logo

देशको बिकासमा बाधक रहेका कानूनहरु हटाउदै छौः गृहमन्त्री बादल

      1/11/2019 गते 00 00 मा प्रकाशित     1118   पटक पढिएको

वीरगन्ज, २७ पुस । गृहमन्त्री रामबहादुर थापा बादलले देशको समृद्धिको बाधकका रुपमा रहेका पुराना कानूनहरु हटाउने काममा सरकार लागेको बताएका छन ।

 

 वीरगन्ज उद्योग वाणिज्य संघको ४३ औं साधारणसभाको उदघाटन गर्दै गृहमन्त्री बादलले जनताको संघर्षबाट पूरानो र केन्द्रीकृत राज्य व्यवस्थालाई भत्काइएको बताए ।

 

उनले  संघीय लोकतन्त्रिक शासन व्यवस्थाको स्थापना भएकोले अब हिजोका सबै समृद्धिको बाधकका  रुपमा रहेका कानुनहरु विस्थापित हुने बताए  ।

 

स्वधिनता, संस्कृति र पहिचानको रक्षा गर्ने नीति बनाउनु आवश्यक भएको बताउदै गृहमन्त्री बादलले जनतालाई आफ्नो ठाउँमा आफ्नो अधिकार प्रयोग गर्ने कानुन र नीति निर्माणको लागि नै देश संघीयतामा रुपान्तारण भएको बताए । वीरगन्जको योगदान र भूमिकालाई उचित मूल्यांकन र कदर नगर्नुको पछाडि राजनीतिक अवस्था र व्यवस्था जिम्मेवार रहेको उनको भनाई थियो । उनले भने, “हामीले आफैले कानुन बनाउने राजनीतिक प्रणालीको विकास गरेका छौं ”।

 

वीरगन्जलाई केन्द्रले हेरेन विकासको निम्ति उचित मूल्यांकन नगरेको भन्ने गुनासो र पश्ताचाप गर्नुको अव कुनै अर्थ नरहेको उनले बताए । अव आफनो समस्याको हल आफैले गर्ने ब्यवस्था आएको छ कसैलाई सरापेर आफनो बिकास नहुने कुरा अव बुझ्दा हुन्छ उनले भने  ।

त्यो हिजोको विषय भएकोले त्यसलाई समाधान गर्न हिजोका एकात्मक प्रणालीको अन्त्य गरेका छौं ।” अब वीरगन्जको निर्माण वीरगन्जवासीले गर्नुपर्छ, प्रदेशका प्रतिनिधिहरुले गर्ने हो अव  यसरी बिकासको अभियान अगाडि बढाउनु पर्छ । अरु कसैले गरिदेला र कसैले गर्ला भन्ने सोच बदल्नुपर्छ, उनले भने ।

 

वीरगन्ज बिकास र, मधेसकोसमग्र देशको विकास जनप्रतिनिधिको काँधमा आएको उनको भनाई थियो । मन्त्री बादले भने, “हामीले कस्तो विकास गर्ने ? कस्तो नियम कानुन बनाउने ? त्यो सबै अब जनप्रतिनिधिहरुले गर्ने हो । हामीले संविधान बनाईसकेका छौं । त्यसको अधिकार प्रयोगका लागि कानुन बनाउने प्रकृयामा छौं ।

 

हिउँदे अधिवेशनले विगतमा हाम्रो समृद्धिमा बाधक भएका कानुनहरुलाई खारेज गर्ने र नयाँ कानुन निर्माण गर्नेछ ।” हिजोका सांस्कृतिक पहिचान, अधिकारको बाधक कानुनलाई विस्थापित गर्ने जनप्रतिनिधिहरुको काँधमा जिम्मेवारी आएको उनले बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नागेन्द्र चौधरी ,संघीय संसद प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

सो अवसरमा वीरगन्ज उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गरेको थियो  । नेपाल पत्रकार महासंघ प्रदेश नम्बरका अध्यक्ष दीपेन्द्र चौहान, ब्रोडकाष्टिङ एशोसिएन प्रदेश नम्बर २ का संयोजक आरसी यादव, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा सामाजिक अभियान्ता प्रकाश थारु र प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी लगायतका व्यक्तिहरुलाई गृहमन्त्री रामबहादुर थापा बादलले प्रशंसा पत्र सहित सम्मान गरे । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.