logo

रुन्चेले प्रहरीलाई हसाए प्रशासकलाई रुवाए 

      4/25/2019 गते 00 00 मा प्रकाशित     1111   पटक पढिएको

बीरगंज १२ बैशाख ।
झुठो बिबरण पेश गरी एकजना भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने एक जनालाई प्रहरीले केहीबेरमै छाडेको छ ।

 

४/५ जनाको नागरिकता बनाईदिने भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका अनधिकृत कारोवारमा ख्याती कमाएका मदन गुप्ता“रुन्चे”लाई प्रहरीले केही बेरमै छाडेको घटनालाई बीरगंजमा अर्थपूर्ण रुपमा हेरिएको छ । 

बिहिबार अपरान्ह जिल्ला प्रहरी प्रशासन कार्यालय पर्सामा नागरिकता बनाईदिन्छु भन्दै केही मान्छे सहित बोकेर गएका रुन्चेले कर्मचारीहरुलाई घुसखोर दलाल भन्दै आक्रमण गर्न झम्टिएका थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदन कर्णलाई पैसा नखाई काम नगर्ने भन्दै दूब्र्यवहार गरेका रुन्चेले उनको समस्या समाधान गर्न प्रयास गरेका सहायक प्रजिअ नेत्र शर्मालाई समेत अपशब्द प्रयोग गरेका थिए । उनले प्रयोग गरेको शब्द सहनीय थिएन सहायक प्रजिअ पौडेलले भने सहनै नसक्ने भएपछि जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो । 


गुप्ता आफै भारतीय नागरिक हुन्। उनी भारत बिहार आदापुर बिसुनपुरवा निबासी हुन् । झुठो बिवरण पेश गरेर बारा जिल्लाबाट उनले एक दशकअघि नेपाली नागरिकता लिएका थिए।

 

नेपाली नागरिकताको प्रमाणपत्र लिएको एक दशकभित्र अबैध धन्दा गरेर बीरगञ्ज र काठमाडौंमा उनले करोडौंको जायजेथा जोडेका छन्। प्रहरीलाई महिनावारी बुझाएर लाइन चलाउने भएकोले प्रहरीसंगको आर्थिक लेनदेनका कारण उनी प्रहरीबाट केही बेरमै छुट्न सफल भएको चर्चा चलेको छ।

 

 सहनै नसक्ने दुब्र्यबहार गरेपछि मदनलाई प्रहरीकोमा थुन्न पठाएको  सहायक प्रजिअ पौडेलले बताए। तर केहीबेरमै जिल्ला प्रहरी कार्यालय पर्साले प्रशासनसंग कुनै छलफल नै नगरी रिहा गरेकोमा प्रजिअ शर्माले आश्चर्य व्यक्त गरे। छाड्नुअघि आफूसंग सामान्य सोधपुछ समेत नगरिएको उनको भनाई छ।


प्रशनीक निकायका अधिकृतहरुलाई अप्रमाणीक आरोप लगाएर दूब्र्यवहार गर्ने रुन्चेले उन्मुक्ति पाएको घटनाले राष्ट्रसेवक कर्मचारीको मनोबिज्ञानमा प्रतिकूल असर परेको छ ।

 

राज्यको प्रतिनिधिको रुपमा रहेको स्थानीय प्रशासनमा कार्यरत अधिकृतहरुको मनोवल गिराउने उद्धेश्यले भएको घटनाका आरोपीतले उन्मुक्ति पाउन आफैमा आश्चर्यजनक भएको टिप्पणी बिषलेश्कहरुले गरेका छन ।


जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक राजेश दत्तले भने गुप्तालाई तारेखमा मुक्त गरेको बताएका छन । उनले गुप्ताका केही कागजातहर लिएर अनुसन्धान गरिरहेको दावी गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.