logo

तोडफोडमा उत्रिएका वडाध्यक्ष अन्सारी फरार

      5/15/2019 गते 00 00 मा प्रकाशित     1063   पटक पढिएको

बीरगंज १ जेठ  ।
वीरगन्ज १ जेठ । वीरगन्जको श्रीपुरमा रहेको एभिन्युज खबर टेलिभजिन च्यानलको ब्यूरो कार्यालयमा गत सोमबार भएको तोडफोडमा संलग्न रहेका पाँचजना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनीक सुरक्षा बिरुद्धको कसुरमा  बुुधबार जाहेरी दर्ता भएको छ ।

एभिन्युज खबर च्यानलका पर्सा संवाददाता हरिशंकर शर्माले तोडफाडमा संलग्न रहेको भन्दै वीरगन्ज महानगरपालिका–१३ का वडाध्यक्ष तुफान फारुक अन्सारी, निखिल वरनवाल दिपराज बर्मा, विशाल कुमार र नूर आलम विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका हुन् ।

यसअघि घटना भएकै दिन तोडफोडमा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको माग गर्दै शर्माले जिल्ला प्रहरी कार्यालय पर्सामा ठाडो उजुरी दिएको भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो नदेखाएको भन्दै बुधबार शर्माले किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरी दिए पछि तोडफोडमा संलग्न रहेका वडाध्यक्ष तुफान सहित पाँचजना फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकोे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले भने किटानी जाहेरीमा नाम उल्लेख भएकाहरुको खोजी कार्य प्रहरीले गरिरहेको भए पनि फेला पर्न नसकेको बताएका छन् । 
यसैवीच दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले जस्तो सुकै आन्दोलनको रुप अंगिकार गर्ने निर्णय गरेको सार्वजनीक गरेको छ ।

 

जननिर्वाचित वडाध्या नै संचारगृहमा तोडफोड गर्न जानुले आमसंचार क्षेत्रलाई निकै आक्रोशित बनाएको छ । जनमतको अपमान गर्दै हिंसामा उत्रिने जनप्रतिनिधिलाई तत्काल कारवाही गर्न सम्बन्धीले ढिला गर्न नहुने टिप्पणी हुन थालेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.