logo

तोडफोडमा उत्रिएका वडाध्यक्ष अन्सारी फरार

      5/15/2019 गते 00 00 मा प्रकाशित     1205   पटक पढिएको

बीरगंज १ जेठ  ।
वीरगन्ज १ जेठ । वीरगन्जको श्रीपुरमा रहेको एभिन्युज खबर टेलिभजिन च्यानलको ब्यूरो कार्यालयमा गत सोमबार भएको तोडफोडमा संलग्न रहेका पाँचजना विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा सार्वजनीक सुरक्षा बिरुद्धको कसुरमा  बुुधबार जाहेरी दर्ता भएको छ ।

एभिन्युज खबर च्यानलका पर्सा संवाददाता हरिशंकर शर्माले तोडफाडमा संलग्न रहेको भन्दै वीरगन्ज महानगरपालिका–१३ का वडाध्यक्ष तुफान फारुक अन्सारी, निखिल वरनवाल दिपराज बर्मा, विशाल कुमार र नूर आलम विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका हुन् ।

यसअघि घटना भएकै दिन तोडफोडमा संलग्नहरुलाई पक्राउ गरी कारवाहीको माग गर्दै शर्माले जिल्ला प्रहरी कार्यालय पर्सामा ठाडो उजुरी दिएको भए पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो नदेखाएको भन्दै बुधबार शर्माले किटानी जाहेरी दिएका हुन् । किटानी जाहेरी दिए पछि तोडफोडमा संलग्न रहेका वडाध्यक्ष तुफान सहित पाँचजना फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकोे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले भने किटानी जाहेरीमा नाम उल्लेख भएकाहरुको खोजी कार्य प्रहरीले गरिरहेको भए पनि फेला पर्न नसकेको बताएका छन् । 
यसैवीच दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको भन्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले जस्तो सुकै आन्दोलनको रुप अंगिकार गर्ने निर्णय गरेको सार्वजनीक गरेको छ ।

 

जननिर्वाचित वडाध्या नै संचारगृहमा तोडफोड गर्न जानुले आमसंचार क्षेत्रलाई निकै आक्रोशित बनाएको छ । जनमतको अपमान गर्दै हिंसामा उत्रिने जनप्रतिनिधिलाई तत्काल कारवाही गर्न सम्बन्धीले ढिला गर्न नहुने टिप्पणी हुन थालेको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.