logo

देशको बिकासमा बाधक रहेका कानूनहरु हटाउदै छौः गृहमन्त्री बादल

      1/11/2019 गते 00 00 मा प्रकाशित     984   पटक पढिएको

वीरगन्ज, २७ पुस । गृहमन्त्री रामबहादुर थापा बादलले देशको समृद्धिको बाधकका रुपमा रहेका पुराना कानूनहरु हटाउने काममा सरकार लागेको बताएका छन ।

 

 वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधारणसभाको उदघाटन गर्दै गृहमन्त्री बादलले जनताको संघर्षबाट पूरानो र केन्द्रीकृत राज्य व्यवस्थालाई भत्काइएको बताए ।

 

उनले  संघीय लोकतन्त्रिक शासन व्यवस्थाको स्थापना भएकोले अब हिजोका सबै समृद्धिको बाधकका  रुपमा रहेका कानुनहरु विस्थापित हुने बताए  ।

 

स्वधिनता, संस्कृति र पहिचानको रक्षा गर्ने नीति बनाउनु आवश्यक भएको बताउदै गृहमन्त्री बादलले जनतालाई आफ्नो ठाउँमा आफ्नो अधिकार प्रयोग गर्ने कानुन र नीति निर्माणको लागि नै देश संघीयतामा रुपान्तारण भएको बताए । वीरगन्जको योगदान र भूमिकालाई उचित मूल्यांकन र कदर नगर्नुको पछाडि राजनीतिक अवस्था र व्यवस्था जिम्मेवार रहेको उनको भनाई थियो । उनले भने, “हामीले आफैले कानुन बनाउने राजनीतिक प्रणालीको विकास गरेका छौं ”।

 

वीरगन्जलाई केन्द्रले हेरेन विकासको निम्ति उचित मूल्यांकन नगरेको भन्ने गुनासो र पश्ताचाप गर्नुको अव कुनै अर्थ नरहेको उनले बताए । अव आफनो समस्याको हल आफैले गर्ने ब्यवस्था आएको छ कसैलाई सरापेर आफनो बिकास नहुने कुरा अव बुझ्दा हुन्छ उनले भने  ।

त्यो हिजोको विषय भएकोले त्यसलाई समाधान गर्न हिजोका एकात्मक प्रणालीको अन्त्य गरेका छौं ।” अब वीरगन्जको निर्माण वीरगन्जवासीले गर्नुपर्छ, प्रदेशका प्रतिनिधिहरुले गर्ने हो अव  यसरी बिकासको अभियान अगाडि बढाउनु पर्छ । अरु कसैले गरिदेला र कसैले गर्ला भन्ने सोच बदल्नुपर्छ, उनले भने ।

 

वीरगन्ज बिकास र, मधेसकोसमग्र देशको विकास जनप्रतिनिधिको काँधमा आएको उनको भनाई थियो । मन्त्री बादले भने, “हामीले कस्तो विकास गर्ने ? कस्तो नियम कानुन बनाउने ? त्यो सबै अब जनप्रतिनिधिहरुले गर्ने हो । हामीले संविधान बनाईसकेका छौं । त्यसको अधिकार प्रयोगका लागि कानुन बनाउने प्रकृयामा छौं ।

 

हिउँदे अधिवेशनले विगतमा हाम्रो समृद्धिमा बाधक भएका कानुनहरुलाई खारेज गर्ने र नयाँ कानुन निर्माण गर्नेछ ।” हिजोका सांस्कृतिक पहिचान, अधिकारको बाधक कानुनलाई विस्थापित गर्ने जनप्रतिनिधिहरुको काँधमा जिम्मेवारी आएको उनले बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नागेन्द्र चौधरी ,संघीय संसद प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

सो अवसरमा वीरगन्ज उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको थियो  । नेपाल पत्रकार महासंघ प्रदेश नम्बरका अध्यक्ष दीपेन्द्र चौहान, ब्रोडकाष्टिङ एशोसिएन प्रदेश नम्बर २ का संयोजक आरसी यादव, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा सामाजिक अभियान्ता प्रकाश थारु र प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी लगायतका व्यक्तिहरुलाई गृहमन्त्री रामबहादुर थापा बादलले प्रशंसा पत्र सहित सम्मान गरे । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.