logo

जगरनाथपुरमा खुला ठाउँमा हग्नेलाई गाउँपालिकाले कारवाही गर्ने

      12/30/2018 गते 00 00 मा प्रकाशित     971   पटक पढिएको

पर्सा, १५ पुस ।

कुरिति विरुद्धको अभियान आइतबार पर्साको जगरनाथपुर गाउँपालिकामा सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत जगरनाथपुरमा बालबिवाह, लैंङ्गिक हिंसा, चोरी–पैठारी, लागु औषध, दाइजो प्रथा लगायतको कुरिति विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।  

 

जगरनाथपुरमा आयोजीत कार्यक्रममा  बालविवाह, दाइजो प्रथा, त्यसको प्रभाव र परिणाम लागु औषधको प्रयोगबाट उत्पन्न हुने परिस्थिति र अनधिकृत कारोवारको परिणामको बिषयमा नाटक मार्फत प्रभावकारी रुपमा सन्देश प्रवाह गरिएको थियो ।

 

कलाकारहरुले स्थानीय सहभागिले बुझने भोजपुरी भाषामा यस सम्बन्धी नाटक प्रर्दशन गरेका थिए । गायक सुनिल पंण्डितले आफनो गीत मार्फत सचेतनाका कुरा गरेका थिए ।   नाटकको माध्यमले खुल्ला दिसा पिसाब नगर्न, वालविवाह नगर्न, दाइजो नलिन, चोरी–पैठारी नगर्न, लागु औषध सेवन नगर्न अपिल गरिएको थियो ।

 

कार्यक्रममा जगरानथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले खुला ठाउमा दिशा गर्ने ,रक्सी सेवान गर्ने अनधिकृत कारोवार गर्नेलाई गाउँपालिकाले कारवाही गर्ने घोषणा गरे । उनले बिकासकालागि आफैबाट परिर्वतन शुरु गर्नु पर्ने बताउदौ खाफूले खाएको थाल  आफनो गन्जी कट्टु आफैले धुने कुराको थालीनी गर्न सबैमा अपिल गरे ।

 

कार्यक्रममा पर्साका प्रहरी उपरिषक  रेवती ढकालले नेपाल प्रहरीले अपराध हुनै नदिन अभिप्रायले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको वताए । उनले सबै किसिमको सुरक्षा प्रदान गर्ने क्रममा अपराध नहोस, अपराध भइसके पछि अनुसन्धान मात्रै गरियोस र अपराध हुनै नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको वताए ।

 

उनले समुदाय प्रहरीको सहकार्य भएमा अपराध नियन्त्रण हुने बताए । उनले भने गाँजा रोप्ने कुरा नियन्त्रण भयो चोरी निकासी लगायतका सबै कुरीतीहरु नियन्त्रण हुन सक्छन त्यसकोलागि तपाई हाम्रो साझेदारी हुन जरुरी छ ।

 

कार्यक्रममा  पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनले बुहारीलाई छोरीको रुपमा ब्यवहार गर्न आग्रह गरिन । उनले महिला हिंसालाई न्यूनीकरण गर्नकालागि  महिलाहरुनै अग्रसर हुनु पर्नेमा जोड दिइन । उनले अपराधका बिषयमा भएका सूचना प्रहरीलाईदिने बानीको बिकास गर्न उनले आग्रह गरिन । 

 

गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा, गाउँपालिकाकी उप प्रमुख बिसमिलाह खातुन, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दिपेन्द्र चौहान,  मनाव अधिकार निगरानी समुह, पर्साका अध्यक्ष तबरेज अहमद, सामाजिक अभियानता शरिफ गद्धी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 

कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी माधुरी महतोले गरेकी थिइन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगन्जको सौन्दर्यकरण जोगाउन इन्टरनेट र केवुलका अब्यवस्थित तार ब्यवस्थित गरिदै

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगरभित्र अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तारहरू व्यवस्थापन गर्ने भएको छ। महानगरपालिकाले आगामी आज बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.