logo

मदन गुप्ता बिरुद्ध बिशेष अदालतमा अर्को मुद्धा साढे चार करोड अपचलनको आरोप

      5/17/2019 गते 00 00 मा प्रकाशित     2190   पटक पढिएको

बीरगंज ३ जेठ । 
चार करोड अन्ठाउन्न लाख एकहत्तर हजार बीस रुपैया ते¥ह पैसा सरकारी राजस्व मासेको अरोपामा सीमरा मालपोत कार्यालयका तत्कालीन प्रमुख नायव सुब्बा मदन गुप्ता बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार बिशेष अदालतमा आरोप पत्र दायर गरेको छ । 


बारा जिल्लाको सीमरामा रहेको मालपोत कार्यालयको आर्थिक वर्ष ०७५ ÷०७६ को फाल्गुण १२ गते सम्म संकलीत राजस्व सरकारी कोषमा दाखीला नगरि हिनामिना गरेको भन्द्यै अख्तियारले आरोप पत्र दायर गरेको हो  ।

अख्तियारले लेखापाल युगल किशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउत बिरुद्ध पनि आरोप पत्र दायर गरेको छ । 


राजस्व संकलन भएको दिन वा त्यो दिन सम्भव नभए  सम्बन्धीत राजस्व खातामा रकम जम्मा गरि कार्यालय प्रमुखद्वारा प्रमाणीत गरि भौचर सहितको अभिलेख राख्नु पर्नेमा त्यसो नगरि कार्यालय प्रमुख मदन गुप्ता र लेखापाल युगल किशोर पाठकको नीजी खातामा राखी अपचलन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।  


आफूलाई तोकिएको जिम्मेवारी र पदीय दायित्वबाट बिमुख भई आफूसमेतलाई गैरकानूनी लाभ एवं प्रत्यक्ष फाइदा पुर्याउने र नेपाल सरकारलाई गैरकानुनी हानी पुर्याउने गरी सरकारी राजस्व निजी बैंक खातामा जम्मा गर्ने, कार्यालयबाट संकलन भएको राजस्व खाई मास्ने तथा आफू कार्यरत रहेको कार्यालयको हिसाबकिताब समेत दुरुस्त राख्नेन कार्य नगरी खाइमास्ने कार्य गरेको देखिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालले जानकारी दिए  ।

 मालपोत कार्यालय, सिमराका कार्यालय प्रमुख (नायब सुब्बा) मदन प्रसाद गुप्ता, ले भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कार्य गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उक्त कसूर अपराधमा  प्रतिवादीहरू मदन प्रसाद गुप्ता, युगल किशोर ठाकुर र शत्रुधन राउतलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोही ऐनको दफा ३ को उपदफा ९१० को देहाय (झ) बमोजिम हदैसम्मको सजाय हुन मागदाबी अख्तियारले लिएको छ ।  ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.