logo

लाखौको चलखेलको आंशकमा महानगरद्वारा ठेक्का खारेज,अदालत जाने ठेकेदारको तयारी

      7/4/2019 गते 00 00 मा प्रकाशित     1383   पटक पढिएको

बीरगंज १९ असार ।
बीरगंज महानगरपालिकाको बोर्ड बैठकले आर्थिक वर्ष ०७६ /०७७ कालागि बिभिन्न शिर्षकमा राजस्व संकलनकालागि आव्हान गरेको ठेक्का खारेज गरेको छ । महानगरको वोर्ड बैडकले ठेक्का खारेज गर्ने निर्णय गरेको हो । ०७६ जेठ ११ गते बीरगंज महानगरले बोलपत्र आव्हान गरेको थियो ।

 

असार १० गते बोलपत्र खोलिएको थियो । बिज्ञापन कर मा ६ वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन भने अन्य शिर्षकमा एकल टेण्डर परेको थियो । सवारी ब्यवस्थापन करमा न्यूनतम कवोल अंक ४ करोड ५० लाख थियो भने ४ करोड ५१ लख रुपैया भर्ने मोना कन्सट्रक्सनले ठेक्का पाएको थियो । उसको प्रतिस्पर्धामा अरु कसैले टेण्डर भरेकै थिएन । त्यसैगरि कवाडी करमा पनि मोनाले नै एकल टेण्डर भरेको थियो १ करोड ५० लाखमा ।

 

यो संगै अन्य हाट बजार पिठिया कर,सवारी पार्किङ कर र पशु हाट बजार कर संकलन सम्बन्धमा एउटा÷एउटा मात्र टेण्डर भरिएको थियो । सवारी ब्यवपस्थान कर सम्बन्धी ८ ओटा फर्म बिक्री भएपनि भर्ने बेलामा एउटामा मात्र टेण्डर आएको थियो । स्थानीय भाषामा अन्य ७ वटाले मोना कन्सट्रक्सन बाट “चकिया ”खाएर टेण्डर नभरेको चर्चा गरिएको छ । यसरी एकल टेण्डर परेको र यसका बिषयमा आर्थिक चलखेल भएको आरोप लागेकोल महानगरले प्रतिस्पर्धा भएका बाहेक अन्य ठेक्काहरु खरेज गरेको छ ।

 

एउटा मात्र ठेक्का पर्नु भनेको मिलीभगत नै हो बीरगंज महानगरपालिका कार्यपालिका सदस्य अरविन्द गुप्ताले भने ठेक्का सकार गर्दा पनि खारेज गर्दा पनि जवाफ दिनु पर्ने अवस्था आयो । उनले रकम बढोतरी गरेर महानगरको हकमा टेण्डर प्रक्रिया पून अगाडि सार्ने बताए । 


वार्षिक १ अर्व आम्दानी भएको शहरलाई महानगर घोषणा गरिने मापदण्ड बिपरित महानगर घोषणा भएको बीरगंज महानगरको आर्थिक वर्ष सकिन १० दिन जति वाँकी रहदा ठेक्का बन्दोवस्ती हुनु पर्नेमा ठेक्का खारेज भएको छ । यसो त महानगरको आन्तरिक आय ३० करोडको हाराहारीमा छ । सवारी कर ४ करोड ५० लाख ,पिठिया कर ५० लाख ,पशुहाट बजार कर १७ लाख ,सवारी पार्किङ कर ५० लाख र कवाडी कर १ करोड ५० लाखमा ठेक्का बन्दोवस्ती हुनु पर्ने थियो । अव यो ठेक्का पुन लगाउदा एक महिना कम्तीमा लाग्छ ।

एक महिना ढिलो हुनु भनेको ६० लाख त्यसै घाटा जानु पनि हो । तर ठेक्का परेका कम्पनीका संचालक भने ठेक्का खारेजीमा चलखेल देख्छन । उनीसंग आर्थिक नजराना माग गरिएको र उनले नदिदा ठेक्का खारेज गरिएको उनको दावी छ । नेपाल निर्माण ब्यवसायी संघ पर्साका अध्यक्ष समेत रहेका मोना कन्सट्रक्सनका संचालक रामाकान्त चौरसियाले वडाध्यक्षहरुको माँग पुरा गर्न नसकेपछि ठेक्का खारेज भएको दावी गरे । उनले ठेक्का खारेज गर्ने महानगरको निर्णयको बिरुद्ध कानूनी लडाई लडने बताए ।


यसो त ठेक्का फिक्सिङ्ग गरेको आरोप चौरसियालाई नै लागेको छ । उनले “चकिया” बापत करोड खर्च गरेको चर्चा चल्नु र केही वडाध्यक्षले पैसा माग गरेको आरोप चौरसिया आफैले लगाउनु आफैमा गम्भिर बिषय हो ।महाानगरसंग पनि ठेक्का रद्धको मनासिव कारण भने छैन । ठेक्का प्रक्रियामा नाजायज फाइदा लिएको बिषयले यति उचाई पायो की  े ठेक्का सम्बन्धी कुनै बिवाद भएमा महानगरले गर्ने निर्णय नै अन्तिम निर्णय हुने छ भन्ने शर्तलाई टेकेर यो ठेक्का रद्ध गरेको छ । कार्यपालिका सदस्य अरविन्द गुप्ताको तर्क छ  ।


आफैले आव्हान गरेको टेण्डर रितपूर्वक पर्दा समेत संचलनमा ल्याउन नसक्ने अवस्थाको सृजनाले महानगरपालिकाको नेतृत्व कौशलमा गम्भिर सवाल उत्पन्न गरेको छ । बाहिर साखुल्ले हुने र भित्र आफनै निर्णयका बिरुद्ध लाग्ने केही वडाध्यक्षको कारण पनि महानगर आफनै निर्णयबाट पछि हटने अवस्था आएको छ । महानगर नेतृत्वले सुझबुझपूर्ण निर्णय नलिने हो भने महानगर दुर दराजको गाउँपालिका भन्दा पनि कमजोर फितलो हुन जान्छ ।


 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.