logo

जगरनाथपुरमा खुला ठाउँमा हग्नेलाई गाउँपालिकाले कारवाही गर्ने

      12/30/2018 गते 00 00 मा प्रकाशित     840   पटक पढिएको

पर्सा, १५ पुस ।

कुरिति विरुद्धको अभियान आइतबार पर्साको जगरनाथपुर गाउँपालिकामा सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी अन्तर्गत जगरनाथपुरमा बालबिवाह, लैंङ्गिक हिंसा, चोरी–पैठारी, लागु औषध, दाइजो प्रथा लगायतको कुरिति विरुद्धको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।  

 

जगरनाथपुरमा आयोजीत कार्यक्रममा  बालविवाह, दाइजो प्रथा, त्यसको प्रभाव र परिणाम लागु औषधको प्रयोगबाट उत्पन्न हुने परिस्थिति र अनधिकृत कारोवारको परिणामको बिषयमा नाटक मार्फत प्रभावकारी रुपमा सन्देश प्रवाह गरिएको थियो ।

 

कलाकारहरुले स्थानीय सहभागिले बुझने भोजपुरी भाषामा यस सम्बन्धी नाटक प्रर्दशन गरेका थिए । गायक सुनिल पंण्डितले आफनो गीत मार्फत सचेतनाका कुरा गरेका थिए ।   नाटकको माध्यमले खुल्ला दिसा पिसाब नगर्न, वालविवाह नगर्न, दाइजो नलिन, चोरी–पैठारी नगर्न, लागु औषध सेवन नगर्न अपिल गरिएको थियो ।

 

कार्यक्रममा जगरानथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले खुला ठाउमा दिशा गर्ने ,रक्सी सेवान गर्ने अनधिकृत कारोवार गर्नेलाई गाउँपालिकाले कारवाही गर्ने घोषणा गरे । उनले बिकासकालागि आफैबाट परिर्वतन शुरु गर्नु पर्ने बताउदौ खाफूले खाएको थाल  आफनो गन्जी कट्टु आफैले धुने कुराको थालीनी गर्न सबैमा अपिल गरे ।

 

कार्यक्रममा पर्साका प्रहरी उपरिषक  रेवती ढकालले नेपाल प्रहरीले अपराध हुनै नदिन अभिप्रायले समुदाय–प्रहरी साझेदारी कार्यक्रम ल्याइएको वताए । उनले सबै किसिमको सुरक्षा प्रदान गर्ने क्रममा अपराध नहोस, अपराध भइसके पछि अनुसन्धान मात्रै गरियोस र अपराध हुनै नदिन समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याइएको वताए ।

 

उनले समुदाय प्रहरीको सहकार्य भएमा अपराध नियन्त्रण हुने बताए । उनले भने गाँजा रोप्ने कुरा नियन्त्रण भयो चोरी निकासी लगायतका सबै कुरीतीहरु नियन्त्रण हुन सक्छन त्यसकोलागि तपाई हाम्रो साझेदारी हुन जरुरी छ ।

 

कार्यक्रममा  पोखरिया नगरपालिकाकी उप मेयर सलमा खातुनले बुहारीलाई छोरीको रुपमा ब्यवहार गर्न आग्रह गरिन । उनले महिला हिंसालाई न्यूनीकरण गर्नकालागि  महिलाहरुनै अग्रसर हुनु पर्नेमा जोड दिइन । उनले अपराधका बिषयमा भएका सूचना प्रहरीलाईदिने बानीको बिकास गर्न उनले आग्रह गरिन । 

 

गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा, गाउँपालिकाकी उप प्रमुख बिसमिलाह खातुन, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दिपेन्द्र चौहान,  मनाव अधिकार निगरानी समुह, पर्साका अध्यक्ष तबरेज अहमद, सामाजिक अभियानता शरिफ गद्धी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 

कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाले गरेका थिए भने कार्यक्रमको संचालन संचारकर्मी माधुरी महतोले गरेकी थिइन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.