logo

कुरितीका बिरुद्ध पटेर्वाको गादीमा जागरण सभा सम्पन्न, दाइजो नलिन अपिल

      1/10/2019 गते 00 00 मा प्रकाशित     1087   पटक पढिएको

बीरगंज २६ पुष । 
कुरिती बिरुद्धको जागरण अभियान पटेर्वा सुगौलीको वडा नं ५ गादीको रंगपुरमा बिहिवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष हरिनारयण चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 


जिल्ला प्रहरी कार्यालय पसार्का प्रमुख रेवती ढकालले अपराधको न्यूनीकरणकालागि समाजिक सचेतना आफैमा महत्वपूर्ण रहेको बताए । उनले अपराध हुन नदिने अभिप्रायले नागरिक प्रहरी साझेदारीको अवधारणा अगाडि सारएिको प्रष्ट पारे ।

 

नागरिकको सुरक्षामा लागनु पर्ने प्रहरी नाजायज काममा लागेको छ भने पनि त्यस्तो सूचना आफूलाई उपलब्ध गराउन उनले आग्रह गरे ।


नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले धर्म सस्कार र संस्कृतिका आधारमा दाइजोप्रथालाई समेत अनैतीक भनिएको चर्चा गरे । उनले बिभिन्न धार्मिक सम्प्रदाय भित्र दाइजोकाबारेमा उल्लेख गरिएका बिषयमा चर्चा गरेका थिए ।

 

उनले दाइजोको नाममा प्राप्त गरेको सम्पतीले जीवन नचल्ने चर्चा गर्दै अपराधको जननी दाइजोलाई समाजबाट निर्मूल पार्नु पर्ने बिचार ब्यक्त गरे । पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले बुहारीलाई पनि छोरीको दर्जामा राखेर ब्यवहार गरिनु पर्नेमा जोड दिइन ।

 

कार्यक्रममा कालीका माई गाउँपालिका वडा नं ५ बीरन्चीवर्वाका अध्यष पवन तिवारीले कुनै कालखण्डमा हाम्राृ रिती रिवाजको रुपमा रहेको दाइजो आजको दिनमा सन्र्दभहिन भएको बताए । उनले समाजिक शान्तिमा खलल पु¥याउनेयस्ता बिषयहरु स्थानीय सरकारको न्यायीक समिति समक्ष लैजान समेत सुझाएका थिए । 


पत्रकार लक्ष्मी खरेलले संचालन गरेको कार्यक्रममा भोजपुरी गायक सुनिल पडिंतले गीतका माध्यमले सहभागीलाई मनोरञ्जन गराउनका साथै सन्देश समेत प्रवाह गरेका थिए । 

 


कार्यक्रममा नाटकका माध्यमले नशा सेवनका बेफाइदा,कानूनले गर्न नहुने भनेका गाँजा जस्ता लागूऔषधको कारोवार गर्दा भोग्नु परेको समस्या ,दाइजोका कारण समाजमा हुने अपराधका बिषयमा कलाकारहरुले प्रष्टयाएका थिए । 

 


कार्यक्रममा वडा नं २ का वडाध्यषले धन्यवाद ज्ञापन गरेका थिए भने गाउाँपालिकाका उपाध्यष ममता महतोले स्वागत गरेकी थिइन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.