logo

पर्सामा डेपुटी मेयर क्लव निर्माण संयोजकमा सलमा खातुन सर्वसम्मत

      4/25/2019 गते 00 00 मा प्रकाशित     1265   पटक पढिएको

बीरगंज १२ बैशाख ।

पोखरिया नगरपालिकाको उपप्रमुख सलमा खातुनको संयोजकत्वमा डेपुटी मेयर क्लब पर्सा गठन भएको छ । जिल्ला भरिका उपप्रमुख तथा उपाध्यक्षहरुको भेलाले क्लब गठन गरेको हो । क्लबको सदस्य सचिवमा पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो चयन भएकी छिन ।

भेलामा उपप्रमुखहरुले आफूहरुले भोगेका समस्या तथा हासिल गरेका अनुभवको आदान प्रदान गरेका थिए । युएनडिपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत दिगो बिकासकालागि युवाको सकारात्मक सहभातिा परियोजना अन्र्तगत समाज बिकास समन्वय समितिले आयोजना गरेको भेलाले यस्तो क्लब गठन गरेको हो ।

 

क्लबको सल्लाहकारमा बीरगंज महानगरपालिकाका उपप्रमुख सुश्री शान्ति कार्की र जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने रहेका छन ।

क्बलको सदस्यमा पर्सागढी नगरपालिका उपप्रमुख अर्चना चौधरी ,ठोरी गाउँपालिका उपप्रमुख शान्ति थिगं,सखुवा प्रसौनी गाउँपालिका उपप्रमुख फूलमती देवी,बिन्दवासीनी गाउँपालिका उपप्रमुख किरण देवी गुप्ता ,पकाहा मैनपुर गाउँपालिका उपप्रमुख कुसुम देवी जगरनाथपुर गाउँपालिकाका उपप्रमुख बिषमिल्लाह खातुन लगायत सबै पालिका तथा नगरपालिकाका उपप्रमुख सदस्य रहने छन ।

    भेलामा उपप्रमुखहरुले पालिकाहरुले सम्पादन गर्ने कामहरुमा देखिएका समस्याका बारेमा  चर्चा गरेका थिए । उनीहरुले अनुभव गरेका बिषयहरु पनि छलफल गरेका थिए ।

 

आउने दिनमा उपप्रमुखहरुले जनताको अपेक्षा र चाहनालाई पुरा गर्नकालागि क्लब मार्फत पनि काम गर्ने प्रतिवद्धता समेत जनाए । न्यायीक समिति मार्फत न्याय सम्पादन गर्दै आएका उपप्रमुखहरुले न्याय सम्पादनलाई प्रभावकारी बनाउन कलव मार्फत अनुभव आदान प्रदान हुने बिश्वास ब्यक्त गरेका छन ।

 

उपप्रमुखहरुले आफनो अधिकार क्षेत्रका काम कारवाहीका बिषयमा आपसी जानकारी आदान प्रदान गर्ने जनाएका छन ।

    भेलामा समाज बिकास समन्वय समितिका कार्यक्रम प्रमुख जय नारायण चौधरीले क्लबको गठन र त्यसको अवश्यकताका बिषयमा प्रकाश पारेका थिए ।

 

संगठनको आवश्यकताको सन्र्दभ, न्यायीक अधिकार तथा क्लब पदाधिकारी तथा सदस्यहरुले पालना गर्नु पर्ने आचार संहिताका बिषयमा  नेपाल पत्रकार महासंघ प्रदेश न ं २ का उपाध्यक्ष के.सी.लामिछानेले प्रकाश पारेका थिए ।

कार्यक्रममा सुश्री शान्ति कार्की ठाकुर न्यौपाने ,किरण गुप्ता ममता महतो अर्चना चौधरी निर्मला भण्डारी कुसुम देवी लगायतले बिचार ब्यक्त गरेका थिए ।

क्लबले आफनो कार्ययोजना समेत निर्माण गरेको छ ।उपप्रमुखहरुको दक्षता अभिबृद्धिमा समेत क्लबले योजना बनाएको छ । न्याय सम्पादनमा रहेका अन्यौलतलाई हटाउनकालागि कानून ब्यवसायीसंग छलफल गर्ने निर्णय गरेको छ । क्लबले आफूले आफैलाई स्वनियमन गर्नकालागि आचार सहिता बनाएर सर्वसम्मत रुपमा पारित समेत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

सखुवा प्रसौनी २ का किसानले पाए मल ,अध्यक्ष यादव आफै उत्रे सहजीकरणमा

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा लामो समयदेखि रासायनिक मलको अभाव झेल्दै आएका किसानहरूले अन्ततः राहत पाएका छन् ।

सखुवा प्रसौनी–२ मा भोलि बिहानदेखि मल वितरण हुने

वीरगंज । सखुवा प्रसौनी गाउँपालिका–२ का किसानहरूलाई लक्षित गरी भोलि बिहान ७ बजेबाट गाउँपालिका कार्यालय परिसरमा मल (खाद) वितरण कार्यक्रम सुरु हुने भएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.