logo

लाखौको लागतमा बनेको खानेपानी टंयाकीहरु संचालनमा आएनन 

      7/4/2019 गते 00 00 मा प्रकाशित     932   पटक पढिएको

बीरगंज १९ असार ।
२०५० सालमा  पर्सा जिल्लाको दोश्रो ठुलो बजार पोखरियामा स्वच्छ पिउने पानी बितरणकालागि ओभरहेड टयांकीको निर्माण भयो । सम्बिधान सभाका सदस्य रामेश्वर रौनीयार त्यसको उपभोक्ता समितिका अध्यक्ष थिए । टंयाकी निर्माण भयो बजार भरि पानी आपूर्तीकालागि पाइप ओच्छयाइयो ।

निर्माण भएको २६ वर्ष भयो पानीटंयाकी संचालनमा आएन । त्यतिवेला ८/१० लाखको लागतमा पानीटंयाकी निर्माण भएको थियो । स्वच्छ खानेपानी बितरणकालागि बनेको पानीटंयाकी आज सम्म संचालनमा नआउनु र त्यस क्षेत्रका नागरिकले पानीटंयाकीको पानी पीउन नखोज्नुले यो खाले बिकास हाम्रो आवश्यकता थियो की जर्वजस्त लादिएको हो भन्ने अन्यौलता अझै पनि छ ।

सरकारी तथ्याकं अनुसार पर्सा जिल्लाका ९६ प्रतिशत नागरिकको पिउने पानीमा पहुच रहेको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिकाका नागरिकको पिउने पानीमा अझै पहुच छैन । पर्सा जिल्लामा पोखरिया,भिषूवा,झौवा गुठी ,अलौ,बिन्दवासीनी,परशुरामपुर बहुअर्वाभाठामा ओभरहेड टंयाकी बनीसकेको छ । तर कुनै पानी टंयाकी संचालनमा छैनन । महुवन र सेढवामा काम सम्पन्न हुन बाँकी छ ।

 

ठोरीको हनुमाननगर र बिजयबस्तीमा बनेको टंयाकीबाट उपभोक्ताले पानी उपभोग गरिरहेका छन । ५० साल देखी निर्माण भएका टंयाकीहरुको मरम्मत हरेक वर्ष भइरहेको छ । यस्तोमा टंयाकीहरु संचालनमा आउने अपेक्षा कमै गर्न सकिन्छ । तर खानेपानी तथा सरसफाई डिभिजन ४ का इन्जिनियर रामहित यादव भने टंयाकीहरु संचालनमा आउने दावी गर्छन । टयूवेलहरु सुक्न थाले पानीको सतह निकै तल गइरहेको छ अव धेरै ठाउबाट धारा जडानको माँग समेत आएको यादवको भनाई छ । 


पर्सा जिल्लामा ८३ हजार घर परिवार रहेका छन । त्यसमध्य अधिकांश परिवारमा खानेपानीको धारा जडान छ (चापाकल) धाराबाट पानी आउदा सम्म खानेपानी टंयाकी संचालनमा आउने छाँट देखिदैन । प्रति टंयाकी निर्माणका एक करोड सम्मको लागत परेकाmे छ । यत्रो लागतमा निर्माण भएका टंयाकीहरु एकै वर्षमा निर्माण सम्पन्न हुदैनन । यसलाई बहुवर्षिय परियोजनामा राख्ने गरिएको छ ।

 

निर्माण पछि पनि मरम्मत सम्भार कोष खर्च भइरहेको छ । पानीको आपूर्ती भएको छैन तर हरेक वर्ष मरम्मत खर्च भइरहेको छ । ओच्छयाएका पाइपहरुको नामोनिशान छैन । अझै पनि टंयाकी निर्माणको काम जारी नै छ । चालु आर्थिक वर्षमा पनि पर्सा जिल्लाको सुवर्णपुर,सोलखपुर,बढनीहार,मनवा ,रंगपुर र सोनवर्षामा खानेपानीको टंयाकी बन्दै छ ।

 

पर्सा जिल्लामा खानेपानीको टंयाकी निर्माणको लामो इतिहास नै छ । यसलाई नजिकबाट नियाल्दै आउनु भएका पूर्व निर्माण ब्यवसायी आत्मदेव उपाध्यायले बहुवर्षीय योजनामा पारेर खेलो फडको गर्ने काम गरिएको टिप्पणी गर्नुहुन्छ । 


पर्सामा बनेका ओभर हेड टंयाकीको क्षमता १ लाख लिटर रहेको  छ ।जसबाट पाँच सय घरधुरीलाई स्वाच्छ पिउने पानीको आपूर्ती हुन सक्छ । पानीटंयाकी निर्माण गर्दा पनि टयूवेलहरु सुक्छन त्यसैले पानीटंयाकी बनाउनु पर्छ भन्दै निर्माण गरिएको थियो ।

 

नागरिकले सिचाई माग गरेका थिए तर सरकारले पानीटंयाकी बनायो । त्यसरी बनाएको टंयाकी संचालनमा नआउदा उपभोक्ताहरुनै अन्यौलमा परेका छन । झौवागुठी खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जयप्रकाश चौरसिया स्वच्छ खानेपानी आउछ भनेर बनाइयो तर आएन । हामीले सिचाईको माँग गरेका थियो चौरसियाले भने नमागेको टंयाकी बन्यो अहिले सम्म संचालनमा भने आउन सकेन । 


नागरिकलाई स्वाच्छ पिउने पानी दिने सरकारी नीति रत्तिभर पनि कार्यान्वयनमा आएको छैन । राज्याको लाखौ रुपैया खर्च भएको छ । तर त्यसको प्रतिफल उपभोग गर्नबाट नागरिक बन्चित छन । नागरिकको करबाट बनाइएका योजनाहरु संचालनमा ल्याउन नपर्ने र त्यसको जवाफदेहीतामा निर्वाह गर्न पनि नपर्ने बिचित्रको सरकार छ । बिचित्रता तोडेर नागरिक प्रति जिम्मेवार र जावफदेह बन्ने सरकारको दरकार छ ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.