logo

छात्राहरुलाई बिद्यालयबाट निष्काशन गर्ने प्रअको धम्की, छात्राहरु चिन्तित

      5/11/2019 गते 00 00 मा प्रकाशित     1162   पटक पढिएको

 बैशाख २८  पर्सा ।
बिद्यालयमा शौचालयको समुचित ब्यवस्था पुस्तकको बितरण र भौतीक सरचना निर्माण तथा मरम्मत सम्भार र गर्न गाउँपालिका प्रमुखसंग माग गर्न गएका छात्राहरुलाई बिद्यालयका प्रधानाध्यापक  अमरुल्लाह आलमले निष्काशनको धम्की दिएका छन ।

    छात्राहरूले विद्यालयमा शौचालयको समुचित व्यवस्था नभएको, पुस्तक वितरण नगरिएको, विद्यालयको भौतिक संरचनाको मर्मतसम्भार नगरिएको, फर्निचर यथोचित नभएकोलगायतका गुनासाहरू बैशाख २६ गते  धोबिनी गाउँपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीसमक्ष राखेका थिए । 


    छात्राहरूले हिजो गापा प्रमुखसमक्ष समस्या राखेको विषयलाई लिएर विद्यालयका प्रअ अमरुल्लाह आलमले निष्कासनको धम्की दिएको छात्राहरूले गुनासो गरेका छन् ।  कक्षा ९ मा अध्ययनरत छात्रा चाँदनी कुमारीले विद्यालय प्रशासनले समस्या समाधान नगरेको हुँदा गापाको ध्यानाकर्षण गराइएको र सो गराउँदा प्रअले निष्कासनको धम्की दिएको बताइन् । उनले कक्षा कोठामा झ्याल, ढोका नहुँदा हुरीबतासको बेला अध्ययनमा निकै समस्या हुने गरेको बताइन् । 


    यसैगरी फर्निचरको अभावमा छात्राहरू कक्षाकोठामा उभिएर पढ्नुपर्ने अवस्था रहेको, छात्राहरू गुनासो छ ।  छात्राहरुकोलागि  अलग शौचालयको ब्यवस्था छैन बिद्यालयमा एउटा मात्र शौचालय रहेको र त्यसमा ठूलो सङ्ख्यामा रहेका छात्राहरू लामबद्ध भएर लामो समयसम्म बस्नुपर्ने अवस्था भएकोले सोको निराकरणको लागि गापाको ध्यानाकर्षण गराइएको चाँदनीले  बताइन् । छात्राहरूलाई प्रअले निष्कासनको धम्की दिएपछि बिद्यालयका  छात्राहरू चिन्तित छन  । 


    छात्राहरूको गुनासो सम्बन्धमा प्रअ आलमसँग बुझ्दा उनले विद्यालय समयमा छात्राहरू कहींकतै जाँदा जानकारी गराएर जानुपर्नेमा सो नगरेकाले सामान्य झपारेको मात्र बताए । उनले एक साताभित्र पुस्तकको समस्या समाधान हुने बताउँदै छात्राहरूको लागि एउटा मात्र शौचालय हुँदा समस्या भएको स्वीकारे । उनले आर्थिक अभावको कारण विद्यालयको भौतिक संरचनामा सुधार गर्न नसकिएको र स्थानीय तहले विद्यालयको स्तरोन्नतिका लागि कुनै पहल नगरेको गुनासो गरे ।


    नेराप्रावि भिखमपुरमा १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । तर धेरैजसो विषयगत शिक्ष्ँकको अभाव छ । स्थानीय तह गठन भएको डेढ वर्ष बितिसक्दा पनि मातहतका विद्यालयहरूको भौतिक संरचना सुधारमा ध्यान दिइएको छैन ।


प्रअले दिएको निष्काशनको धम्की पछि रुदै गुनासो गर्दै छात्राहरु 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.