logo

डीआइजीको टोली आएपछि तस्करीमा लगाम

      1/8/2019 गते 00 00 मा प्रकाशित     978   पटक पढिएको

वीरगन्ज२४ पुष । पछिल्लो एकसाता यता पर्साको सीमावर्ती क्षेत्रबाट हुने भन्सार छलीका अवैध कारोबार ठप्प छन् । प्रदेश नम्बर दुई प्रहरी कार्यालयका प्रमुख डिआइजी हरि बहादुर पालले तस्करी नियन्त्रणका लागि पर्सामा आधा दर्जन प्रहरी परिचालन गरेका छन् ।

 

छोटो अवधिमै उक्त टोलीले करिब १५ लाख रुपैयाको भन्सार छली गरि भित्र्याएको सामान नियन्त्रणमा लिएर पर्सा प्रहरीलाई बुझाएको छ । भारतबाट कपडा, मोटर पार्टस, इलेक्ट्रोनिक्स लगायतका सामानको तस्करी हुने गरेको छ ।

 

यसैगरि नेपालबाट मरिच र मटरको व्यापक अवैध निकासी हुदै आएको थियो । डिआइजीको टोलीले धमाधम तस्करीको सामान नियन्त्रणमा लिन थालेपछि अहिले वीरगन्ज नाका मात्र नभई ग्रामीण नाकाबाट समेत तस्करी बन्द छ ।

 

उक्त टोलीले एक तस्करको सामान पक्रने क्रममा मोबाइल समेत नियन्त्रणमा लिएको छ । उक्त मोबाइलमा पर्सा क्राइम टोली, इनर्वा, भकुवा लगायतका नाकाका चौकी इन्चार्जको नम्बरमा बारम्बर फोन सम्पर्क भएको देखिएको प्रहरी स्रोत बताउछ ।

 

तस्करीको लाइन खोलेवापत पुस महिनाको नजराना पहिले नै बुझिसकेको  प्रहरीलाई अहिले डिआइजीको टोली आएपछि टाउको दुखाई बनेको छ ।

 

स्रोतका अनुसार जिल्लाको प्रत्येक युनिटलाई सतर्क बन्न र त्यस्तो सामग्री पक्राउ परे आफै जिम्मेवार हुने सर्कलुर जारी गरिएको छ । ठोरी, भिस्वा र जानकीटोलाबाट हुदै आएको मरिच तस्करी समेत अहिले ठप्प छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

ठोरी गोल्डकपमा रेगल एन्फा हेटौंडाको धमाकेदार प्रदर्शन, सेमिफाइनलमा प्रवेश

बिजयबस्ती । स्व. रामबहादुर श्रेष्ठ स्मृति चौथो ठोरी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा रेगल एन्फा हेटौंडा ट्राईबेकरमा सेमिफाइनलमा प्रवेश गरेको छ।

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.