logo

सिद्धान्त र ब्यवहार वीचको बेमेलका कारण मार्क्सवादलाई बदनाम गर्ने कोशीस भयोः नेता न्यौपाने

      5/5/2019 गते 00 00 मा प्रकाशित     1119   पटक पढिएको

बैशाख २२ बीरगंज । 
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानेले मार्क्सवादलाई आमा मान्छेले बुझ्ने गरि सरल बनाउन आवश्यक रहेको बताएका छन ।

 

पाठशाला बीरगंज स्टडी सेन्टरले कार्ल माक्र्सको २ सय १ औ जन्मउत्सवको अवसरमा बीरगंजमा आयोजना गरिएको मार्क्सवाद र नेपाली समाज बिषयक अन्तरक्रियामा यस्तो बताएका हुन ।

 

शोषीत उत्पीडत जनताको मुक्तिको संघर्षको बैचारीक अस्त्र त्यही उत्पीडित वर्गले नबुझने बनाइनु नै गम्भिर बिषय भएको उनले बताए । मार्क्सवादले कर्मलाई र अध्यात्मवादले भाग्यलाई विश्वास गर्ने उनको तर्क छ । उनले कार्ल मार्क्सको सिद्धान्तलाई कठिन भनेर तर्साएकै कारण जनता पर पर भागेको बताए ।

 

मानिसहरु मार्क्सवाद सुन्ने वित्तिकै डराउँछन्’ उनले भने । आफूलाई कम्युनिष्ट भन्नेहरु अझै पनि बिहान उठेर नुहाएर मन्दिर जाने, शंख घण्ट बजाउने भन्दै कम्युनिस्ट भन्नेहरु नै बदलिन नसकेको न्यौपानेले बताए ।


जुन दिन उत्पीडित वर्गले माक्र्सवाद बुझ्ने छन त्यो दिन माक्र्सवादको नाममा शक्ति र सत्तामा लुटुपुटु गर्ने अवसरवादीहरुको अन्त्य हुने उनले बताए । 


उनले मार्क्सवादको झण्डा बोकेर मार्क्सवादलाई नै कमजोर बनाउने प्रवृति हावी भएको चर्चा गरे । अध्यात्म प्रति आस्था राख्ने सत्ता र शक्ति पाउनकालागि कम्युनिष्टि पार्टीमा संगठीत हुने असंगतीपूर्ण काम देखिएको उनले बताए ।

 

नेता न्यौपानेले कम्युनिष्ट पार्टीले २५ रुपैया लेवी तोक्छ त्यो दिन चाहदैनन तर रामदेवका नाममा ओमशान्तिका नाममा वा अध्यात्मका नाममा सैयौ रुपैया दिइरहेका हुन्छन यस्ता ब्यक्तिहरु कम्युनिष्ट  पार्टीमा रहेको हुनाले माक्र्सवादप्रति भ्रान्तिहरु फैलिएका छन ।

 

नेता न्यौपानेले तथ्यका आधारमा सत्य पत्ता लगाउनु मार्क्सवादको सार्वभौमीक पक्ष रहेको चर्चा गर्दै जुन दिन मार्क्सवादका अनुयायीहरुले आफूलाई सत्यको पक्षमा उभ्याउने छन त्यो दिन परिर्वतन निश्चित आउने बताए । सिद्धान्त र ब्यवहारवीचको केमेलका कारण मार्क्सवादलाई बदनाम गर्ने कोशीस गरिएको बताए ।

 


कार्यक्रममा जवाहारलाल बिश्वबिद्यालयका पूर्व बिद्यार्थी प्राध्यापक सुदीप श्रेष्ठले मार्क्सवादको बिकास र नेपाली समाजका बिषयमा चर्चा गरेका थिए । सिंगो संसारलाई तरंगीत बनाउने मार्क्सवादी दर्शनको खोजमा मार्क्सले गरेका योगदानको उनले चर्चा गरे । मार्क्स ३० वर्षको हुदा १८४८ उनले कम्युनिष्ट पार्टीको घोषणा पत्र लेखिसकेका थिए ।

 

उनलाई त्यतीबेलाको पूजीवादी बौद्धिक जमातले पागल सम्म भन्न भ्याएको थियो । १८६७ मा पूजीको पहिलो भाग लेखेका मार्क्सका अन्य भागहरु भने उनका मित्र फेडरिक एङ्गेल्सले लेखेका थिए । सन २००८ मा जव अमेरिका लगायतका देशमा आर्थिक संकट आयो त्यतीखेर मार्क्सद्वारा लेखिएको पूजीको ब्यापार समेत बढेको श्रेष्ठले बताए । 


पाठशालाका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य नागेन्द्र चौधरीले आफनो बिचार राखेका थिए । पाठशालका उपाध्यक्ष बीरेन्द्र शाहले कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । 
के.सी.लामिछानेले संचालन गरेको सो कार्यक्रममा बीरगंजका बिभिन्न पेशामा संलग्न बुद्धिजीवीहरुको सहभागिता रहेको थियो
 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.