logo

आफनै सरकारका बिरुद्ध उत्रिए सांसद यादव

      1/11/2019 गते 00 00 मा प्रकाशित     977   पटक पढिएको

बीरगंज २७ पुस ।
राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन पर्साको २१ औ स्थापना दिवसको अवसरमा  वीरगंजमा जिल्ला स्तरीय क्रिक्रेट प्रतियोगिता शुरु भएको छ ।

 

 प्रतियोगिताको  उदघाटन प्रतिनिधि सभा सदस्य प्रदीप यादवले गरे । उनले  निजी विद्यालयको अस्तित्व समाप्त पार्ने खेलमा वर्तमान सरकार लागेको र त्यसलाई सफल हुन नदिने चेतावनी दिए । 


सांसद यादवले देशको गुणस्तरीय शिक्षामा निजी क्षेत्रका विद्यालयहरुको भूमिकालाई विर्सन नमिल्ने बताउदै निजी विद्यालयहरुले पनि गरिव बालबालिकालाई समेत अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्नु पर्ने कुरामा जोड दिए ।


सांसद यादवले  वीरगंजमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण तथा  केन्द्रिय अस्पताल निर्माणका लागि आफू लडदै आएको बताए ।
निजी विद्यालयलाई सरकारले चौतर्फी रुपमा घेरावन्दी गरेको भन्दै विद्यालयका संचालकहरुले आवाज उठाउन माग गरेका थिए ।

 

एनप्यावसन पर्साका अध्यक्ष रामसुन्दर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनप्याब्सनका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामविनय चौरसिया , उपाध्यक्ष पाण्डव हमाल, प्रदेश नम्बर २ का संयोजक नन्दन यादव लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

 


कार्यक्रममा शिक्षा र समाजीक  क्षेत्रमा पर्सा जिल्लामा उल्लेखनिय योगदान दिएको भन्दै रेडियो वीरगंजका समाचार प्रमुख ध्रुब अधिकारीलाई सांसद यादवले सम्मान गरेका थिए। 


स्थापना दिवसको अवसरमा आयोजित क्रिक्रेट प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा जिएचपि मावीले  ओसिस माविलाई पराजित गरेको छ । निर्धारित १५ ओभरको खेलमा ७६ रन बनाएको ओसिसलाई ९ ओभरमै जिएचपीले जित हासिल गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.