिक चलखेल भएको आरोप लागेकोल महानगरले प्रतिस्पर्धा भएका बाहेक अन्य ठेक्काहरु खरेज गरेको छ ।

 

एउटा मात्र ठेक्का पर्नु भनेको मिलीभगत नै हो बीरगंज महानगरपालिका कार्यपालिका सदस्य अरविन्द गुप्ताले भने ठेक्का सकार गर्दा पनि खारेज गर्दा पनि जवाफ दिनु पर्ने अवस्था आयो । उनले रकम बढोतरी गरेर महानगरको हकमा टेण्डर प्रक्रिया पून अगाडि सार्ने बताए । 


वार्षिक १ अर्व आम्दानी भएको शहरलाई महानगर घोषणा गरिने मापदण्ड बिपरित महानगर घोषणा भएको बीरगंज महानगरको आर्थिक वर्ष सकिन १० दिन जति वाँकी रहदा ठेक्का बन्दोवस्ती हुनु पर्नेमा ठेक्का खारेज भएको छ । यसो त महानगरको आन्तरिक आय ३० करोडको हाराहारीमा छ । सवारी कर ४ करोड ५० लाख ,पिठिया कर ५० लाख ,पशुहाट बजार कर १७ लाख ,सवारी पार्किङ कर ५० लाख र कवाडी कर १ करोड ५० लाखमा ठेक्का बन्दोवस्ती हुनु पर्ने थियो । अव यो ठेक्का पुन लगाउदा एक महिना कम्तीमा लाग्छ ।

एक महिना ढिलो हुनु भनेको ६० लाख त्यसै घाटा जानु पनि हो । तर ठेक्का परेका कम्पनीका संचालक भने ठेक्का खारेजीमा चलखेल देख्छन । उनीसंग आर्थिक नजराना माग गरिएको र उनले नदिदा ठेक्का खारेज गरिएको उनको दावी छ । नेपाल निर्माण ब्यवसायी संघ पर्साका अध्यक्ष समेत रहेका मोना कन्सट्रक्सनका संचालक रामाकान्त चौरसियाले वडाध्यक्षहरुको माँग पुरा गर्न नसकेपछि ठेक्का खारेज भएको दावी गरे । उनले ठेक्का खारेज गर्ने महानगरको निर्णयको बिरुद्ध कानूनी लडाई लडने बताए ।


यसो त ठेक्का फिक्सिङ्ग गरेको आरोप चौरसियालाई नै लागेको छ । उनले “चकिया” बापत करोड खर्च गरेको चर्चा चल्नु र केही वडाध्यक्षले पैसा माग गरेको आरोप चौरसिया आफैले लगाउनु आफैमा गम्भिर बिषय हो ।महाानगरसंग पनि ठेक्का रद्धको मनासिव कारण भने छैन । ठेक्का प्रक्रियामा नाजायज फाइदा लिएको बिषयले यति उचाई पायो की  े ठेक्का सम्बन्धी कुनै बिवाद भएमा महानगरले गर्ने निर्णय नै अन्तिम निर्णय हुने छ भन्ने शर्तलाई टेकेर यो ठेक्का रद्ध गरेको छ । कार्यपालिका सदस्य अरविन्द गुप्ताको तर्क छ  ।


आफैले आव्हान गरेको टेण्डर रितपूर्वक पर्दा समेत संचलनमा ल्याउन नसक्ने अवस्थाको सृजनाले महानगरपालिकाको नेतृत्व कौशलमा गम्भिर सवाल उत्पन्न गरेको छ । बाहिर साखुल्ले हुने र भित्र आफनै निर्णयका बिरुद्ध लाग्ने केही वडाध्यक्षको कारण पनि महानगर आफनै निर्णयबाट पछि हटने अवस्था आएको छ । महानगर नेतृत्वले सुझबुझपूर्ण निर्णय नलिने हो भने महानगर दुर दराजको गाउँपालिका भन्दा पनि कमजोर फितलो हुन जान्छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.