logo

पर्सामा डेपुटी मेयर क्लव निर्माण संयोजकमा सलमा खातुन सर्वसम्मत

      4/25/2019 गते 00 00 मा प्रकाशित     1413   पटक पढिएको

बीरगंज १२ बैशाख ।

पोखरिया नगरपालिकाको उपप्रमुख सलमा खातुनको संयोजकत्वमा डेपुटी मेयर क्लब पर्सा गठन भएको छ । जिल्ला भरिका उपप्रमुख तथा उपाध्यक्षहरुको भेलाले क्लब गठन गरेको हो । क्लबको सदस्य सचिवमा पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो चयन भएकी छिन ।

भेलामा उपप्रमुखहरुले आफूहरुले भोगेका समस्या तथा हासिल गरेका अनुभवको आदान प्रदान गरेका थिए । युएनडिपीको सामाजिक सदभाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम अन्र्तगत दिगो बिकासकालागि युवाको सकारात्मक सहभातिा परियोजना अन्र्तगत समाज बिकास समन्वय समितिले आयोजना गरेको भेलाले यस्तो क्लब गठन गरेको हो ।

 

क्लबको सल्लाहकारमा बीरगंज महानगरपालिकाका उपप्रमुख सुश्री शान्ति कार्की र जिल्ला समन्वय समिति पर्साका उपसभापति ठाकुर न्यौपाने रहेका छन ।

क्बलको सदस्यमा पर्सागढी नगरपालिका उपप्रमुख अर्चना चौधरी ,ठोरी गाउँपालिका उपप्रमुख शान्ति थिगं,सखुवा प्रसौनी गाउँपालिका उपप्रमुख फूलमती देवी,बिन्दवासीनी गाउँपालिका उपप्रमुख किरण देवी गुप्ता ,पकाहा मैनपुर गाउँपालिका उपप्रमुख कुसुम देवी जगरनाथपुर गाउँपालिकाका उपप्रमुख बिषमिल्लाह खातुन लगायत सबै पालिका तथा नगरपालिकाका उपप्रमुख सदस्य रहने छन ।

    भेलामा उपप्रमुखहरुले पालिकाहरुले सम्पादन गर्ने कामहरुमा देखिएका समस्याका बारेमा  चर्चा गरेका थिए । उनीहरुले अनुभव गरेका बिषयहरु पनि छलफल गरेका थिए ।

 

आउने दिनमा उपप्रमुखहरुले जनताको अपेक्षा र चाहनालाई पुरा गर्नकालागि क्लब मार्फत पनि काम गर्ने प्रतिवद्धता समेत जनाए । न्यायीक समिति मार्फत न्याय सम्पादन गर्दै आएका उपप्रमुखहरुले न्याय सम्पादनलाई प्रभावकारी बनाउन कलव मार्फत अनुभव आदान प्रदान हुने बिश्वास ब्यक्त गरेका छन ।

 

उपप्रमुखहरुले आफनो अधिकार क्षेत्रका काम कारवाहीका बिषयमा आपसी जानकारी आदान प्रदान गर्ने जनाएका छन ।

    भेलामा समाज बिकास समन्वय समितिका कार्यक्रम प्रमुख जय नारायण चौधरीले क्लबको गठन र त्यसको अवश्यकताका बिषयमा प्रकाश पारेका थिए ।

 

संगठनको आवश्यकताको सन्र्दभ, न्यायीक अधिकार तथा क्लब पदाधिकारी तथा सदस्यहरुले पालना गर्नु पर्ने आचार संहिताका बिषयमा  नेपाल पत्रकार महासंघ प्रदेश न ं २ का उपाध्यक्ष के.सी.लामिछानेले प्रकाश पारेका थिए ।

कार्यक्रममा सुश्री शान्ति कार्की ठाकुर न्यौपाने ,किरण गुप्ता ममता महतो अर्चना चौधरी निर्मला भण्डारी कुसुम देवी लगायतले बिचार ब्यक्त गरेका थिए ।

क्लबले आफनो कार्ययोजना समेत निर्माण गरेको छ ।उपप्रमुखहरुको दक्षता अभिबृद्धिमा समेत क्लबले योजना बनाएको छ । न्याय सम्पादनमा रहेका अन्यौलतलाई हटाउनकालागि कानून ब्यवसायीसंग छलफल गर्ने निर्णय गरेको छ । क्लबले आफूले आफैलाई स्वनियमन गर्नकालागि आचार सहिता बनाएर सर्वसम्मत रुपमा पारित समेत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.