logo

पर्साका प्रजिअको कडा कदम , पप्पुहरु होशियार कुनै बाहनामा काम रोकेमा दण्डीत हुने

      4/29/2019 गते 00 00 मा प्रकाशित     1634   पटक पढिएको

वीरगञ्ज, १६ बैशाख । विकास निर्माणको ठेक्का लिएर समयमा काम पूरा नगर्ने निर्माण ब्यवसायीहरुलाई स्थानीय प्रशासनले अपराध सहिता २०७४ को दफा १२४ बमोजीम धमामध पक्राउ गर्दै कारवाही गर्ने भएको छ ।

काम सम्पन्न नगर्ने अनी महत्वपूर्ण छलफलहरुमा जवाफ दिन नसक्ने नयाँ  ब्यक्तिहरुलाई पठाएर स्थानीय प्रशासनको मान मर्दन समेत गर्ने निर्माण ब्यवसायीहरुलाई पर्सिको दिन देखी कामका आधारमा स्थानीय प्रशासनले कारवाही गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

 

काम नगरेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्साले निर्माण व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । पर्साका सिडिओ नारायण भट्टराईको निर्देशनमा व्यवसायी समातिएपछि यवसायीहरू त्रसित भएका छन् । सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले पप्पु कन्स्ट्रकसनका सब इन्जिनियर सन्तोस साहलाई नियन्त्रणमा लिएको छ ।

 

शुक्रबार चौरसिया निर्माण सेवाका धीरजकुमार चौरसियालाई पक्राउ परेका थिए । बैशाख १६ गतेकालागि जिल्ला प्रशासन कार्यालय पर्साले पर्सामा संचालीत परियोजनाका निर्माण पक्ष ठेक्का लगाउने सरकारी कार्यालय संचारकर्मी र स्थानीय प्रशासनको सहभागितामा महत्वपूर्ण बैठक आव्हान गरेको थियो । तर बैठकमा काम नगर्ने र गरे पनि गुणस्तरीय काम नगर्ने पप्पुको तर्फबाट सव ईन्जिनियर साह बैठकमा सहभागि थिए ।

 

बैठकको महत्वलाई आनादर गर्ने पप्पुको रबैयका कारण र कामको सन्दर्भमा साहले चित्त बुझ्दो जवाफ दिन नसकेका कारण उनलाई स्थानीय प्रशासनले पप्पुका आधिकारीक ब्यक्ति नआउदा सम्मकालागि नियन्त्रणमा लिएको थियो । 


पर्साका निर्माण व्यवसायीलाई विकास निर्माणका योजनामा बारेमा छलफल भइरहेको बेलामा इन्जिनियर साहलाई नियन्त्रणमा राखिएको हो । प्रमुख जिल्ला अधिकारीले सहभागी अन्य निर्माण व्यवसायी र प्रतिनिधिलाई कार्य प्रगति पेश गर्न निर्देशन दिएका थिए ।

 

ठेकेदारका प्रतिनिधिलाई आधिकारिक व्यक्ति उपस्थित नगराउन्जेल नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । पप्पुले एक्लै र ज्वाइन्ट भेन्चरमा पर्सामा आधा दर्जन भन्दा बढी परियोजना निर्माणको जिम्मा लिएको छ । तर उसले जिम्मा लिउको कुनै पनि कामको प्रगती सन्तोष जनक नरहेको सरोकारवाला कार्यालयका प्रमुखहरुले बताएका छन । 


तिलावे पुलको डिजाइन र निर्माणको सम्पूर्ण जिम्मा पप्पु कन्सट्रक्सनको भएको हुलाकी राजमार्गको बीरगंज स्थित कार्यालयले जनाएको छ । तर पप्पुले डाइभरसन नदिएको भन्दै गएको नौ महिनादेखी काम रोकेको छ । 
पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले पर्साको बिकासमा संचालीत परियोजनाहरु अधिकाशको समय सकिएको भएपनि निर्माण सम्पन्न नभएपछि काममा गति ल्याउन सक्रियाता देखाएका हुन । प्रजिअको सक्रियताले ब्यवसायीलाई “अव उपाय छैन काम गर्नै पर्छ भन्ने अवस्थामा पु¥याएको छ ” ।

 

प्रजिअ भट्टराईले पर्साको बिकासमा जति परियोजना संचालनमा छन त्यसको निर्माण भएको भए पर्साको अवस्था अर्के हुने बताए । यति गैरजिम्मेवार हुन पाइदैन उनले भने काम नगर्ने ठेकेदार काम गराउन नसक्ने सरकारी कार्यालयदुवैलाई कारवाही गर्ने उनले दृढता ब्यत्त, गरे ।

 

उनले पुरस्कार र  दण्डको ब्यवस्था गरेको जानकारी दिदै काम नगर्नेलाई कानूनले देखाएको बाटोको अधिनमा रही समाप्त गर्ने काममा कुनै मोलाहिजा नराखिने चेतावनी दिए । प्रजिअ पौडेलको यो केदमले पर्साका आम जनाताले नयाँ अनुभूती गर्न पाउने बिश्वास गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.